आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा प्रधानमन्त्री ओलीले दिए यस्ताे शुभकामना सन्देश

प्रकाशित
780
SHARES

काठमाडौं । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् । प्रधानमन्त्री ओलीले सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । उनले अप्ठयारो परिस्थितिमा नयाँ वर्षलाई स्वागत गर्न परेको उल्लेख गरेका छन् । यस्तो छ प्रधानमन्त्रीको सम्बोधनकाे केहि अंश…

– सर्वप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी सा-है अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।

– सिंगो विश्व समुदाय आज कोरोना सङ्क्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीले हामी नेपालीहरूलाई पनि छोएको छ । संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई सङ्क्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ । तपाईहरुको प्रधानमन्त्रीका रुपमा मैले यही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।

– यतिखेर देशभित्र र बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी दाजुभाइहरुलाई मेरो कामना छ– तपाईँ र तपारईका परिवारजन र आफन्तहरू सबै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सक्नुहोस् ! जसलाई सङ्क्रमण भएको छ, उहाँहरुले यसमाथि विजय हासिल गर्न सक्नुहोस् ! अनि, कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं ! यस भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको छ । हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौं । आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ ।

– मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको २ वर्ष वितेको छ । तपाई हामी सबैलाई थाहा छ, विगत दुई बर्षको प्रगति उत्साहजनक रहेको थियो । यदि यस महामारीको चपेटामा नेपाल नपरेको भए आज हामी, विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौँ । विगतका उपलब्धिहरूको जगमा उभिएर नयाँ उचाइ हासिल गर्ने योजना बनाइरहेका हुने थियौँ । स्वदेशमै फलदायी रोजगारी वृद्धिदेखि कृषिको आधुनिकीकरणको कुरा गरिरहेका हुने थियौं । खनिज पदार्थको उत्खनन् कार्यलाई तीब्रता दिने तयारी गरिरहेका हुने थियौँ ।

– यतिबेला नेपाल भ्रमण वर्ष, २०२० को उल्लास फैलिरहेको हुने थियो । वर्षभरि २० लाखभन्दा बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अभियानका रुपमा होमस्टे, होटल र रेष्टुराँहरु भरिभराउ हुने थिए । शहर–बजार, टे«किङ स्थल र पर्वतारोहणका गन्तव्यहरुमा पर्यटक र पर्वातारोहीहरुको चहलपहल व्यापक हुने थियो ।

– अहिले हामीहरु दूरगामी लक्ष्यसहित थालिएको ‘सगरमाथा सम्वाद’ भव्य रुपमा सम्पन्न भएकोमा खुशी मनाइरहेको हुने थियौँ । जलवायु परिवर्तन, पर्वत र मानव जातीको भविष्यका बारेमा हामीले गरेका छलफल र निकालिएका निष्कर्षको बारेमा विमर्श÷विश्लेषण गरिरहेका हुने थियौँ ।

समग्रमा विगतमा हामीले गरेका वाचाहरु, तिनको प्रगति र अब गरिने कामका योजनाबारे मैले यतिखेर देशवासीका सामू आप्mनो विश्लेषण राखिरहेको हुने थिएँ । पाँचवर्षको जनादेशको झण्डै मध्यतिर आइपुग्दा हाम्रा अपेक्षा र परिणाम बीचको दूरीबारे सम्वाद गरिरहेका हुने थियौँ ।

– तर आज हामीहरु एउटा भिन्न प्रकृतिको असहज परिस्थिति बीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौँ । यस असहज परिस्थितिको शीघ्र अन्त्यको अपेक्षासहित म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७७ शुभ रहोस् भन्ने पुनः हार्दिक कामना गर्दछु ।

– कोरोना भाइरस महामारीका कारण अहिले हामी भयावह अवस्थाबाट गुज्रिरहेका छौं । मेरो पछिल्लो पटकको संबोधनदेखि यताको पाँच दिनको यस अवधिमा थप ३५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । मानिसको जीवन रक्षाका लागि सिङ्गो विश्व अहिले ‘लकडाउन’मा छ । हाम्रा सम्पूर्ण गतिविधिहरु लकडाउनमा छन् । कतिपय परिवारका सदस्यहरु आफन्तबाट टाढा लकडाउनमा छन् । सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्नका लागि एकै ठाउँमा रहेर पनि कतिपय हामीहरु पारस्परिक दूरीमा छौं ।

– निःसन्देह, दुःखको यस घडीमा हामीभित्रको मानवीय भावनाले हामीलाई अझ दह«ो गरी जोडिरहेको छ । सिङ्गो नेपाली समुदाय राष्ट्रिय एकताको भावनात्मक एकतामा अझ घनिष्ट रुपमा आवद्ध भएको छ । तर भौतिक रुपले भन्ने हो भने चाहिँ हाम्रो सामाजिक सम्बन्ध जोड्ने धागो टुटेको छ । सिङ्गो विश्वको अर्थ व्यवस्थालाई गतिशील बनाइराख्ने उत्पादन प्रणालीको कडी टुटेको छ । अन्योल र भयको कहालीलाग्दो अवस्थाबाट अहिलेको समय गुज्रिरहेको छ ।

– म अहिले पाँच वर्ष अघिको त्यो कोलाहलपूर्ण अवस्था पनि संझिरहेको छु । त्यतिखेर विनाशकारी भूकम्पका कारण हाम्रा धेरै घरहरु ध्वस्त भएका थिए । आपूm उभिएको भूँइ घरीघरी नाचिरहेको अवस्था थियो । अस्पतालहरु घाइतेहरुबाट भरिभराउ थिए । कति उद्धारको अपेक्षामा चिच्याइरहेका थिए । कोही आफन्तको वियोगमा भावविह्वल थिए । न बस्ने ठाउँ छ, न सञ्चित गरिएका खानेकुरा बाँकी रहेको छ– घरबाट मानिस एकाएक सडकमा प्mयाँकिएका थिए ।

– त्यतिबेलाको अत्यासलाग्दो अवस्थालाई हामीले एक भएर सामना ग¥यौं । धैर्यता र साहसका साथ उभियौं, अघि बढ्ने प्रयास ग¥यौं । हजारौं भौतिक संरचना भत्किए पनि हामीले मनोबल भत्किएन दिएनौं, सङ्कटका काला बादलहरु हटेर सूर्यको उज्यालो छरिने विश्वासलाई टुट्न दिएनौँ । त्यसपछि आएका सबै अप्ठ्याराहरुलाई एक भएर एकएक गरी छिमल्दै गयौं । प्राकृतिक विपत्तिका कारण नेपालीहरु भौतिक संपत्तिका हिसाबले कमजोर भए होलान्, तर मानसिक रूपमा दरिद्रचाहिँ छैनन् भन्ने परिचय हामीले साहसका साथ दियौं । हामीहरुको यो साहस र धैर्यतालाई धेरैले प्रशंसा गरे, हामीलाई धुलो टक्टक्याएर उठ्न हात दिए । हामी नेपालीले परेको बेलामा प्रदर्शित गर्ने गरेको एकता र अनुशासनले नै भत्किएको धरहरा फेरि ठडिन लागेजस्तै शीर ठाडो पार्ने स्थानमा आइपुगेको स्मरण गर्न म सबैलाई हार्दिक आग्रह गर्दछु ।

– तर अहिले हामी, त्यस समयभन्दा भिन्न एक अदृश्य ‘शत्रु’ विरुद्ध युद्ध लडिरहेका छौं । यस्तो शत्रु, जसलाई रोकथाम गर्ने खोप या निको पार्ने औषधी अझै आविस्कार भएको छैन । यस्तो शत्रु, जसले हामीजस्ता विकासोन्मुख मुलुकलाई मात्रै होइन, विकसित र बलियो स्वास्थ्य संरचना भएका मुलुकहरुलाई पनि हायलकायल पारिरहेको छ ।

– हामीले यो युद्ध जित्नका लागि त्यसबेलाको भन्दा भिन्न ‘युद्धका नियम’हरु पालना गर्नु आवश्यक छ । यस युद्धमा ‘दूरीमा शक्ति’ छ, दूरीबाट नै हाम्रो एकता प्रदर्शित हुन्छ भन्ने जस्तो नियमको पालना गर्नुपर्ने अनौठो अवस्था आएको छ । एक्लाएक्लै उभिंदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु– कोरोना भाइरसलाई छल्नु पर्छ भन्नेमा हामी सचेत हुनुपर्छ । अहिले जो जहाँ छ, त्यहीँ रहने, स्वास्थ्यकर्मीहरुले दिएका सुझाव र सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्दै स्व–अनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य छ ।

– हरेक अप्ठ्यारोमा मानिस स्वभावैले अत्तालिन्छन् । यस्तो समयमा मनलाई नियन्त्रणमा राख्नु पर्छ भन्ने म ठान्दछु । यो काम, भनेजस्तै सजिलो पक्कै छैन, तर परेपछि मानिसले त्यसलाई सामना गर्न सक्छ भन्ने मेरो आप्mनै भोगाइले बताउँछ ।

– भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन् । तर त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ । मन आत्तिएको, भत्किएको बेला ‘गर्नेले गरेन कि’ भन्ने आशङ्का मनमा पैदा हुन सक्छ । गरेको पुगेन कि भन्ने लाग्न सक्छ । अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर अन्यौल र भ्रममा पर्ने या विचलित हुने होइन, मन बलियो बनाउनु आवश्यक हुन्छ ।

– विश्वका विभिन्न मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र यसको अनुपात फरक फरक छ । हाम्रो देशमा संक्रमितको संख्या प्रति १० लाखमा ०.३ मात्रै छ । अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहनु र कसैको पनि मृत्यु नहुनुलाई हाम्रा प्रयासको सफलताको रुपमा लिन सकिन्छ ।

– हो, अहिले संक्रमणको आशङ्का गरिएका व्यक्तिहरुको जति परीक्षण भइरहेको छ, पर्याप्त छैन । अहिलेसम्म हामीले प्रति १० लाख जनसंख्यामा १५२ को परीक्षण गरेका छौं । संक्रमणमुक्त स्थितिको सुनिश्चितताको लागि यस परीक्षणको दायरालाई निरन्तर बढाउँदै लगिने छ ।

– तर, हामी भएका राम्रा कामहरू आफसेआफ वा संयोगले मात्रै भएका हुन् भन्ने पनि नसोचौं । यतिसम्म पनि नभनौं, सीमित कमी कमजोरी र हुन बाँकी कामहरु भने सरकारको अकर्मण्यताका परिणाम हुन् ।

– हामी यति त संवेदनशील बनौं, हाल भएका कामहरु दिनरात खटिरहेका चिकित्सक, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध श्रमिकहरुको मिहेनेतको परिणाम हो । सीमित साधनस्रोतका बाबजुद हामीले गरिरहेका कामहरु सकारात्मक छन् र यिनले परिणाम दिइरहेका छन् भन्ने कुराको दृष्टान्त चैत २५ गते सार्वजनिक भएको एउटा राष्ट्रिय सर्वेक्षणबाट पनि देख्न सकिन्छ, जहाँ अधिकांश नागरिकहरुमा कोरोना भाइरसबारे आधारभूत जानकारी पुगेको, त्यसबाट जोगिन अपनाउनु पर्ने कदमबारे उहाँहरु सचेत रहेको र सरकारका कामप्रति अधिकांश नागरिकहरुले सन्तुष्टि व्यक्त गरेको निष्कर्ष प्राप्त भएको छ । जति कामहरु हुन बाँकी छन्, तिनलाई तीनै तहका सरकारहरुको नेतृत्व र समन्वयमा निरन्तरता र तीब्रता दिइने छ ।

– कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र र समग्र विश्व प्रणालीमै गहिरो र दूरगामी असर पर्ने कुरा निश्चित छ । यस महामारीले हाम्रो जमानाकै सर्वाधिक गंभीर विश्व आर्थिक मन्दी निम्त्याउने सहजै अनुमान गर्न सकिन्छ । प्रक्षेपण गरिएका तथ्याङ्कलाई उल्लेख नगर्ने हो भने पनि विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने कुरा निश्चितजस्तै छ ।

– कोरोना भाइरसको यस महामारीबाट सामाजिक र मनोवैज्ञानिक क्षति मात्रै होइन, यस पश्चात् आउने विश्वव्यापी आर्थिक मन्दीले हाम्रो जस्तो उदीयमान अर्थतन्त्रलाई गहिरो धक्का दिने देखिएको छ । ‘यस महामारीबाट कूल ग्रार्हस्थ उत्पादनको २ देखि ४ प्रतिशतको हाराहारीमा हाम्रो अर्थतन्त्रमा क्षति पुग्ने’ भन्ने विभिन्न क्षेत्रका विद्वानहरुको विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको छ । कोरोना पछिको क्षतिको आँकलनका लागि सरकारले आपूmसम्बद्ध विभिन्न निकायहरुलाई परिचालित गरिसकेको छ । आउने हप्ता दिनसम्ममा महामारीको वेगको पूर्वानुमान हुनसक्ने हुँदा समग्र मूल्याङ्कनको प्रक्रिया त्यसपछि मात्रै निष्कर्षमा पुग्ने अवस्था छ ।

– हाम्रो योजना थियो– यस नयाँ बर्षमा, नयाँ बर्षको पहिलो महिनाको पूर्वाद्र्धमै रानीपोखरी उद्घाटनको कार्यक्रम राखिने छ । यस्तो लाग्दै थियो– धरहरा १० तल्लामा मात्रै होइन, त्यसभन्दा माथि अग्लिने छ । सुनकोशी–मरिन डाइभर्सनको ठेक्का लगाउने काम सकिने छ । सार्वजनिक यातायातमा नयाँ कार्यक्रम घोषणा गरिने छ । गत फागुन ३ गते प्रतिनिधिसभामा मैले संबोधन गर्दा उल्लेख गरिएका कामको विवरणको प्रगति आजको संबोधनमा अपडेट गरिनेछ ।

– तर हामी महामारीका कारण धेरै कार्यक्रमहरु स्थगित गर्नुपर्ने, केहीको निर्माणमा स्वतः विलम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने वा हाम्रा प्राथमिकताका क्षेत्रलाई पुनःव्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो, यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको सङ्क्रमण फैलिन नदिने कुरा सुनिश्चित गर्ने हो ।

– त्यसैले अहिले यतिबेला हामीले आप्mनो ध्यान संक्रमितहरुको पहिचान, परीक्षण अनि उपचारमा केन्द्रित गरेका छौं । जतिबेला हामी यस महामारीको ‘ग्राफ’लाई सीधा पार्छौं– त्यसपछि हाम्रा आर्थिक गतिविधिलाई तीब्रता दिन ‘लगानी, लगानी अनि फेरि लगानी’को नीति अपनाउने नै छौं । अहिले हाम्रो अध्ययन तथा सर्वेक्षण, ‘टुटेको उत्पादन सम्बन्धको कडी फेरि कसरी जोड्ने, अवरुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने ?’ भन्नेमा केन्द्रित छ । यसै अध्ययन र सिफारिसको आधारमा सरकारले ‘अर्थतन्त्रको पुनरुत्थानको प्याकेज’ नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक गर्ने छ ।

– यतिखेर धेरै महानुभावहरुले सुझाव र सल्लाह दिइरहनु भएको छ । सल्लाह, सरकारको कामको तरिकाका बारेमा छ र साधनस्रोतको सम्बन्धमा पनि छ । कतिपय मित्रहरुले चालू बजेटको विभिन्न शीर्षकमा रहेका स्रोतलाई रकमान्तर गर्न पनि सरकारको ध्यानाकर्षण गर्नुभएको छ । कतिपयले उच्च ओहोदामा रहेका र जनप्रतिनिधिले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिनुभएको छ । यी सबै सुझावमा मेरो गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।

– मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वाेपरि रहनुपर्छ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ । आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आप्mनो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु ।

– विद्यमान कठीन परिस्थितिको सामना गर्न मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव, ऐक्यवद्धता र सहयोगप्रति हामी आभारी छौँ । हामीले ब्यहोर्नु परेको क्षतिको मुकाबिला गर्न आवश्यक स्रोत जुटाउन विकास साझेदारहरुबाट प्राप्त साथ र समर्थन प्रशंसनीय रहेको छ । यस अवधिमा विश्व बैंकबाट कोरोना संक्रमण रोकथाम आपतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको सहायता संझौता भइसकेको छ । यसैगरी विभिन्न शीर्षकमा विश्व बैंकसहित विभिन्न साझेदार संस्थाबाट १ हजार ५६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भइसकेको छ ।

– परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान हुन सक्दैन भन्ने स्पष्ट छ । नवीन सहायता नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्राजस्ता जोखिमयुक्त देशले संकटमाथि विजय हासिल गरेर अगाडि बढ्न सक्छन् । त्यसैले नियमित रुपमा उपलव्ध भइरहेकोभन्दा थप स्रोत साधन अपरिहार्य भएकाले विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्न सरकारले पहल गर्ने छ ।

– भनिन्छ, संकटले संभावनाको पनि ढोका खोल्छ । कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतिलाई हामीले अवसरमा रुपान्तरित गर्न प्रयाश गर्नुपर्छ । यस महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सिङ्गो विश्वलाई र हामीलाई पनि बेस्सरी घच्घच्याएको छ । सरकारले यसलाई गंभीर ध्यान दिने नै छ । विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक रोजगारी गुम्नसक्ने जोखिममा रहेका र मुलुकभित्रै वेरोजगार रहेका युवाहरुलाई केन्द्रित गरेर रोजगारीका कार्यक्रम लागू गर्ने नीति अपनाइने छ । कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त स्वरोजगारीका नयाँ संभावनाहरुको खोजी गर्न सम्बन्धित क्षेत्रका व्यवसायी, विशेषज्ञहरु र स्वयं युवाहरुसँग मिलेर ठोस योजना अगाडि सारिने छ ।

प्रतिक्रिया