आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड-बादलकाे नाममा आ’त्मह’त्या गर्छु भन्दै भारतमा अलपत्र नेपालीले फेसबुकमा लेखे यस्ताे स्टाटस

प्रकाशित
3.6K
SHARES

काठमाडाैं । विश्वभर महाारीकाे रूपमा फैलिएकाे काेभीड-१९ अर्थात काेराेना भाइरसका कारण अहिले नेपाल र छिमेकी देश भारत लकडाउन अवस्थामा छन् । भारतमा काेराेना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले सिमानाका पनि बन्द गरेकाे छ ।

जसकारण विभिन्न काम तथा मजदुरी गर्न भारतमा रहेका हजाराैं नेपालीलले नेपाल फर्कन पाएका छैनन् । भारतमा रहेका कतिपय नेपालीहरू सिमानामा अलपत्र परेका छन् भने कयाैं नेपालीहरू बाटाेमै अलपत्र दुख पाएर बसेका छन् ।

यसैबीच लकडाउनपछि भारतकाे गुजरातमा रहेका एक नेपालीले सामाजिक सञ्जाल फेसबुकमा आफु ४ दिनदेखि अलपत्र परेकाे भन्दै अब आत्महत्याकाे विकल्प राज्न लागेकाे बताएका छन् । नेपालकाे प्युठान घर भइ भारतकाे गुजरातमा रहेका गिरबहादुर केसीले चारदिनदेखि राेडमा अलपत्र परेर पानी समेत पिउन नपाएकाे पिडा फेसबुकमा पाेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् – ”प्रचण्ड, बादल, जनार्दन जी म आज राेडमा छु ४ दिन भयाे अलपत्र परेकाे। तिमी ३ जनाकाे नाम लिएर आ’त्मह’त्या गर्न विवस भए । अब हुने क्रान्तिमा मलाई नसम्झिनुहाेस है ।” ८ घण्टाअगाडि पाेस्ट भएकाे उनकाे स्टाटसमा थुप्रै कमेन्ट आएका छन् । उद्दार गरिदिन भन्दै उनका साथीहरूले सबैलालाई अनुराेध गरेका छन् ।

केसीले काम गर्ने ठाँउ नै बन्दभएछि उनलाई मालिकले घर जाउ भन्दै निकलेकाे र लकडाउनका कारण घर पनि आउन नसकेपछि विछिप्त भएर फेसबुकमा यस्ताे स्टाटस लेखेकाे हुनुसक्ने भारतमै रहेका नेपालीहरूले सञ्चारकेन्द्रलाई बताए । लकडाउनका बेला भारतबाट नेपाल आउन चाहाने नेपाली नागरिकलाई समेत सिमानामै राेकेर राखेकाे छ । जसकारण उनीहरूले नेपाल सरकारसँग आक्राेश पाेखिरहेका छन् ।

यस्ताे भारतकाे विभिन्न ठाँउबाट हिडे झुलाघाट नाकामा पुगेपछि पिथौरागढ जिल्ला प्रशासनले सार्वजनिक ठाउँ, वन विभागको कार्यालय र विद्यालयमा क्वारेन्टाइनमा राखेका नेपालीहरूले पानी समेत खान नपाएकाे दुखेसाे पाेखेका छन् ।

‘सुरक्षित राख्छौं भनेर सबैलाई राखेको हो । तर, हामीले तिर्खा मेटिने गरी पानीसम्म खान पाएका छैनौं । ३० जनाभन्दा धेरैलाई एकै ठाउमा राखिएको छ,’ पुरचौडी नगरपालिका–८, मल्लादेहीका दीपकसिंह धामीले भने, ‘चामल र दालमात्र दिएको छ । आफैं पकाएर खानुपर्छ तर पानी, दाउरा केही पनि छैन । नजिक धारा छुन र बारीमा दाउरा लिन जान पनि पाउँदैनौं । रोग लिएर आएका छौ भनेर गाली गर्छन् ।’

झुलाघाट नाकामा दीपकजस्तै झन्डै साढे तीन सय नेपाली अलपत्र छन् । जसमा महिला र बालबालिकासमेत छन् । बीच बाटोमा पनि धेरै नेपाली बसिरहेको दीपक बताउँछन् । लकडाउनपछि यस क्षेत्रका धेरै जना कैलाली र कञ्चनपुरका सिमानाका भएर नेपाल भित्रिए । भारत गएका कतिपय भने घर पायक पर्ने भन्दै झुलाघाट नाकामा जम्मा भएका थिए । ‘नयाँ वर्षको चाड बिसुसम्म फर्कने भनेर काम गर्न भारत गएको थिएँ,’ दीपकले भने, ‘घरनजिकै पुगेर अलपत्र परियो ।’ उनी दुई महिना अघिमात्रै रोजगारीका लागि अल्मोडा गएका थिए ।

सीमापारि नै क्वारेन्टाइनमा राखिएका पुर्चौडी नगरपालिका–८ का वीरेन्द्र पाठकले ६ वटा थालमा ३० जनाले पालो कुरेर भात खाने गरेको सुनाए । ‘सरकारमा बसेकाहरुले हामी पनि नेपाली हौं भन्ने किन बिर्सिए ?,’ उनले आक्रोश पोखे, ‘हामी भोट हालेर आएका थियौं । तर, अहिले यो अवस्था आएको छ । आजसम्म नेपालका कसैले पनि खोजखबर गरेको छैन । सांसद, मन्त्रीलाई फोन गरे पनि सबै उठाउँदैनन् । उठाएकाले माथि कुरा भइरहेको छ मात्र भन्छन् ।’

भात पकाउन एउटा मात्र भाँडो दिइएको र आलोपालो गरी पकाएर खाने गरेको उनले दुखेसो पोखे । पेट भर्न नभई ज्यान जोगाउनलाई मात्र दाल, चामल दिएको भारतीयहरुले भन्दै आएको उनले सुनाए । ‘काम गर्ने अफिस बन्द हुँदा खर्च पनि ल्याउन पाइएन,’ दीपकले भने, ‘अहिले आफ्नैले हामीलाई देश छिर्न दिएका छैनन् । यताकाहरुले केही गरेनन् भनेर कति भन्नु ? हाम्रो त यहाँ बिजोग छ । ओड्ने, ओछ्याउने कपडा पनि छैन । उताबाट ल्याएका तन्ना, सिरकका खोलहरु बिछ्याएर भुइँमा रात बिताइरहेका छौं । कसैसँग यति पनि छैन ।’

कोरोनाभन्दा आफूहरु खान नपाएर र भीडमा बस्दा अरुनै रोग लाग्ने खतरा बढेको उनीहरुले चिन्ता जनाए । ‘हामी कसैलाई पनि नछोएर १४ दिन होइन २६ महिना क्वारेन्टाइमा बस्ने थियौं, नेपाल मात्र जान पाएको भए । यताको अपहेलना र दु:ख सहनुभन्दा भोकै भए पनि आफ्नै घरमा मर्ने रहर छ,’ दीपकले याचना गरे ।

प्रतिक्रिया