आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनमा बढे संक्रमितको संख्या, मृत्यु हुनेको संख्या भने शून्य

प्रकाशित
764
SHARES

काठमाडौं । चीनमा शनिबार कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । चीनको नेसनल हेल्थ कमिसनले आइतबार दिएको जानकारी अनुसार शनिबार चीनमा ९९ नयाँ संक्रमित फेला परेका हुन् ।शुक्रबार चीनमा केवल ४६ नयाँ संक्रमित फेला परेका थिए भने तीन जनाको मृत्यु भएको थियो । तर, शनिबार यो भाइरसबाट मृत्यु हुनेको संख्या भने शून्यमा झरेको छ ।

यससँगै चीनमा समग्र संक्रमितको संख्या पनि ८२ हजार ५२ पुगेको छ । मृत्यु हुनेको संख्या भने तीन हजार तीन सय ३९ मा यथावत छ । अहिलेसम्म ७७ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।शनिबार देखिएका ९९ नयाँ संक्रमितमध्ये ९७ संक्रमित बाहिरबाट आएका हुन् । पछिल्लो समय मुलुकमा कोरोना भाइरस नियन्त्रणमा आएसँगै चीनले बाहिरबाट आउने मानिसहरुमा कडाइ गर्न थालेको छ । भाइरस नियन्त्रणमा आएसँगै चीनमा बिस्तारै मानिसहरु काममा फर्किन थालेका छन् ।

शनिबार थप ६३ जना लक्षण नदेखिएको संक्रमित पनि भेटिएका छन् । जसमध्ये १२ जना बाहिरबाट आएका संक्रमित हुन्। अहिले चीनमा मेडिकल निगरानीको क्रममा एक हजार ८६ जना लक्षण नदेखिएका बिरामी छन्।

प्रतिक्रिया