आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ट्रम्पको यस्ताे दावीले विश्वभर तरंग, के काेराेनाकाे औषधी पत्ता लागेकाे हाे त ? भयाे यस्ताे खुलासा

प्रकाशित
1.8K
SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि पत्ता लागेको बताएका छन् । ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि पत्ता लगाइएको अति उपयुक्त औषधि फाइजर कम्पनीले उत्पादन गरिरहेको समेत जानकारी दिएका छन् ।

उक्त औषधि फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको उनले जानकारी दिए । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध लड्ने २० प्रकारका खोप विकास हुँदै गरेको जानकारी दिइरहँदा अमेरिकी राष्ट्रपति ट्रम्मपले औषधि नै पत्ता लागेको दावी गरेका हुन् ।

ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन पनि प्रभावकारी हुने दावी गर्दै आएका छन् । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ७ हजार २३४ छ ।

योसँगै कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३ हजार ४२८ पुगेको छ । संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारपछि घर फर्किएका छन् । अहिले ११ लाख ५१ हजार २७४ जना कोरोना भाइरसको उपचारका लागि अस्पताल तथा आइसोलेसनमा छन् । उपचाररतमध्ये ४९ हजार १२५ जनाको अवस्था चिन्ताजनक छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण अहिले चीनमा धेरै नियन्त्रणमा आएको छ । हिजो र अस्ति नयाँ संक्रमण नदेखिएको चीनमा आज दुई जनाको मृत्यु भएको छ । ६३ जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा अहिले १ हजार १६० जनामात्र अस्पतालमा उपचाररत छन् । ती मध्ये १८६ जनाको अवस्था चिन्ताजनक छ । अरु सामान्य छन् ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा आजमात्रै ३३ हजार ५३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ९ सय जनाले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६९१ पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४४७ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार २२२ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ५२ हजार १६५ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ६१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेको छ ।

एकै दिन ४ हजार ७९९जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७ सयभन्दा बढी पुगेको छ । फ्रान्समा संक्रमितमध्ये २३ हजार २०६ जना उपचारपछि निको भएका छन् । ७ हजार ६६ जनाको अवस्था गम्भीर रहेको छ भने ८२ हजार ३३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया