आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निश्‍चितकालका लागि बन्द भयो भारतसँगको सीमा, यस्तो छ कारण

प्रकाशित
1K
SHARES

काठमाडौँ । लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ । ‘भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ। यसैले भारतमा कोरोनाको प्रकोप साम्य नभइन्जेललाई आवतजावत बन्द गर्ने निर्णय गरिएको छ,’ मन्त्रिपरिषद स्रोतले बतायो। लकडाउनको समयमा नै स‌ंक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ।

कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए। अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन। संक्रमण बढ्न थालेपछि भारतले पनि मंगलबार नै २१ दिने लकडाउनलगत्तै अर्को १९ दिन लकडाउन थप गरिसकेको छ। सरकारले अन्तराष्ट्रिय उडान पनि वैशाख १८ गतेसम्मका लागि स्थगित गरिसकेको छ।

नेपाल सरकारले भने लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

केहीबेरअघि सकिएकाे मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो एक मन्त्रीले बताए। एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ।

आज म‌ंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, लकडाउनका कारण फसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्‍मा छलफल भएको थियो। स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारले निर्णय गरेको छ। जसकारणा काठमाडाैंबाट बाहिर जान दिने सररकारकाे निर्णय कुरेकाहरू निरस बनेका छन् ।

नेपालमा पहिलोपटक गत गत माघ ९ गते कोरोना भाइरसका संक्रमित भेटिएका थिए । पहिलो कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् भने अन्य १५ जनाको अहिले उपचार भइरहेको छ ।

कोरोना संक्रमित १५ जनामध्ये ५ जनाको सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, ४ जनाको पर्साको वीरगन्जस्थित नारायणी अस्पताल, २ जनाको बाग्लुङस्थित धौलागिरी अस्पताल, २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै उता कैलालीको लम्कीचुहा नगरपालिका–१ की ६५ वर्षीया महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । सङ्क्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार ५२ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । कोरोना पुष्टि भएकी ती महिलासँगै वीरगञ्जबाट २६ जना कैलाली आएको उनको भनाइ छ । सङ्क्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि खोजी भर्ईरहेको प्रहरीको भनाइ छ ।

सङ्क्रमित महिलासँग दाङ, सुर्खेत, अर्घाखाँची, दैलेखका गरी ८ जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । वीरगञ्जबाट कैलाली पुगेका २६ मध्ये २१ जना सङ्क्रमित महिलाको आफन्त रहेको उनले जानकारी दिए ।

कैलालीमा सङ्क्रमित महिला भेटिएसंगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ । ती सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोनाको संक्रमण नदेखिए के गर्ने ?
कोरोना भाइरसको संक्रमण रोक्न विदेशबाट आएका व्यक्तिलाई अहिले अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । यस्तै, कतिपय पालिकाहरुले अन्य शहर तथा संघीय राजधानी काठमाडौंबाट आएका व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखेका छन् ।

यसरी क्वारेन्टाइनमा राखिएका व्यक्तिको अहिले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिँदैछ । आरडीटीको माध्यमबाट कुनै व्यक्तिमा कोरोना संक्रमण भएको संकेत देखियो कि देखिएन भन्ने पत्ता लाग्छ । जसलाई एन्टिबडी टेस्ट भनिन्छ । एन्टिबडी टेस्टको क्रममा नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई क्वारेन्टाइनबाट सिधै घर पठाउने पनि गरिन्छ ।

तर, संघीय सरकारले भने आरडीटी परीक्षणका क्रममा एन्टिबडी रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई पनि थप १ हप्ता घरमै क्वारेन्टाइनमा बस्नुपर्ने गरी कार्यविधि बनाएको छ । जसअनुसार क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९को प्रयोगशाला जाँचको राष्ट्रिय निर्देशिका–२०७७’ मा विदेशबाट आएका र क्वारेन्टाइनमा १४ दिनदेखि बसिरहेका कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति घरमा थप एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले परीक्षणलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको बताए । निर्देशिकामा प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सङ्क्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका तर घरमै क्वारेन्टाइनमा बसेका, १४ देखि २१ दिन पुगेका र कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति पनि द्रुत परीक्षण कीट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) बाट परीक्षण गर्ने, क्वारेन्टाइनबाट घर पठाउने अवधि पुगेका र क्वारेन्टाइनमा बसेको १४ दिनभन्दा अघि नै आरटी पीसीआर विधिबाट जाँच गर्दा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको पनि १४ देखि २१ दिनमा परीक्षण गर्ने उल्लेख गरिएको छ ।

यसैगरी पीसीआरबाट अस्पताल वा स्वास्थ्य संस्थामा कोभिड–१९ का शङ्कास्पद वा सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी कोभिड–१९ को लक्षण र चिह्नहरू देखिएका स्वास्थ्यकर्मीले अनिवार्य गर्नुपर्ने), प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सङ्क्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका लक्षण र चिह्न नदेखिएका व्यक्ति (संसर्गमा आएको ५–१४ दिनभित्रमा परीक्षण गर्ने) निर्देशिकामा उल्लेख गरिएको छ ।

यसैगरी अस्पतालमा भर्ना भएका निमोनिया र सास फेर्न गाह्रो भएका सबै बिरामी, इन्फ्लुएन्जा माहामारी भएको क्षेत्रका इन्फ्लुएन्जा नभएका (नदेखिएका) १० प्रतिशत नमूना, द्रुत परीक्षण किटबाट परीक्षण गर्दा पोजेटिभ आएका सबै र सोही प्रक्रियाबाट परीक्षण गर्दा नेगेटिभ आएकामध्ये १० प्रतिशत नमूनाको पनि पीसीआरबाट परीक्षण गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया