आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाविरुद्धको लडाई जितेको चीनमा फेरी भेटिन थाले यती धेरै संक्रमित

प्रकाशित
2.1K
SHARES
Virus Outbreak South Korea

काठमाडौँ । प्राणघातक कोरोमाविरुद्धको एकपटकको लडाई जितेको चीनमा फेरी नयाँ कोरोना संक्रमित फेला पर्न थालेका छन् । चीनमा एकैदिन १०८ नयाँ संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यो पछिल्लो एक महिनामा एकैदिन सय बढी संक्रमित देखिएको पहिलो पटक हो ।

संक्रमितमध्ये ९८ जनाले विदेशबाट नै संक्रमण बोकेर ल्याएको बताइएको छ । यद्यपि, तीमध्ये १० जना स्थानीय रुपमै संक्रमित भएका थिए जसमध्ये सातजना हेलोङझियाङ प्रान्तका छन् भने तीनजना गुवाङदोन प्रान्तका छन् । कोरोनाभाइरसको केन्द्रबिन्दु भएपछि चीनमा पछिल्लो एक महिनामा चकत्कारिक रुपमा संक्रमित र मृतकको संख्या कम भएको छ।

यहाँका विभिन्न स्थानमा लागू गरिएका लकडाउन पनि खोलिएको छ । विदेशबाट आयातित संक्रमणका कारण यहाँ दोस्रो लहरको संक्रमण हुने हो कि भनेर अधिकारी चिन्तित छन् । चीनमा हालसम्म ८२ हजार १ सय ६० जना संक्रमित छन् भने ३ हजार ३ सय ४१ को मृत्यु भइसकेको छ ।

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार दुई सय ४५ पुगेको हो । त्यस्तै, यो भाइरसबाट विश्वभर १८ लाख ५० हजारभन्दा धेरै मानिस प्रभावित बनिसकेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा यो भाइरसका संक्रमितको संख्या पाँच लाख ५७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २२ हजार एक सय ८ पुगेको छ । त्यस्तै स्पेनमा पनि यो भाइरसका संक्रमित एक लाख ६६ हजार नाघिसकेको छ । स्पेनमा अहिलेसम्म १७ हजार दुई सय नौ जना मानिसको मृत्यु भइसकेको छ ।

इटालीमा पनि संक्रमितको संख्या एक लाख ५६ हजार नाघेको छ । इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १९ हजार आठ सय ९९ पुगेको छ । अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने चार लाख ३० हजारभन्दा बढी मानिसहरु निको भइसकेका छन् ।

प्रतिक्रिया