आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

१ जनामा पनि काेराेना नदेखिएकाे उत्तर कोरियाले जनतालाई दियाे यस्ताे सन्देश, विश्व नै चकित

प्रकाशित
3.3K
SHARES

काठमाडौँ । विश्व नै प्राणघातक कोरोनासंग जुधिरहेका बेला उत्तर कोरियाले हालसम्म आफ्नो देशमा कोरोना भाइरसका कुनै घटना नरहेको दावी गर्दै आएको छ। कोभिड-१९ को जोखिमलाई लिएर निकै सावधानी र कडाई गरेको उत्तरले पछिल्ला हप्तामा देशभित्रै विभिन्न नियम जारी गरेको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोनाबाट बच्न के गर्नुपर्छ भन्नेबारे नागरिकहरुलाई विभिन्न निर्देशन दिइएको छ।

एन्टिभाइरल लगायतका औषधी चिकित्सकको सल्लाहबिना नखान भनिएको छ। रोग प्रतिरोध क्षमता कमजोर बनाउने भएकाले मानिसहरूलाई रक्सी नपिउन सुझाव दिइएको छ। रोग प्रतिरोधी क्षमता मजबुत गर्ने परम्परागत उपचारको अनुसरण गर्न भनिएको छ। सरकारले मानिसहरूलाई खाना र पेय पदार्थमा अधिक मात्रामा लसुन, प्याज र मह मिसाएर खान आग्रह गरेको छ। साथै अनिवार्य रुपमा मास्क लगाउन पनि सल्लाह दिएको छ।

लसुन लगायतका खानेकुराले रोगप्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले यसको प्रयोगमा जोड दिइएको बताइएको छ। हालसम्म विश्वभर कोरोनाको कुनै औषधी छैन। यस्तो बेला उत्तरले आफ्ना नागरिकलाई कोरोनाको औषधी भन्दै यस्तौ सुझाव दिएको हो। लसुनको सेवन लसुन खाएर कोरोना भाइरसको प्रभावलाई हटाउन सकिने उत्तरको यो सुझाव धेरैलाई अनौठो लागेको छ।

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का अनुसार लसुन राम्रो र स्वस्थ खानेकुरामा पर्छ। यसले धेरै रोगहरूसँग लड्ने क्षमता समेत बढाउँछ। तर,लसुन खानाले कोरोना भाइरसको प्रभावलाई हटाउन सकिन्छ भन्ने कुराको कुनै प्रमाण छैन। लसुन खानाले कसैलाई हानी भने गर्दैन। कोरोना भाइरस लाग्न नदिने भन्दै बढि खाए पक्कै पनि स्वास्थ्यलाई असर गर्न सक्छ।

बाहिरि विश्वबाट अलग रहेको उत्तरले देशमा कुनै कोरोनाका घटना नरहेको दाबी गरेपनि केही विश्लेषकहरु भने उक्त दाबीप्रति सहमत छैनन्। चीनसँग सीमा जोडिएको उत्तरले कोरोनाका घटना यदि लुकाएको हो भने यसले विकराल अवस्था सिर्जना गर्ने विज्ञहरुको तर्क छ। बाँकी विश्व कोरोना महामारी विरुद्ध लडिरहँदा किम जोङ उनद्वारा शाषित उत्तरले भने पछिल्लो महिनामा ४ वटा क्षेप्यास्त्र परिक्षण गरेको छ।

यसैबीच रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राज सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उनीहरुबीच विश्वको तेल बजारको पछिल्लो अवस्थाका बारेमा खुला छलफल भएको रसियाली राष्ट्रपतिको प्रेस सेवाले शुक्रबार जनाएको छ ।

प्रेस सेवाको वक्तव्यमा भनिएको छ, “रसियाली राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति र साउदी राजासँग टेलिफोनमा कुराकानी गर्नु भयो ।” छलफलका क्रममा ओपेक समेतको सहभागितामा मन्त्रीस्तरीय बैठक आयोजना गर्न सहमति पनि भएको छ ।

उनीहरुबीच तेलको मूल्यमा आएको उतारचढाव र यसबाट विश्व अर्थतन्त्रमा सिर्जित नकारात्मक असरलाई कम गर्न तथा विश्वको तेल व्यापारलाई स्थिरता प्रदान गर्न सबै पक्षबीच समान धारणा रहेको पनि प्रेस सेवाले जनाएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिएसँगै विश्व बजारमा तेलको माग घट्नुका साथै तेलको मूल्यमा पनि भारी गिरावट आएको छ । अमेरिकाले मुख्य तेल उत्पादक राष्ट्रहरु रुस र साउदी अरेबियाबीच जारी अस्वस्थ प्रतिस्पर्धाका कारण तेलको मूल्यमा अस्थिरता आएको बताउँदै दुबै देशमाथि उत्पादनमा कटौती गर्न दबाब दिँदै आएको छ ।

यसैबीच, तेल उत्पादक राष्ट्रहरुको समूह (ओपेक) र रसियाबीच आगामी मे र जुन महिनाका लागि प्रतिदिन एक करोड ब्यारेल तेल कटौती गर्न बिहीबार सहमति भएको ओपेकले जनाएको छ ।

अमेरिकी टेलिभिजन सिएनएनका अनुसार जुलाईदेखि डिसेम्बरको अवधिमा ८० लाख ब्यारेल प्रतिदिन तथा सन् २०२१ को जनवरीदेखि स्न २०२२ को अप्रिलसम्म प्रतिदिन ६० लाख ब्यारेल तेल उत्पादनमा कटौती गरिने छ । इरान, लिबिया र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्धहरुका कारण पहिल्यै तेल उत्पादनमा असर परेको भन्दै यी मुलुकको तेल उत्पादनमा कटौती हुने छैन ।

साउदी अरेबियाको अग्रसरतामा भएको ओपेकको बिहीबारको बैठकमा सदस्य मुलुकहरुबीच टेलिकन्फेरेन्स मार्फत बैठक भएको साउदी अरेबियाले जनाएको छ ।

यस्तै कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् ।

अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ । यसअघि नै १ करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन् । यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो ।

जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ । अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्नेछ, र यो अवस्था विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन) को अवस्थापछि पहिलो पटक देखिएको हो ।

मिजौरीको कन्सास शहरकी ५७ वर्षीय शारोन ब्रिजम्यानले दुई साता अघि रोजगारी गुमाएकी थिइन । उनी घरबारविहीन मानिसका लागि सेवा उपलब्ध गराउने एउटा गैरसरकारी संस्थामा कार्यरत थिइन । उनी सरकारले उपलब्ध गराएको बेरोजगारी प्रोत्साहन भत्ताको पर्खाईमा रहेकी छिन् ।

“फेरि काम नपाइने हो कि भन्ने मलाई ठूलै चिन्ता लागेको छ,” उनले भनिन्, “मैले काम गर्ने मानिसहरुको अवस्था अझ कस्तो होला ?” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपछि तर्थतन्त्रमा तुरुन्तै सुधार भइहाल्ने अवस्था छैन भनेर अडकलबाजी गर्नेहरुप्रति तिखो टिप्पणी गर्दै अमेरिकी अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्,“मेरो विचारमा अर्थतन्त्र राम्रैसँग पुनर्जीवित हुनेछ ।” राष्ट्रपति ट्रम्पले बिमान सेवालाई कसरी मद्दत गर्न सकिएला भनेर आफूले अर्थमन्त्री र यातायात मन्त्रीसँग विचारविमर्श गरेको बताउँदै यस क्षेत्रमा सुधार ल्याउन सप्ताहान्तमा एउटा प्रस्ताव अघि बढाउन लागेको जानकारी दिए ।

अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया