आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा काेराेना संक्रमितकाे संख्या १४ पुग्याे, रौतहटमा थप एक जनामा काेराेना पुष्टी

प्रकाशित
2.5K
SHARES

काठमाडौं । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।

त्यसैबिच महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । प्राप्त विशेष सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर नगरपालिकामा बस्दै आउनुभएका २० वर्षीय ङिमा लामा र सोही ठाउँका २० वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबै जनाको साथबाट प्रदेश ३–०२–००९ प २०५९ नम्बर भएको नम्बर प्लेट दुई थान र ५१ हजार नगदसमेत बरामद भएको कार्कीले जानकारी दिनुभयो । आइतबार पक्राउ परेका उनीहरुको आज काठमाडौँ जिल्लाबाट म्याद थप गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

यसअघि कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् । ‘मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर यहाा पठाएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताए ।

उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । र, रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।

संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् । तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।

र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हाे । ६५ वर्षीया ती महिला वीरगञ्ज नाकामा चिया बेच्थिन् । लकडाउनका कारण समस्यामा परेकाहरू उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा मात्र कैलालीको लम्की पठाएको थियो ।

उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । ‘हामी नेपालबाटै आएका हौं, घरमै बस्छौं भनेका थिए । हामीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थियौं,’ लम्किचुहाका मेयर महादेव बजगाईंले भनेका छन् । कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो ।

यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अब नेपालमा काेराेना संक्रमितकाे संख्या १३ पुगेकाे छ । जसमध्ये एक जना निकाे भएर घर फर्किसकेका छन् छन् भने १२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । नयाँ बर्षकै दिन थप एक जनामा काेराेना संक्रमण पुष्टी भएपछि देशभर नयाँ तरंग पनि उत्पन्न भएकाे छ ।

प्रतिक्रिया