आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुई हप्ताभित्र विदेशीले आफ्नो देश नछाेडे कडा कार्वाही गर्ने युएईको चेतावनी

प्रकाशित
4.5K
SHARES

काठमाडौँ । युएईको मानव संशाधन तथा ईमिरेटिजेसन मन्त्रालयले कोरोना संकटका बेला आफ्ना नागरिक फिर्ता लैजान नमान्ने देशलाई कारबाही गर्नका लागि अध्ययन थालेको छ । मन्त्रालयका एक अधिकारीले वर्तमान श्रम सम्झौतामा केन्द्रीत भएर कस्तो कदम चाल्ने भन्ने विषयमा अध्ययन भइरहेको बताए ।

ती अधिकारीका अनुसार निजी क्षेत्रमा काम गर्ने मजदुरले घर फर्कन चाहेमा फिर्ता पठाउने नियम युएई सरकारले ल्याएको अवस्थामा आफ्नो नागरिकलाई घर फर्कन नदिएर असहयोग गर्ने देशसँग विगतमा गरिएका श्रम सम्झौता पुनरावलोकन गर्ने तयारी भइरहेको छ ।

नेपालसहितका देशले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन चाहिरहेका छैनन् । ती अधिकारीका अनुसारसहकार्य नगर्ने देशसँग श्रम सम्झौता बन्द गर्ने, भविष्यमा ती देशबाट कामदार ल्याउन कडाई गर्ने, कोटा निर्धारण गर्नेलगायत विकल्पमा अध्ययन भइरहेको छ।

मन्त्रालय स्रोतले युएईमा कार्यरत नागरिकले देश फर्कन चाहेमा उनीहरुलाई फर्काउन सम्बन्धित देश जिम्मेवार हुनुपर्नेमा पनि जोड दिएको छ । तर कतिपय देशका नागरिकले घर फर्कनका लागि आग्रह गरिहदाँ पनि ती देशका सरकार गैर जिम्मेवार भएको मन्त्रालयको ठहर छ ।

ती अधिकारीका अनुसार मन्त्रालयले नागरिकता तथा परिचयका लागि संघीय प्राधिकरण, विदेश मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय संकट तथा विपद् व्यवस्थापनसँग सहकार्य गरेर भर्खरै मानवीय पहल थालेको छ ।

जसअनुसार कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सतर्कता अपनाउन निजी क्षेत्रमा काम गर्नेहरुलाई आफ्नो देश फर्कन दिइनेछ । युएईमा साढे तीन लाख नेपाली रहेका छन् । कोरोनाका कारण अहिले कतिपयको रोजागारी गुमेपछि उनीहरु नेपाल आउन चाहेको पाइन्छ ।

युएईका अलावा नेपालीहरु मलेसिया, साउदी, कतार, कुबेत लगायतका देशमा पनि नेपाली कामदारहरु लाखौको संख्यामा विभिन्न कम्पनीमा कार्यरत छन् । नेपाल सरकारले उनीहरुका बारेमा के सोचिरहेको छ भन्नेबारे अहिलेसम्म धारणा बाहिर आएको छैन ।

कोरोना महामारीको त्रासका कारण विस्वका प्राय देशहरुले अन्य देशमा रहेका आफ्ना नागरिकलाई घर फर्काइरहेका बेला नेपालले भने छिमेकी मुलुक भारतबाट सीमासम्म पुगेका नागरिकलाई समेत देश प्रवेश गर्न दिएको छैन । यसले सरकारप्रति नागरिकको असन्तुष्टि बढ्दै गइरहेको छ ।

प्रतिक्रिया