आज : गते

ताजा शिर्षकहरु

नियमित तातो पानी पिउनुका यस्ता छन् फाइदा

प्रकाशित
2.2K
SHARES

काठमाडौँ।  आजकल धेरै मानिस कम मात्रामा पानी पिउने गर्दछन् । एक त पानीको मात्रा कम त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा बिभिन्न प्रकारको समस्याहरु देखापर्दछ ।अझ मौसमको परीवर्तन भएसंग कतिपयले चिसो पेय पिउन थालेका छन् । तर चिकित्सकका अनुसार चिसो भन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन्  तातो पानीले शरीरको शुद्धिकरण गर्दछ । उमालेको पानी आफैमा शुद्ध हुने भएकाले यसले शरीर शुद्धिकरणमा सघाउ पुर्याउँछ । पाचन प्रणालीमा गडबडी हुनेहरुले दैनिक दुइ पटक तातो पानी पिउनाले पाचन प्रणालीमा स्वस्थ्य पार्नुका साथै नियमित गर्दछ । बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, यसले पूरै रगत सफा पार्न मद्दत गर्छ ।कब्जियतबाट छुटकारा पाउन दिनहुँ बिहान तातो पानी पिउनु लाभदायक हुन्छ ।

बिहान वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिएमा मोटोपना नियन्त्रण हुने गर्दछ । घाँटी दुखे वा टन्सिल भएमा तातो पानीमा नुन मिसाएर पिउँदा राहत पुग्दछ । तातो पानीको सेवन गर्दा शरीरमा तापक्रम बढ्न गई पसिना निस्कन्छ । पसिना निस्कदा शरीरमा बढि भएको नुन बाहिर निकाल्नुका साथै रगतको शुद्धिकरणमा सहयोग पूर्याउँछ ।महिनावारीका समयमा पेट दुख्ने समस्या कम गर्न तातोपानी उपयोगी हुन्छ ।टाउको वा पेट दुखेको बेला तातो पानी पिउँदा राहत पुग्दछ ।तातो पानीमा कागती र मह मिसाएर सेवन गर्नु उपयोगी हुन्छ ।

त्येसैबिच बाहिर पुटुल्क निस्केको पेट घटाउन कसलाई मन नहोला र ? तर कामको ब्यस्तता तथा अनेकौं उल्झनले बढेको पेट घटाउने चाहना पुरा हुन पाउदैन । अझै बाहिरको खानपानले आफूलाई फिट राख्न नसक्नेका लागि यो सुनौलो मौका हो । अहिले लकडाउनको बेला मौका छोपेर तपाईले आफ्नो वजन घटाउने चाहना पुरा गर्न सक्नुहुन्छ ।

लकडाउनको बेला घरभित्र रहदाँ बढेको पेट घटाउने सबैभन्दा उत्तम उपाय हो । लकडाउन वजन घटाउने चाहना राख्नेहरुका लागी सुनौलो मौका हो । यस मौकामा घरभित्रै तपाई निम्न अभ्यासबाट पेट घटाउन सक्नुहुनेछ ।  प्लैन्क
मानिसको शरीरमा सबैभन्दा बढि फ्याट पेटमा जम्मा भएको हुन्छ । यसप्रकारको फ्याट र बाहिर निस्केको पेट घटाउन प्लैन्क एक्सरसाइज सबैभन्दा उत्तम हुन्छ ।

रेगुलर क्रन्चेज -रेगुलर क्रन्चेज क्यालोरी बर्न गर्न सबैभन्दा उत्तम एक्सरसाइज मानिन्छ । यो क्रन्चेजको पोजिसनमा शरीरका कैयौं मांसपेशि एक साथ एक्टिभ हुने भएकाले फ्याट कम गराउन मद्दत गर्दछ ।  बाइसाइकल क्रन्चेज -ससर्ती हेर्दा बाइसाइकल क्रन्चेज सजिलो देखिए पनि गर्नमा भने यो निकै ग्राहो हुन्छ । यो एक्सरसाइज गर्दा शरीरमा निकै बल पुग्छ । जसले पेट र थाईमा जम्मा भएको बोसो कम गराउँछ ।

क्रन्च ट्विस्ट -क्रन्च ट्विस्ट एक्सरसाइज गर्दा पेटको साइडमा जम्मा भएको फ्याट कम हुन्छ । स्वास्थ्य विज्ञका अनुसार दैनिक तीन पटक भन्दा बढि क्रन्च ट्विस्ट गरेमा पेटको साइडमा भएको फ्याट कम हुन्छ । भर्टिकल लेग क्रन्च भर्टिकल लेग क्रन्च एक्सरसाइज गर्दा शरीरलाई ब्यालेन्स गराउँदै खुट्टा उठाइन्छ । दैनिक १० पटक यो एक्सरसाइज गरेमा पेटमा जम्मा भएको बोसो छिटोभन्दा छिटो घट्दछ ।लकडाउनका दौरानमा शरीरमा भएको मोटोपना वा बोसो कम गर्न एक्सरसाइजका साथसाथै केहि डाइटहरुमा पनि ध्यान दिनुपर्दछ । यस अलावा आफ्नो जीवनशैलीमा समेत परिवर्तन गर्नुपर्दछ ।

प्रतिक्रिया