आज : गते

ताजा शिर्षकहरु

काेराेनाका बिरामी राखिएकाे टेकु अस्पतालबाट आयो यस्तो खबर, समाजिक सञ्जालमा व्यापक आलोचना

प्रकाशित
6K
SHARES

काठमाडाैं । दुई जना कोरोना संक्रमितको उपचार भइरहेको टेकु अस्पतालमा आइसियूको अभाव भएकाे खबर बाहिरिएकाे छ । अहिले त्यहाँ तीनटा आइसियू र दुइटा भेन्टिलेटर छन्। काेराेनाका वविरामी जाँचिरहेकाे अस्पतालमा तीनटा मात्रै आइसियू र दुइटा मात्रै भेन्टिलेटर हुनु केपी ओली सरकारका लागि आफैमा लज्जाको बिषय हो । हरेक ठुला खरिद प्रकरणमा कमिसन कसरि खाने भनेर तानावाना बुनिरहने ओली सरकारका मन्त्रीहरुलाई यस्ता बिषयप्रति कुनै चासो छैन ।

टेकु अस्पताललाई कोरोना विशेष अस्पताल तोकेियाे तर त्यहाँ आइसियू थपिएन। अहिले चौतर्फी आलोचना र बिरोध भएपछि सरकारले अस्पतालमा आइसियू बेड विस्तार गर्ने काम अगाडि बढाएको छ। अस्पतालमा २० वटा आइसियू बेड तयार पार्ने जनाएको थियो। अहिलेसम्म पनि आइसियू र दुइटा भेन्टिलेटर नभएउकाे खबरले सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले विराेध समेत गरेका छन् ।

अस्पतालका निर्देशक सागर राजभण्डारीले आइतबारसम्म आइसियू बेड राख्नेगरी काम भइरहेकाे बताए ।अस्पतालमा आइसियू हेर्ने चिकित्सकको पनि अभाव रहेको भन्दै उनले मन्त्रालयसँग थप पाँच जना त्यस्ता चिकित्सक माग गरेको बताए। उनले आइसियूमा काम गर्ने चिकित्सक वीर अस्पतालबाट आउनसक्ने जनाए।

अहिले अस्पतालमा आइसियूमा काम गर्ने एकजना मात्र चिकित्सक छन्। उनले अस्पताललाई हाललाई पुग्ने जनशक्ति पर्याप्त रहे पनि बिरामी थपिएपछि अहिलेको जनशक्तिले नधान्ने बताए।अहिले अस्पतालमा रहेका खाली कोठाहरूमा आइसियू बेड राख्नलाई काम भइरहेको छ। बेडहरू पनि आइपुगेको छ।

नेपालमा कोरोना संक्रमित भएका ८ जना उपचाररत संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म एक सय जना नेपाली आईसोलेसनमा राखिएको र ९ हजार २ सय २८ जना क्वारेन्टाईनरमा रहेको जानकारी दिँदै यसअघि पटकपटक गरी पुष्टि भएका ८ जना संक्रमितको अवस्था सामान्य रहेको बताईएको हो ।

कोरोना परीक्षणका लागि ४ सय ५० जनाको नमूना संकलन गर्ने र हरेक जिल्लाको क्वारेन्टाइमा रहेका व्यक्तिहरुको नमूना संकलन गरिने प्रवक्ता डा देवकोटाले बताए । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १७ सय ९६ वटा कोरोना आशंका गरिएका व्यक्तिको कोरोना परीक्षण भएको छ ।

ती मध्ये ९ जनामा कोरोना पोजेटिभ देखिएको र एक जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभ भएर विभिन्न अस्पतालमा उपचारत बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य भएको प्रवक्ता देवकोटाले बताए ।

‘आज कोरोनाको नयाँ केस छैन,’ प्रवक्ता डा देवकोटाले भने, ‘संक्रमित ८ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ यस्तै कोरोनाको आशंकामा आज मात्र देशभर एक सय जना रहेको डा देवकोटाले बताए । काठमाडौं उपत्याकामा १६ जना र उपत्यका बाहिर ८४ गरी कूल १०० जना व्यक्ति आइसोलेसनमा रहेका पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।

यस्तै विभिन्न देशबाट नेपाल चैत महिनामा प्रवेश गरेको ९ हजार २ सय २८ जना देशभर क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकाटाको भनाइ छ । यस्तै स्वास्थ्य मन्त्रालयले संक्रमित व्यक्तिसँगै सम्पर्कमा रहेका र एउटै विमानमा आएका व्यक्तिहरुलाई सम्पर्क गर्ने काम ९० प्रतिशत पूरा भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको मोवाइल एप्स मार्फत २४ घण्टामा १ हजार ८ सय ५१ जनाले आफ्नो लक्षणबारे जानकारी गराएका छन् । ती मध्ये स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण हुनसक्ने उच्च जोखिम रेड जोनमा १७ जनालाई राखेको छ । उक्त एप्स मार्फत हालसम्म ११ हजार २ सय ३९ जनाले आफ्नो लक्षणबारे जानकारी दिएका छन् । ती मध्ये हालसम्म १ सय ७२ जनालाई स्वास्थ्य मन्त्रालयले रेड जोनमा राखेको छ ।

कसरी फेरियो काठमाडौंबाट भोलि र पर्सि बाहिर जान दिने निर्णय?
बिहीबार दिउँसो विभिन्न सञ्चारमाध्यममा समाचार आयो- सरकारले लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको केही मन्त्रीहरूको अनौपचारिक बैठकले उक्त निर्णय गरेको र त्यसको प्रक्रिया गृह मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेर टुंगो लगाउने जानकारी पोखरेलको सचिवालयले नै दिएको थियो।

सोहीअनुसार बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेको नेतृत्वमा सरोकारवालाबीच मन्त्रालयमा बैठक बस्यो। गृह प्रवक्ता केदारनाथ शर्माले दिउँसो सेतोपाटीसँग कुरा गर्दै भनेका थिए- कसरी पठाउने भन्ने छलफल भइरहेको छ। साँझ पाँच बजेपछि थाहा हुन्छ।

उक्त बैठकमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहभागी थिए। उक्त बैठकमा गृह सचिव न्यौपानेले यातायात व्यवसायीलाई हामीले काठमाडौंबाहिर मानिसहरू लैजाँदैछौं तपाईंहरूले गाडी उपलब्ध गराइदिनु पर्‍यो भनेका थिए।

‘हामीले हुन्छ निर्णय भयो भने भन्नुस् भन्यौ तर उहाँहरूले भोलि नै गाडी पठाउने भन्नुभएन,’ बैठकमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने। बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले काठमाडौंमा अलपत्र परेका श्रमिक, अस्पतालमा उपचार गर्न आएका बिरामी र उनीहरूका कुरूवालाई काठमाडौंबाट कसरी पठाउन सकिन्छ भन्नेबारे छलफल भएको बताए।

‘उनीहरूलाई पठाउनेबारे छलफल भएको हो तर निर्णय केही भएन,’ उनले भने,‘उपस्थित सबैले आफ्नो कुरा राख्नुभयो। पठाउने/नपठाउने निर्णय त अब उच्चस्तरीय समितिले गर्ला।’ सरकारको अलमल कतिसम्म देखियो भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आधिकारिक फेसबुक पेजमा उच्चस्तरीय समितिले अलपत्र परेका नागरिकलाई काठमाडौं बाहिर जान दिने निर्णय गरेको लेखेको थियो।

पछि उक्त निर्णय फिर्ता भएको अपडेट गरिएको छ। प्रधानमन्त्री कार्यालयले काठमाडौंबाट बाहिर मानिस पठाउने निर्णयलाई स्थानीय तथा प्रदेशस्तरका सरकारहरूले मान्यता नदिएको उल्लेख गरेको छ। काठमाडौंबाट बाहिर पठाउने समाचार सार्वजनिक भएपछि विभिन्न स्थानीय तहहरूले आलोचना गरेका थिए। सरकारले केही दिनअघि मात्रै एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको थियो।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले त सामाजिक सञ्जालमै त्यस्तो निर्णय भएको भए लक डाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए। अन्तत: बिहीबार साँझ उपप्रधानमन्त्री पोखरेलले नै काठमाडौंबाट मान्छे बाहिर पठाउने निर्णय नभएको बताए।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- भोलि र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक सञ्चारमाध्यमहरू खासगरी सामाजिक सञ्जालहरूमा आइरहेको सन्दर्भमा ‘नोवेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को गम्भीर ध्यानाकर्षण भएकोछ।

यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनु पर्ने आवश्यकतालाई गम्भीरताका साथ महशुस गरी ‘बन्दाबन्दी’ (लक डाउन) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं।

यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ। यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ!? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु।

प्रतिक्रिया