आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बेलायतमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो

प्रकाशित
587
SHARES

लन्डन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेको संख्या १२ हजारभन्दा नाघेको छ ।मंगलबार बेलुका समाचार तयार पार्दा सम्म ७७८ जनाको मृत्यु भएको छ । त्यसैगरी कोरोना संक्रमितको संख्या ९३ हजार ८७३ पुगेको छ ।

बेलायतका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले सार्वजनिक भएको भन्दा बढी रहेको बताइएको छ । १२ हजार १०७ जना कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएको र नर्सिङ होम तथा अन्य ठाउँमा मृत्यु भएकाहरुको तथ्यांक यसमा समावेश नगरिएको बताइएको छ ।

यस्तै स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ । मंगलबार स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ हजार ५६ पुगेको छ ।

स्पेनमा कोरोना भाइरसको कारण आजमात्रै समाचार तयारपार्दासम्म ३०० जनाको ज्यान गएको छ । अघिल्लो दिन स्पेनमा एकैदिन मृत्यु हुनेको संख्या घटे पनि पछिल्लो २४ घण्टामा पुनः बढेको हो । यससँगै कोरोना भाइरसबाट स्पेनमा मृत्यु हुनेको समग्र संख्या १८ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा तीन हजार ४५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै स्पेनमा समग्र संक्रमितको संख्या पनि एक लाख ७२ हजार नाघेको छ । स्पेन युरोपमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो ।

जोन्स हप्किन्स युनिभर्सिटीकाअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट १९ लाख ३४ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने एक लाख २० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण चीन हुँदै अहिले अमेरिका आक्रान्त बनेको छ ।

उता पाकिस्तानका लिस्ट ए क्रिकेट खेलाडी जाफर सर्फराजको कोरोना भाईरसका कारण निधन भएको छ । कोरोनाको संक्रमणपछि पेसावरको एक अस्पतालमा उपचार गराएका जाफरको मंगलबार निधन भएको हो । उनलाई तीन दिनदेखि आइसीयुमा राखिएको थियो । ५० बर्षीय जाफर पाकिस्तानका पूर्व क्रिकेटर अख्तर सर्फराजका भाइ हुन् ।

बायाँ हाते मिडिल अडरका ब्याट्सम्यान जाफरले पाकिस्तानका लागि १५ वटा लिस्ट ए खेल्दै ६ सय १६ रन बनाएका थिए । कोरोनाका भाईरसका कारण पाकिस्तनमा ९६ जनाको मृत्यु भइसकेको छ । पाँच हजारभन्दा बढी मानिस संक्रमित छन् । आजमात्रै ३ सय बढीमा कोरोनाको संक्रमण देखिएको छ । १ हजार ३७८ जना उपचारपछि निको भएका छन् भने ४ हजार ३६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया