आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साउदीमा कोरोना सङ्क्रमित ३ जना नेपालीकाे स्वास्थ्य अवस्थाबारे दूतावासले दियाे यस्ताे जानकारी

प्रकाशित
1.3K
SHARES

काठमाडाैं । साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् । साउदीमा रहेको नेपाली दूतावासले कोरोना सङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । निको भएका तीन जना काममा फर्किएका छन् । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली सङ्क्रमित भएका छन् ।

यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना सङ्क्रमित भएका छन् । जसमध्ये यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् । खाडीका देश र मलेसियामा जम्मा १३ हजार ७१५ जना सङ्क्रमित छन् । यस्ताे छ दूतावासले दिएकाे जानकारी…

“साउदी अरबमा कोरोना संक्रमण, नेपाली नागरिकको पछिल्लो अवस्था र अन्य जानकारी ।
१. साउदी अरबमा कोरोनाको संक्रमण हुनु भएका ४ जना नेपाली नागरिकहरु मध्ये ३ जना निको भइ काममा फर्किनुभएको सबैमा जानकारी गराइन्छ । नेपाली राजदूतावास उहाँहरुसँग सम्पर्कमा रहिरहेको छ । थप नेपालीहरुमा संक्रमण भएको जानकारी प्राप्त भएको छैन ।

२. आज मिति २०७६।१२।२६ (अप्रिल ८, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९३२ पुगेको छ । आज थप १३७ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६३१ जना निको भएका छन् ।

३. साउदी स्वास्थ्य मन्त्रीले कोरोना नियन्त्रणको प्रयासमा सबैको साथ सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमित हुनेहरुको संख्या घट्ने उल्लेख गर्दै सरकारका प्रयासहरुमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । उहांले We are all responsible भन्ने नारालाई आत्मसात गर्न पनि सबैलाई अनुरोध गर्नुभएको साउदी सरकारी समाचार एजेन्सीले जनाएको छ ।

केहि अध्ययन र सिफारिसहरुलाई उल्लेख गर्दै उहाँले सर्वसाधारणकाे सहयोग नभएमा साउदी अरबमा आउँदा केही हप्तामा कोरोना भाइरसको संक्रमण भयावह हुने र १० हजार देखि २लाख जनामा यो संक्रमण फैलन सक्ने चेतावनी दिँदै सहयोगको अनुरोध गर्नुभएको हो । तपाई हामी नेपाली कोही पनि कोरोना संक्रमणको कारण वा शिकार नबनौँ । स्थानीय सरकारका प्रयासमा पूर्णरुपमा साथ दिऔँ।

४. विदेशी नागरिकहरुसँग काम गर्दा, हिँडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्नुहुन, एक अर्काबीच दुरी कायम गर्नुहुन र कुनै पनि व्यक्ति वा सरसामानलाई अनावश्यक छुने वा स्पर्श गर्ने नगर्नुहोला । नेपाली राजदूतावास, रियाद”

प्रतिक्रिया