आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनमा फेरि देखिन थाले कोरोना संक्रमिण , देखिँदैन लक्षण

प्रकाशित
2.2K
SHARES

काठमाडौं । चीनमा फेरि कोरोना संक्रमणका घटना बढेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शुक्रबार चीनमा ४६ जना कोरोना संक्रमित फेला परेका छन् भने ३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३४ मा कोरोनाको कुनै लक्षण देखिएको थिएन । त्यहाँ बिहीबार ४२ जनाको कोरोना भेटिएको थियो ।योसँगै चीनमा कोरोना संक्रमितको संख्या करिब ८२ हजार पुग्दा ३ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ ।संक्रमितमध्ये ७७ हजार ५ सय २५ उपचारपछि निको भएका छन् भने १ हजार ८९ को उपचार जारी छ । १ सय ४१ को अवस्था सामान्य छ ।

मेरिका एकैदिन कोरोना भाइरस सङ्क्रमणले २,००० जनाभन्दा बढीको मृत्यु हुने पहिलो देश बनेको छ।जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २,१०८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ।अमेरिकाले छिट्टै कोरोनाभाइरस सङ्क्रमणको कारण सबैभन्दा बढी नागरिक गुमाउने सूचीमा इटलीलाई जित्ने देखिएको छ। तर ह्वाइट हाउसस्थित कोभिड-१९ कार्यदलका विज्ञहरूले भने अमेरिकामा सङ्क्रमण दर स्थिर हुन थालेको बताएका छन्।

डा. डेबोरा बिर्क्स का त्यो राम्रो सङ्केत भएपनि प्रकोप अझै शिखरमा पुगिनसकेको बताइन्। राष्ट्रपति डोनल्ड ट्रम्पले सुरुमा आकलन गरिएको १००,००० भन्दा कम मानिसको मृत्यु हुने बताएका छन्।अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणले १८,६९३ जनाको मृत्यु भएको र ५००,३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये आधाजसो मृत्यु न्यूयोर्कमा भएको छ।

इटलीमा अहिलेसम्म १८,८४९ जनाको मृत्यु भएको र संसारभर कोरोनाभाइरसले १००,००० भन्दा बढी जीवन खोसेको छ।अध्ययनकर्ताहरूले अमेरिकामा शुक्रवार सबैभन्दा धेरैजनाको मृत्यु हुने र त्यसपछि बिस्तारै कम हुँदै जाने बताएका थिए। मे १ सम्मको प्रतिदिन मृत्यु हुनेको सङ्ख्या ९७० जना हुने उनीहरूको अनुमान छ।

त्यसैबिच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हतारमा लकडाउन हटाउनु घातक हुने चेतावनी दिएको छ । यदि लकडाउन हटाइएमा मर्नेहरूको संख्या चाँडै बढ्ने उसले जनाएको छ ।डब्ल्यूएचओ प्रमुख टेड्रोस एडेनम जिब्रियासले जिनेभामा एक पत्रकार सम्मेलन गर्दै भने, ‘

विश्वभरका देशहरूले लकडाउन हटाउनेबारे सतर्क रहनु पर्छ ।’‘हामी लकडाउन घटाउने रणनीतिमा विश्वभरिका सरकारहरूसँग काम गर्दैछौं, तर यो छिट्टै हुनु हुँदैन । हतारमा लकडाउन हटाउँदा विश्वव्यापी रूपमा मृत्युको संख्या बढाउन सक्छ’, उनले भनेका छन् ।विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण एक लाख बढीले ज्यान गुमाइसकेका छन् भने करिब १७ लाख संक्रमित छन् ।

प्रतिक्रिया