आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संकटका बीच गाउँमा बाँध फुटेर ५ जना बेपत्ता

प्रकाशित
1.5K
SHARES

काठमाडौ । कोरोना संकटका बीचमा गाउँमा बाँध फुटेको पानी पसेर बबाल भएको छ । भारत, मध्यप्रदेशको एक गाउँमा बाँध फुटेको पानी आउँदा एकै परिवारका ५ जना वेपत्ता भएका छन् । यहाँको सिंगरौली देखि १८ किलोमिटर टाढा सासानमा रहेको रिलायन्स पावर प्लान्टको उडान ऐश बाँध शुक्रवार साँझ फुटेको हो । बाँध फुटेपछि वरपरका गाउँहरु मा बाढी पसेको छ । खेतमा लगाएको बाली बर्बाद भयो, घरहरूमा धेरै फिट माथिसम्म पानी आयो ।

यस दुर्घटनामा एकै परिवारका ७ जना मध्ये ५ जना हराइरहेका छन् । परिवारका दुई महिलालाई बाहिर निकालियो । बाँकी मानिसहरूलाई खोज्न थालिएको छ । भारतीय समयनुसार बिहान ४ बजेतिर दुर्घटना भएको थियो । एक ठूलो आवाज संगै, बाँध फुट्यो र यसको पानी तिव्र रुपमा गाउँहरुमा पस्यो ।

मानिसहरू आफ्नो ज्यान बचाउन घरहरूको छतमा चढे भने केही पहाडहरूतिर भागे । कलेक्टर केभीएस चौधरीले भने, ‘जानकारी पाए पछि म प्रशासनिक टोलीसँग घटनास्थल पुगेको छु । अहिले घटनास्थलमा एक परिवारका ५ व्यक्ति वेपत्ता भएको बारेमा जानकारी आएको छ ।’ यो बाँध सिद्दिकला ग्राम पञ्चायतमा आउँछ र छत्तीसगढ़को सिमानामा पर्छ ।

त्यसैबिच भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको सङ्क्रमण भारतका विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि २ हप्ताका लागि बन्दाबन्दी (लकडाउन) को अवधि थप्ने तयारीमा रहेको अधिकारीहरूले बताएका छन् ।प्रधानमन्त्रीले राज्य सरकारका मन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत शनिबार वार्ता गरेपछि ती राज्यका मुख्यमन्त्रीहरूले लकडाउन अवधि थप गर्नुपर्ने राय दिएका बताइएको छ ।

सम्मेलनमा प्रधानमन्त्रीले लकडाउन बढाउनु पर्ने वा नपर्ने भन्नेबारेमा कुराकानी गरेको बताइएको छ । सरकारले तत्काल घोषणा नगरेको तर अधिकारीहरूले प्रधानमन्त्री मोदीले आइतवारसम्म नयाँ घोषणा गर्नसक्ने बताएका छन् ।प्रधानमन्त्री मोदीले लकडाउन गर्ने ‘सही निर्णय’ लिएका कारण भारतमा अन्य विकसित मुलुकको तुलनामा सङ्क्रमण फैलिने क्रम निकै न्यून रहेको र यसलाई व्यवस्थापनका लागि समय मिलेको एक अधिकारीले बताए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्रीसँगको कुरापछि ट्वीटरमा भने, ‘प्रधानमन्त्रीले बन्दाबन्दी थप गर्ने सम्बन्धमा हामीसँग परामर्श गर्नुभएको छ । आज धेरै विकसित देशहरू भन्दा भारतको अवस्था राम्रो छ किनकि हामीले बन्दाबन्दीको घोषणा समयमै गरेका थियौँ । यदि यो अहिले रोकियो भने अहिलेसम्म हाँसिल गरेका सबै उपलब्धि प्रभावहीन हुनेछन् ।’

भारतले तीन हप्ताका लागि गरेको लकडाउनको अवधि आगामी मंगलबार सकिनेछ । तर कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु सङ्ख्या बढ्दो क्रममा देखिएपछि भारतका २९ राज्य र क्षेत्रका धेरै मुख्यमन्त्रीहरूले सम्पूर्ण एक अर्ब ३० करोड जनसङ्ख्याका लागि थप केही हप्ता घरभित्र नै रहने निर्देशन ‘लकडाउन’ गर्न सुझाब दिएका थिए ।

दुई राज्य ओडिशा र पञ्जाबले पहिले नै थप करिब दुई हप्ता तालाबन्दी गर्ने तयारी गरेको अधिकारीहरूले बताएका छन् । आलोचकहरूले सङ्क्रमणलाई नियन्त्रणमा राख्न देशव्यापी बन्दाबन्दीको आवश्यक भएको बताएका छन् ।भारतमा अहिलेसम्म करीव सात हजार ५०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र २४० जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको रिपोर्ट गरेका छन् । सरकारले कुनै पनि समुदायमा महामारीका रूपमा सङ्क्रमण नफैलिएको बताएको छ ।

गत तीन हप्तामा लाखौं मानिसहरूको रोजगारी गुमेको छ लकडाउनका कारण कतिपय क्षेत्रमा श्रमिकहरू पैदल हिँडेर लामो दूरीको यात्रा गर्दै आफ्नो गाउँतिर गइरहेका भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत भिडियोहरू सार्वजनिक भएका छन् । एजेन्सी

 

प्रतिक्रिया