आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली सरकारविरुद्ध खनियो सामाजिक सञ्जाल, हेर्नुहोस कसले के भने ?

प्रकाशित
698
SHARES

काठमाडाै‌ । बिहीबार दिउँसो विभिन्न सञ्चारमाध्यममा एउटा समाचार आयो- सरकारले लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ । उक्त निर्णय बाहिरएकाे ढेड घण्टा नबित्दै एकाएक अर्को समाचार बाहिरियो – भोलि र पर्सी उपत्यकाबाट बाहिर पठाउने कुनै निर्णय भएको छैन ।

सरकारले काठमाडाैंबाट बाहिर जान चाहनेलाई पठाउने र त्यसबारेमा थप निर्णय गर्न छलफल जारी रहेको समाचार सबै मुलधारका अनलाइन मिडियाले प्रकाशित गरिसकेको अवस्थामा एकाएक फेरी नपठाउने निर्णय आएलगत्तै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा खैलाबैला मच्चियो ।

देशमा कोरोना भाइरसको त्रास छाएका बेला सरकारले जनता झुक्याउने कार्य गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आक्रोश पोखेका छन् । विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोनाको जोखिमलाइ मध्यनजर गर्दै सरकारले गरेको लकडाउनले विशेष गरी ज्याला गरि छाक टार्ने तथा सानोतिनो रोजगारीको भरमा राजधानी काठमाडौँमा गुजारा चलाउदै आएकाहरुलाई मध्यनजर गर्दै गरेको उक्त निर्णय डेढ घण्टा नबित्दै उल्टिएपछि सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको हो ।

ओली सरकारले गरेको लापरवाही यतिसम्म देखियो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आधिकारिक फेसबुक पेजमा उच्चस्तरीय समितिले अलपत्र परेका नागरिकलाई काठमाडौं बाहिर जानदिने निर्णय गरेको उल्लेख गरिएको थियो। पछि उक्त निर्णय एकाएक फिर्ता भएको अपडेट गरिएको छ। प्रधानमन्त्री कार्यालयले काठमाडौंबाट बाहिर मानिस पठाउने निर्णयलाई स्थानीय तथा प्रदेशस्तरका सरकारहरूले मान्यता नदिएको उल्लेख गरेको छ।

हुन् त सरकारले उल्टाएको यो पहिलो निर्णय भने होइन । यसअघि पनि ओली सरकारले एसईई परिक्षाको बेलामा परीक्षार्थीहरु परिक्षा सेन्टरमा पुगिसकेपछि एसईई परिक्षा सुरु हुनुभन्दा १२ घण्टा अगाडी मात्रै परिक्षा स्थगित गरेको थियो। त्यसबखत पनिओली सरकारले गरेको उक्त निर्णयको चौतर्फी विरोध भएको थियो ।

सरकारको यस्तो अपरिपक्क्व निर्णयले हिमाली तथा पहाडी जिल्लामा घर छोडेर परिक्षा केन्द्र पुगेका परीक्षार्थीहरु निक्कै मर्कामा पर्ने भन्दै त्यतिबेला पनि ओली सरकारविरुद्ध सामाजिक सन्जाल खनिएको थियो । यस प्रकारका सरकारी निर्णयहरुप्रति केछ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाइ ? हेर्नुहोस केहि फेसबुक स्क्रिनसर्टहरु :

प्रतिक्रिया