आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सामाजिक सञ्जालमा लाइभ आएर यस्ताेसम्म भनेपछि ट्राेल बनिन रीमा विश्वकर्मा, क्यानहरूले के गरे ?

प्रकाशित
3.6K
SHARES

काठमाडौं । माेडल रीमा विश्वकर्मा ट्रोलको शिकार भएकी छिन् । उनले फेसबूक लाइभमा प्रशंसकसँग कुरा गर्दै कालो चिया बनाउन सिकेको बताएपछि उनलाई सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् । कतिपयले भने यसलाई रीमाको हिट हुने काइदाका रुपमा अर्थ्याएका छन् ।

उनले सामाजिक सञ्जालमा लाइभ आएर भनेकी थिइन् – ‘लकडाउनको समयमा बल्ल कालो चिया बनाउन सिकेँ ।’ उनको यो भनाइपछि रीमालाई ट्रोल बनाएका थिए । एक प्रयोगकर्ताले त व्यङ्ग्य गर्दै सोधेका पनि छन् – पानी तताउन पनि सिक्नुभयो कि ?

भिजे हुँदै फिल्म क्षेत्रमा आएकी यी रीमा विश्वकर्माले कालो चिया पकाउन पनि जानेकी थिइनँ भन्दा ट्रोल बनाइएको हो । रीमाले लाइभमा भनेकी थिइन् – ‘मेरो काम नै फरक खालको छ, अब बल्ल पकाउन सिक्दैछु ।’ रीमाले कालो चिया पनि पकाउन नजानेको बताएपछि उनलाई कतिले त चिया पकाउन पनि सिकाएका छन् ।

जे होस्, यो ट्रोलले रीमालाई चर्चामा भने ल्याइदिएको छ । फिल्ममा खासै सफल नभए पनि रीमा होस्टका रुपमा रियालिटी शो मा भने जमेकी छिन् । हालै उनी ‘कमेडी च्याम्पियन’ को होस्ट बनेकी थिइन् ।

नेपाली कलाकारहरु किन तारिफ मात्र खोज्छन् ?
नेपालमा फिल्म राम्रा नबन्दा विदेशी फिल्म झनभन्दा झन हाबी भइरहेका छन् । केही समय हिन्दी फिल्मले पकड जमाएको नेपाली फिल्म बजारमा आजभोलि हलिउड पनि हाबी भएको छ ।

नेटफिल्मका सिरिज हेर्ने दर्शक ह्वात्तै बढेका छन् । नेपालमा भने दर्शकलाई नै नेपाली फिल्म सिफारिस गर्न हम्मे पर्ने गरी फिल्म निर्माण भइरहेका छन् । नेपाली फिल्ममेकरले राम्रा फिल्म नबनाएको भन्दै दर्शकले नै गाली गर्ने गरेका छन् । दर्शकले नै फिल्म इग्नोर गर्न थालेपछि फिल्म बनाउनु र नबनाउनुमा के फरक पर्ला र !

अझै पनि एक वर्गले ‘छक्का पञ्जा’ जस्ता फिल्महरु मन पराइरहेको छ । केही फिल्म हिट पनि भएका छन् । युवास्टार भनेर कहलिएका अनमोल केसी, प्रदीप खड्का लगायतका फिल्मले पनि हावा खाएका छन् । नेपाली फिल्ममेकरले अझै स्तरीय फिल्म बनाउनुपर्ने जोखिम छ तर मेकर भने राम्रा फिल्म बनाउनभन्दा पनि गाली गर्नेको मुख थुन्नतर्फ लाग्छन् ।

त्यसो त नेपालमा समीक्षा गरेकै भरमा पनि धम्की आउने गरेका उदाहरण छन् । कसैले फिल्म राम्रो भएन भन्यो भने शूटिङमा यति दुःख पाएको, यस्तो भएको भन्दै फिल्मको बचाउ गर्न निर्माता निर्देशक तर्सिन्छन् । केही समयअघि निकै नै अत्यासलाग्दो फिल्म निर्देशन गरेका मिलन चाम्सले यो फिल्मको विरोध गर्दा एक जनालाई हिरासतमा नै पुर्‍याएका थिए ।

फिल्ममेकर राम्रा फिल्म बनाउन पनि नखोज्ने र फिल्म नराम्रो भयो भन्दा पनि सहन नसक्ने प्रवृत्ति हाबी भएको छ । हालै हलमा रिलिज भएको फिल्म ‘अनुराग’ की नायिका एलिजा गौतमले एक पेजले फिल्मलाई गाली गरेको भन्दै सामाजिक सञ्जालमा लामो टिप्पणी दिएकी छिन् ।

उनले स्टाटसमा सानो बच्चा हुँदाहुँदै फिल्म खेलेको, मेहनत गरेको तर पहिलो फिल्ममा नै गाली गरेको भन्दै गुनासो गरेकी छिन् । कलाकारले सामान्य गालीलाई नै पचाउन सक्दैनन् भने भोलि अहिले बन्दै आइरहेका भन्दा राम्रा फिल्म कसरी बनाउँछन् ? ‘कसैले फिल्म राम्रो छैन भनिदियो भने ‘एक्सन’ लिने कि त्यसलाई फिल्म मेकिङ सुधार्ने हो?,’ दर्शकले प्रश्न गर्न थालेका छन् ।

कोरोनाविरुद्धको सहयोगमा करिश्माको आक्रोशपूर्ण धारणा कति जायज ?
अभिनेत्री करिष्मा मानन्धरले नेपाली फिल्ममा काम नगरेको लामो समय भइसकेको छ । केही वर्षयता उनी आफ्नो अपूरो पढाइ पूरा गर्ने धाउन्नमा छिन् ।

राजनीतिमा समेत लागेकी करिश्मा आजभोलि भने कुनै पार्टीसँग आवद्ध छैनिन् । नयाँ शक्ति पार्टीबाट राजनीति गरेकी मानन्धरले नयाँ शक्ति र संघीय समाजवादी फोरमका बीचमा पार्टी एकतापछि राजनीति छोडेकी थिइन् ।

यतिबेला नेपालमा लकडाउन भइरहेका बेला करिष्मा घरमै समय बिताइरहेकी छिन् । कोरोना भाइरसको सन्त्रासका कारण यस वर्ष होलीको कार्यक्रम पनि करिष्माले गरिनन् । जबकि, करिष्माले हरेक वर्ष होलीमा आफन्त र कलाकारलाई बोलाएर घरमै होली मनाउने गर्छिन् ।

कोरोनाको लडाइँका लागि भन्दै सरकारले खडा गरेको कोषमा केही कलाकारले सहयोग रकम दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा कलाकारले सहयोग नदिएको भन्दै टिप्पणी र मिडियामा समाचार बन्न थालेपछि करिष्माले एक स्टाटस लेख्दै सहयोग गर्ने काम सरकारको भएको बताइन् ।

‘के सेलिब्रेटीले सबै समस्या समाधान गर्नुपर्ने? अनि के काम सरकारको ? किन भोट गरेको हामीले ? के हामी धुर्मुस, सुन्तली हौं कि रवि लामिछाने ? जानुस् तपाईंहरूको भगवानलाई खोज्नुस्, तर घर बस्नुस्,’ करिष्माले लेखेकी थिइन् ।

करिष्माको यो स्टाटसमा नायिका रेखा थापाले पनि सहमति जनाइन् । उनको भनाइ थियो, ‘अरुले यति दिए उति दिएनन् भन्नुभन्दा सक्नेले दिऔं, नसक्नेले मागौं ।’ यता करिष्माले यो स्टाटस सामाजिक सञ्जालबाट हटाइसकेकी छिन् ।

उनले कुरा बुझाउन चाहेको भन्दै अर्को स्टाटस लेखेकी छिन्, ‘एउटा कुरा स्पष्ठ पार्न चाहेँ, केही समाचार माध्यमले मेरो अस्तिको एउटा स्टाटस लाइ अपुरो र अलि नकारात्मक शैलीबाट प्रचार गरेको रहेछ । उक्त स्टाटसमा सेलिब्रेटीले किन सहयोग गर्दैनन् भन्ने बिभिन्न समाचार को खण्ड्न गरेर लेखेकी थिएँ । जसमा जनताले विश्वास गरेका राष्ट्रिय हिरोहरु त यो समयमा लाचार छन , अरुले के गर्न सक्छौँ ! यो समय सबैलाइ घर बस्न सुझाव दिएकी थिएँ !!’

करिष्माको टिप्पणीलाई लिएर कतिपयले ठीकै भनेको भने पनि कतिले भने यस्तो समयमा असान्दर्भिक तर्क गरेको भन्दै विरोध गरेका थिए । केही सञ्चार माध्यममा कलाकारले यस्तो बेलामा किन सहयोग गरेका छैनन् भन्ने समाचार आएपछि करिष्माले उक्त स्टाटस लेखेकी थिइन् ।

त्यसो त नेपालमा कलाकारसँग कमाइको स्रोत पर्याप्त छैन । अन्य देशका कलाकारले करोडौं सहयोग गरे पनि नेपालमा कलाकारलाई सहयोग गर्न त परको कुरा लकडाउनका बेला गुजारा चलाउन पनि सोच्नुपर्ने अवस्था छ । जबरजस्ती कलाकारलाई सहयोग गर्न लगाउने कुरा कतिपय कलाकारलाई चित्त बुझेको छैन ।

करिष्माले पनि यही कुरामा असहमति जनाउँदै उक्त स्टाटस लेखेको बताएकी छिन् । उनी भन्छिन्, ‘कलाकार स्ंस्कृति को संवाहक हो । उसले गरेको हरेक कृयाकलाप र बोलेका शब्दहरुले नकारात्मक र सकारात्मक संदेशहरु दिइरहेको हुन्छ । यो अवस्था भ्रम फैलाउने अवस्था होइन । अहिले हामि ‘लक डाउन’ को अवस्थामा छौं, तेहि नियमको पालना गरौं । म आफ्नो तर्फबाट सरकार मार्फत आफुले सक्दो सहयोग गर्न सदैव तत्पर छु ।’

प्रतिक्रिया