आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउन प्रभाबकारी बनाउन नसकेपछि टर्कीका गृहमन्त्रीले दिए एका एक राजीनामा

प्रकाशित
728
SHARES

काठमान्डाै । कोरोना भाइरसको जोखिमका कारण घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न नसकेर टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन् । उनी त्यहाँका राष्ट्रपतिका निकटका मन्त्री मानिन्थे । टर्कीका सबै ३१ वटा सहरमा लकडाउन घोषणा गरिएको थियो । तर, लागू हुन सकेन । सरकारले शुक्रबार राति ४८ घण्टाका लागि लकडाउन घोषणा गरेको थियो । अचानक कर्फ्यु लगाएको भन्दै विपक्षी दलले समेत सरकारको आलोचना गरेपछि जनताले लकडाउनको वास्ता गरेनन् । राजधानी इस्तानबुलमा मात्र १ करोड ६० लाख जनसंख्या छ  त्यहाँ तीव्र गतिमा कोरोना भाइरस फैलिरहेको छ ।

त्यसैबिच  कोरोना भाइरस रोकथामका लागि एक अर्कासँग नजिक नहुन दजैनौंपटक अपील गर्दा समेत अटेर गरेपछि यसको भयावह परिणाम देखिएको छ ।भारतमा शुरुआती चरणमा निकै सुस्त देखिएको कोरोना भाइरस मानिसहरुले क्वारेन्टाइनका नियम उल्लंघन गर्दा विष्फोट हुने अवस्थामा पुगेको हो ।

अचम्म त के छ भने अधिकांश संक्रमण एक दुई जनाको लापरवाहीका कारण फैलिएको छ । अमरउजालामा प्रकाशित समाचार अनुसार, भारतका बिभिन्न ५ वटा राज्यमा ८ जना संक्रमितबाट १९१७ जनामा संक्रमण फैलिएको तथ्य देखिएको छ ।दिल्ली तब्लीगि जमात र १६५० कोरोना बिरामी दिल्लीको निजामुद्दिन क्षेत्रमा तब्लिगी जमात (मुस्लिम सम्प्रदायको एउटा समूह)सँग जोडिएका हजारौं मानिसले मार्च १३ देखि

१५ का बीच सभा गरे । यो सभामा कैयन विदेशी पनि सहभागी थिए । सभा सकिएसँगै देशका बिभिन्न स्थानमा पुगेका उनीहरुले आफुसँगै भाइरस पनि बोकेर लगे । यिनीहरुले करिब १६५० जनालाई संक्रमित बनाए । उनीहरु संक्रमित भएको खुलासा भएपछि उनीहरु अस्पताल जानुको साटो यताउता लुक्दै हिडेका थिए । मुम्बईः संक्रमित हुँदा पनि लन्च बक्स दिन रोकिनन्मुम्बईमा एकजना ६५ वर्षी महिला एउटाकर्पोरेट

अफिसमा टिफिन (खाना) पुर्याउने काम र्गिर्थन । पछि उनीमा संक्रमण देखियो । जसजसलाई खाना पुर्याइएको थियो, उनीहरुलाई क्वारेन्टाइनमा राखियो । उत्तर प्रदेशः नोयडा कम्पनीको लापरवाही, ४१ संक्रमित सिजफायर कम्पनीमा कोरोनाको पहिलो बिरामी फेला परेपछि पनि काम बन्द गरिएन । परिणाम नराम्रो हुनु नै थियो । नोयडामा संक्रमण बढ्दै गयो र कम्पनीका १३ जनासँगै उनका परिवारका ११ सदस्यमा कोरोना पुष्टि भयो । संक्रमणपछि कम्पनी सिलबन्दी गरिएपनि नोयडाका अधिकांश घटना यही सिजफायर कम्पनीका कारण आइरहेको बताइन्छ ।

राजस्थानः ओमानबाट फर्केका व्यक्तिबाट १२६ र डाक्टरबाट १६ संक्रमित जयपुरको रामगञ्जका एकजना व्यक्ति १७ मार्चका दिन ओमानबाट फर्किए । फर्केपछि उनले आफूलाई क्वारेन्टाइनमा राखेनन । बरु सबैसँग भेटघाट जारी राखे । अब युवकको परिवारका साथै उक्त कलोनीमा बस्ने १२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अतिरिक्त मुख्य सचिव, स्वास्थ्य रोहित कुमार सिंहका अनुसार उनका शंकाष्पद साथीबाट पनि १२ जनामा संक्रमण फैलियो । यसैगरी भीलवाडामा पनि एकजना डाक्टरमा भाइरसको पुष्टि भयो । यी डाक्टरबाट पनि १६ जना संक्रमित भएका छन् ।

बिहारः विदेशबाट फर्केका दुई जनाबाट ३६ जना संक्रमित बिहारको सिबान निवासी एकजना व्यक्ति मस्कटबाट फर्केका थिए । तर उनले फर्केपछि लापरवाही गर्दा सिबानमा २३ जना संक्रमित भएका छन् । यसैगरी मुगेरमा कतारबाट फर्किएका एकजना ड्राइभरले पनि यस्तै गल्ती गर्दा १३ जना संक्रमित भएा छन् ।  मेरठः विवाहमा आए, १६ जनालाई संक्रमित बनाएबुलन्दशहर निवासी ५० वर्षीय व्यक्ति महाराष्ट्रको अमरावतीबाट विवाहमा मेरठ पुगे । उनमा संक्रमण रहेछ । त्यसबाट १६ जना संक्रमित बने । उनीहरुलाई २७ मार्चका दिन मेरठ अस्पतालमा भर्ना गरियो । यो बेलासम्म अन्य कैयन पनि संक्रमित भएसकेका थिए ।

मध्यप्रदेशः स्वास्थ्यका प्रमुख सचिवले ३२ जनालाई संक्रमित बनाएमध्यप्रदेशकी स्वास्थ्य सचिव पल्लवी जैन गोविलका छोरा अमेरिकाबाट फर्केका थिए । प्रमुख सचिवले उनको छोरा विदेशबाट फर्केको कुरा लुकाउँदै लगातार बैठकमा भाग लिन थालिन । तर यही बीचमा उनी आफै पनि संक्रमित भइसकेकी थिइन । उनकै कारण आइएएससहित स्वास्थ्य निर्देशनालयका अधिकारी र कर्मचारी समेत ३२ जना संक्रमित भइसकेका थिए । भोपालमा ५० बढी स्वास्थ्यकर्मी र चिकित्सक संक्रमित भइसकेका छन् ।

 

प्रतिक्रिया