आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जुम्लामा कोरोना सङ्क्रमण भएको आशङ्का गरिएका छ जनाकाे रिपार्ट यस्ताे आयो

प्रकाशित
712
SHARES

जुम्ला । जुम्लामा कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएका छ जनामा सङ्क्रमण नभएको पुष्टि भएको छ । नमूना परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रतिवेदनमा कोरोना नभएको पुष्टि भएको हो ।

छ जनाको स्वाब परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गत २३ चैतमा प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलका अनुसार परीक्षणका लागि पठाएको स्वाबमा कोरोना सङ्क्रमण नदिएको रिर्पोट प्राप्त भएको छ ।

यही चैत २५ मा भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएर यहाँका स्थानीयको घुम्ती मेडिकल टोलीले थप ३२४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न काठमाडौँ पठाएको छ ।

जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।

यस्तै गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ । हाल ५२ को परीक्षण जारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सर्वसाधारणलाई कोरोना सङ्क्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय पराशर्म लिन सहयोग पुर्‍याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रम प्रभावकारी बनिरहेको समेत उनले जानकारी दिए । हेलो डाक्टर कार्यक्रममा हालसम्म ४८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् ।

प्रतिक्रिया