आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जब सशस्त्रका यी एसपीले सडकमा निस्केर एकाएक पछुताउनपर्ला है भन्दै गीत गाए, त्यसपछि स्थानीयले यसाे गरे

प्रकाशित
1.2K
SHARES

रौतहट । लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरन्ञन गराउन र कोभिड १९ महामारीबारे जनचेतना फैलाउन रौतहटमा स्थानीय प्रशासनले नौलो कामको शुरुवात गरेको छ ।

बिहीबार साँझ गौर बजारको मुख्य सडकमा साउण्ड सिस्टम जोडेर सशस्त्र प्रहरी बल रौतहटका एसपी रविनराज कर्णजित गीत गाउन थाले । एसपी कर्णजितले ‘पछताउनु पर्ला हैं, कोरोना भाइरसले’ बोलको गीत गाउन शुरु गर्दा स्थानीयले घरको छतबाट हेरेर ताली बजाए । कोरोना भाइरसको लक्षण र त्यसबाट जोगिन अपनाउनुपर्ने उपाय समेटिएको सो गीत प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले लेखेका थिए ।

प्रमुख जिल्ला अधिकारी, गौर नगरपालिकाका मेयर, नेपाल तथा सशस्त्र प्रहरी बलका उपरिक्षक तथा नेपाली सेनाको कर्णेल उपस्थितिमा सडकमै साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको थियो । नेपाल प्रहरीले समेत विविध नाटक तथा गीत मार्फत स्थानीयलाई कोरोनाको बारेमा सचेत गराएका थिए । भिडभाड हुन नदिएर स्थानीयले आफ्नै घरको छत र ढोका बाहिरबाट कार्यक्रमको आनन्द लिएका थिए ।

कडाउनका कारण घरमै बस्नुपरेका स्थानीयलाई गीत सङ्गीतका माध्यमबाट जनचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रमको शुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । यो सांगीतिक कार्यक्रमलाई चरणबद्ध रुपमा जिल्लाका विभिन्न स्थानमा सुरक्षाकर्मीहरुले सञ्चालन गर्ने उनले बताएकाे अनलाइखबरले समाचार लेखेकाे छ ।

यसैबीच लकडाउनको समयमा मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जनालाई जिल्ला प्रशासन कार्यालयले सजाय सुनाएको छ । लकडाउनको समयमा मेला सञ्चालन गरेको भन्दै प्रशासनले छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाएको हो ।

मुलुकी संहिताको एक बर्ष भन्दा कम कैद सजाय सुनाएका ब्यक्तिले प्रतिदिन तीन सय रुपैयाँ जरिवाना तिरेमा कैद भुक्तान नगर्नुपर्ने व्यवस्थाअनुसार उनीहरुसँग जनही ९ हजार एक सय जरिवाना तिराएर छाडिएको प्रजिअ उमेश पाण्डेले बताए ।

यस्तै गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का अध्यक्ष लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा संग्लग्नता कम देखिएको भन्दै ७ दिन बराबरको कैद र एक सय जरिवाना गराइएको थियो । उनीहरुले २ हजार २ सय जरिवाना तिरेर छुटेका छन् ।

उनीहरुसंगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी नृपप्रसाद जोशी र उनका दुईजना सहयोगी फुलपाते पण्डित डम्बरबहादुर धामी, पुजारी जयकृष्ण जोशी र स्थानीय रजबार ईन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा भूमिका नदेखिएको भन्दै एक सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । लकडाउनको समयमा चैत २४ गते बझाङमा बान्नीकी चैतली मेला सञ्चालन गरिएको थियो ।

सरकारको निर्णयविरुद्ध मेला सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका जनप्रतिनिधिले भने मेला सञ्चालन नगर्ने निर्णय भए पनि स्थानीय बासिन्दाले स्वतस्फुर्त रुपमा मेलास्थलमा पुगेर मेला भरेको प्रहरीसमक्ष बयान दिएका थिए ।

प्रतिक्रिया