आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडाैंका २ जनामा काेराेना भेटिएकाे १२ घण्टा नबित्दै फेरी नेपालकै यी ३ जनामा देखियाे काेराेना पाेजेटिभ

प्रकाशित
4K
SHARES

काभ्रे । काठमाडाैंकै २ जनामा कोरोना कोरोन संक्रमण पुष्टि भएको १२ घण्टा नबित्दै फेरी ३ जना नेपालीलाई कोरोन पोजेटिभ देखिएको छ । सोमाबर काभ्रे २ र धादिङ १ गरी ३ जनालाई र्‍यापिड डाइग्नोस्टिक टेस्टमा कोरोन पोजेटिभ देखिएको हो ।

वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

स्वाबको नमुना संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । बेथानचोक–५ का ती युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए। यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए। नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनीहरु घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।

चैत्र १ गतेदेखि विभिन्न मितिमा स्वदेश फर्किएका जिल्लाका २ सय ५१ गतको द्रूत परीक्षण भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए। फागुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको थियो।

डा. झाका अनुसार, कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, मलेसिया, बहराइन, जोर्डन, न्यूजिल्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युएई, ओमान, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कम्बोडियालगायतका मुलुकहरुबाट जिल्लाबासीहरु स्वदेश फर्किएका छन्।

पनौतीमा १ सय १, मण्डनदेउपुरमा ३८, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथान्चोकमा २२, तेमालमा १८, नमोबुद्ध नगरपालिकामा १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लुमा ३ जना फर्किएका छन्। विदेशबाट फर्किएका केहीको स्वास्थ्य परीक्षण भए पनि लक्षण नदेखिएकाहरु होम क्वारेन्टाइनमा छन्।

विदेशबाट फर्किएको ४२ औं दिनपछि धादिङका एक युवकमा आरडीटी परीक्षण पोजिटिभ
धादिङ ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते (मार्च ४)मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए ।

विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने छ ।

‘नेपाल फर्किएपछि उनीसँग सम्पर्कमा आएका परिवार लगायत स्थानीय व्यक्रिहरुबारे खोजि गर्दैछौं,’ उनले भने, ‘थप रिपोर्ट आएपछि उनीको परिवार र सम्पर्कमा आएका अन्यलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउँदैछौं ।’ फागुन २० मै नेपाल आएका उनलाई चैत २/३ गते नै ज्वरो आएको बताइएको छ ।

‘उनलाई परिवारलगायत छरछिमेकले क्वारेन्टिनमा जान आग्रह गरेका थिए । उनले आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर पन्छिएका थिए । स्थानीयहरुले गुनासो गरे पछि त्यतिबेलै स्थानीय स्वास्थ्य संयोजक सुजन श्रेष्ठलाई लिएर घरमै गएका वडाअध्यक्ष रुद्रमान श्रेष्ठलाई आफूले चर्को गर्मीमा गाईको मही पिएकोले सामान्य ज्वरो आएको भनेर सफाई दिएका थिए ।

वडाध्यक्ष श्रेष्ठले आफूहरुसँग त्यसबेला परिक्षण गर्ने कुनै साधन नभएकोले त्यसै फर्किएको बताएका छन् । ती युवक हाल परिवारका अन्य तीन सदस्यसँग घरमा बसोबास गर्दै आएका थिए । सदरमुकाममा पसल गरी बस्ने बाबुआमाहरु पनि लकडाउन पछि घरै गएका छन् । प्रदेशबाट द्रुत परिक्षणका लागि प्राप्त ३ सय किटहरु मध्ये जिल्लामा रुवीभ्याली, खनियावास, थाक्रें र सिद्धलेकबाहेक अन्य सबै स्थानीय तहमा परिक्षण आरम्भ गरिएको छ ।

संक्रमित भेटिएको क्‍वारेन्टाइनबाट स्वाब परीक्षण नगरी ११ जना छाडिएको खुलासा
रौतहटको ईशनाथ नगरपालिकाको औरैयास्थित जनता मावि क्वारेन्टाइनबाट स्वाब परीक्षण नै नगरी ११ जनालाई घर पठाइएको खुलासा भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि गरेको १९ वर्षीय युवक बसेकै क्वारेन्टाइनबाट चैत २७ गते ११ जनालाई बिनापरीक्षण छाडिएको थियो। उनीहरु सबैलाई र्‍यापिड टेस्टिङ किटबाट परीक्षणका लागि मंगलबार क्वारेन्टाइन बोलाइएको छ।

कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले आह्वान गरेको लकडाउनकै क्रममा भारतका विभिन्न सहरबाट घर फर्केका ईशनाथ ३ का ११ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। नगरपालिकाका स्वास्थ्य संयोजक ईशराजलु खानले चैत १२ गते देखि क्वारेन्टाइनमा बसेका उनीहरुमा १५ दिनसम्म कुनै किसिमको लक्षण नदेखिएपछि घर पठाइएको बताए।

‘त्यो बेला टेस्ट गर्न जनकपुरबाट चिकित्सकहरु पनि आउनु भएन्। साधन पनि थिएन,’ उनले भने, ‘दुई सातासम्म कुनै लक्षण नदेखिएपछि घर पठाएका हौं । उनीहरु सबैलाई टेस्टका लागि बोलाएका छौं।’

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जनकपुरबाट स्वाब परीक्षणका लागि लैजाने चिकित्सकको टोली समयमा नआएको र चैत २८ गते मात्र आएकाले अघिल्लो दिन नै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई सोधेर ११ जनालाई घर पठाइएको जानकारी दिए। प्रजिअ घिमिरले क्वारेन्टाइनको प्रोटोकल(मापदण्ड) पूरा गरेको र साधनको अभावले टेस्ट गर्न नसकेको बताए।

‘अब त्यही क्वारेन्टाइनमा बसेकालाई कोरोना संक्रमण देखिएपछि सतर्क र सजग हुनै पर्यो,’ उनले भने, ‘त्यति बेला छाडिएकालाई अहिले र्‍यापिड किटबाट टेस्ट गरिन लागिएको छ।’ त्यो बेला क्वारेन्टाइनमा ४० जना बसेका थिए। तीमध्ये दुई साताको अवधि पूरा गरेका र कारोनाको कुनै लक्षण नदेखिएको भन्दै उनीहरुलाई बिनापरीक्षण छाडिएको थियो। क्वारेन्टाइनमा अहिले ३० जना छन्। उनीहरुमध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना संक्रमण देखिएका ईशनाथ ८ का १९ युवक भारतबाट पैदल आएर नेपाल भारत सीमाक्षेत्रको चोरबाटोबाट हुँदै चैत १६ गते घर पुगेका थिए। कोभिड–१९ को सम्भावित संक्रमण रोक्न भारत सरकारले तीन सातासम्म आह्वान गरेको ‘लकडाउन’ का कारण सवारी साधन बन्द भएपछि उनीहरु दिल्लीबाट चैत १५ गते औषधि बोकेको ट्रक चढेर बिहारको मोतिहारी आइपुगेका थिए।

त्यहाँबाट नेपाल आउन सवारी नपाएपछि पैदल हिँडेर ईशनाथस्थित चैनपुर नाकाबाट चोरबाटो हुँदै नेपाल छिरेको प्रहरीले बताएको छ। संक्रमित युवकलाई आइतबार राति नै वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ।

प्रतिक्रिया