आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउन खुलेकै दिन ब्राजिलले चीनमाथि लगायाे यति गम्भीर आरोप, अब के गर्ला चीन ?

प्रकाशित
4.8K
SHARES

काठमाडौं । ब्राजिलका शिक्षा मन्त्री अब्राहम वेन्ट्राउबले चीन कोरोना भाईरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाईरहेको आरोप लगाएका छन् । पछिल्लो घटनाका कारण दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण भएको उनले बताए ।

मन्त्री वेन्ट्राउबले भने विश्वव्यापी स्वास्थ्यको क्षेत्रलाई उथलपुथल गर्नु र संकट निमत्याउनुको पछाडि चीनको हात रहेको छ । ‘भौगोलिक रूपले यो विश्वव्यापी संकटको तथ्य बाहिर आउन सक्छ,’ उनले ट्वीट गर्दै भनेका छन्,’विश्व प्रभुत्वको योजनासंग सम्बन्धित काममा ब्राजिलमा कसले साथ दिईरहेको छ ?’

उनको ट्वीटले चिनियाँ उच्चारणलाई उपहासको शैलीमा लेखिएको । ब्राजिलस्थित चीनको दूतावासले शिक्षा मन्त्रीको यो कुरा बेतुक र घृणित रहेको बताएको छ । चीनिया राजदूत यांग वानमिंगले ट्वीट गर्दै भनेका छन्, ‘यो बेतुकको कुरा अति नस्लबादी रहेकाले ब्राजिल सरकारले पष्टीकरण दिनुपर्छ ।’

ब्राजिलसहित धेरै देशहरु कोभिड–१९ को सामना गर्न चीनबाट अधिक चिकित्सा उपकरण स्रोत आउने आशा गर्दै आईरहेका छन् । वेन्ट्राउबले एक साक्षात्कारमा चीनलाई महामारीको बिरूद्ध लड्न सहयोग गर्न आग्रह गरे । उनले भने, ‘यदी चीनले हामीलाई १ हजार भेन्टिलेटरहरू दियो भने म दूतावासको अगाडि घुँडा टेकि माफी माग्छु ।’

स्वास्थ्यमन्त्री लुइज हेनरिक मन्डेटाले गत हप्ता ब्राजिलले चीनबाट आएका स्रोत भेन्टिलेटर र अन्य महत्वपूर्ण स्वास्थ्य समानहरु बाटोमै रोकिएको बताएका छन् । उनले केही चिनियाँ अधिकारीहरुको आदेशले आपूर्ति रद्द गरिएको बताए । ब्राजिलमा कोरोनाको संक्रमण सुरु भएसँगै चीनसँगको सम्बन्ध तनावग्रस्त भएको छ ।

राष्ट्रपति जैयर बोल्सनारोको छोरो एडुआर्डो र एक संघीय सांसदद्वारा गरिएको ट्वीटको श्रृंखलाबाट यस्तो तनाब उत्पन्न भएको थियो । एड्वार्डो बोलसनोरोले मार्चमा भएको प्रकोपको सामना गर्न चिनियाँ तानाशाहीको आलोचना समेत गरेका छन ।

गत हप्ता उनले ‘चिनियाँ भाइरस’ को बारेमा ट्वीट गरे, जुन वाक्यांशले बेइजिङ्गलाई उक्साउँने काम गरेको बताइन्छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट ६८८ जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तको वुहान शहरमा लगाइएको लकडाउन हटाइएको छ। लकडाउन हटाएकाै दिन ब्राजिलले यस्ताे अाराेप लगाएकाे हाे ।

लकडाउन हटेसँगै अब स्मार्टफोनमा व्यापकरुपमा प्रयोग हुने स्वास्थ्य एपमा हरियो कोड भएकाहरू जनवरी २३ यता पहिलोपटक वुहान शहर बाहिर जान पाउनेछन्।

यसैगरी लकडाउन हटाएपछि यातायातका सेवाहरू पनि संचालनमा आएका छन्। मंगलबार वुहानमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य भएपछि लकडाउन हटाइएको हो।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि १ करोड १० लाख मानिसको बसोबास रहेको वुहानमा संक्रमण रोकथामका लागि यसअघि कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाइएको थियो।

गत महिनामा साताभरमा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएपछि त्यहाँका किनमेल केन्द्रहरू खोलिएको थियो भने संक्रमण नभएका आवासिय क्षेत्रका केही मानिसहरूलाई दुई घण्टाका लागि बाहिर जाने अनुमति दिइएको थियो।

बुधबारबाट अनुमति प्रदान गरिएका बासिन्दाले सार्वजनिक यातायात प्रयोग गर्न पाउनेछन्। यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। उनीहरूको स्वास्थ्यसँग सम्बन्धित हुने ती क्यू आर कोड मानिसपिच्छे फरक हुनेछ। सो कोड हरियो देखिएकाहरूलाई आवागमनमा कुनै रोक हुनेछैन।

त्यहाँ सिमितरुपमा हवाइसेवा पनि सुरु हुने भएको छ। वुहानबाट करिब २ सय वटा उडानहरूको तालिका तय भएको छ। यातायातमा केही सीमाहरू तय गरिएका छन् भने स्कूलहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहनेछन्। यसैगरी चीनका अन्य क्षेत्रहरूमा लकडाउन कायमै रहेको छ।

राजधानी बेइजिङ्गमा सोमबार कोरोना भाइरसका ४५ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँका अधिकारीहरूले नयाँ कडा नियमहरूको घोषणा गरेका छन्। घोषणा अनुसार शहर प्रवेश गर्ने जोकोही क्वारेन्टाइनमा बस्नुपर्नेछ र स्वास्थ्य जाँच गराउनुपर्नेछ।

लकडाउन थप्ने तयारीमा भारत
२१ दिनका लागि तय भएको भारतको लकडाउन थप हुनसक्ने देखिएको छ। कोरोना संक्रमण देखिएका महाराष्ट्र, तेलाङ्गना, पंजाब र मध्य प्रदेश लगायतका राज्यहरू जारी लकडाउन थप गर्नुपर्ने पक्षमा देखिएकाले अप्रिल १४ पछि पनि लकडाउन जारी रहने देखिएको हो।

भारतका धेरै राज्य सरकार तथा विशेषज्ञहरूले लकडाउन खोल्दा हाल स्थिर देखिएको कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरा भएकाले लकडाउन बढाउनुपर्ने पक्षमा छन्। थप भएको अवधिमा जिल्ला तथा राज्यका सीमाहरू सिल गरिनेछ भने रेल, मेट्रो तथा हवाइसेवाहरू खुल्नसक्ने सम्भावना भने रहेको छ।

यसैगरी सरकारले औषधीजन्य सेवा र खाद्यान्न विक्री केन्द्रका अलावा अन्य आवश्यक सेवाहरू खुकुलो बनाउने बारेमा पनि छलफल गरिरहेको टाइम्स अफ इण्डियाले प्रकाशित गरेको समाचारमा उल्लेख छ।

भारतले यातायातमा जोर-विजोर प्रणाली तथा तिनमा निश्चित संख्यामा यात्रुहरूलाई चढ्न दिने बारेमा पनि छलफल गरिरहेको छ। यसका साथै उसले कृषि उत्पादन र कटाइका क्षेत्र तथा सामानको वितरण प्रणालीलाई पनि खुकुलो बनाउने ठानिएको छ।

मंगलबार भारतका रक्षा मन्त्री राजनाथ सिंहको नेतृत्वमा बसेको सरोकारवालाहरूको वैठकले यी क्षेत्रहरूलाई पुनः कसरी खोल्न र संचालन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको थियो।

केन्द्र सरकारले यी विषयमा छलफल चलाएपनि कोरोना भाइरस संक्रमण प्रभावित र त्यसको उच्च जोखिम रहेका क्षेत्रका कारण हाल कुनै पनि स्तरको अन्तर-जिल्ला आवतजावत कठिन भइरहेको छ।

‘राज्यका सीमानाका खोल्ने भन्ने प्रश्नै छैन’, एक उच्च भारतीय सरकारी अधिकारीले भने, ‘औपचारिक निर्णय हुन बाँकी छ तर आएका सुझावहरूले प्रतिबन्ध खुकुलो पार्नु धेरै खतरापूर्ण हुने देखाएको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीका कार्यकर्ताहरूलाई सोमबार दिएको भिडिओ सन्देशमा कोरोना भाइरसविरुद्धको लडाई लामो हुने र लकडाउन लम्ब्याउने संकेत गरेका थिए।

मध्यप्रदेश र तेलाङ्गना राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहान र के. चन्द्रशेखर राओसहितका कयौं मुख्यमन्त्रीहरूले लकडाउनलाई अप्रिल १४ उता लम्ब्याउन केन्द्र सरकारलाई सुझाव दिएका छन्।

सरकारी श्रोतका अनुसार प्रम मोदी कोरोना भाइरस विरूद्धको आगामी लडाईंका लागि ठोस राजनैतिक सहमति जुटाउन लागिरहेका छन्। यसका लागि उनले मूख्य राजनीतिक व्यक्तित्वहरू, पूर्व प्रधानमन्त्रीहरू, पूर्वराष्ट्रपतिहरू तथा पार्टी अध्यक्षहरूसँग टेलिफोन संवाद गरिसकेका छन्।

योसँगै उनले लकडाउन जारी भएयता राज्यका मुख्यमन्त्रीहरूसँग दुईपटक भिडिओबाट छलफल गरिसकेका छन्। मोदीले बुधबार राजनैतिक सहमतिका लागि लोक सभा तथा राज्य सभाका प्रमुख नेताहरूसँग छलफल गर्दैछन्।

मंगलबारसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय २५ पुगेको छ भने मृत्यु हुनेको संख्या १६५ पुगेको छ। भारतले अप्रिल १४ पछि लकडाउनको अवधि बढाएमा त्यसको असर नेपालको लकडाउनमा पनि पर्ने जनाइएको छ। भारतसँग खुल्ला र सहज सिमाना भएकाले नेपालको कोरोना रोकथामका लागि चालिने कदममा त्यसको प्रभाव पर्ने नै छ।

नेपाल सरकारले वैशाख तीन गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरिसकेको छ भने मंगलबार देशवासीका नाममा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा वैशाख ३ पछिको लकडाउन अझै जारी रहने संकेत गरेका थिए। उनले आफ्नो सम्बोधनमा केही साता थप कष्टकर हुने बताएका थिए।

प्रतिक्रिया