आज : गते

ताजा शिर्षकहरु

विश्वलाई चकित पार्दै चीनले बल्ल गर्याे यति ठुलाे निर्णय, जनताहरू खुशिले गदगद

प्रकाशित
10.2K
SHARES

काठमाडाैं । कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तको वुहान शहरमा लगाइएको लकडाउन हटाइएको छ। लकडाउन हटेसँगै अब स्मार्टफोनमा व्यापकरुपमा प्रयोग हुने स्वास्थ्य एपमा हरियो कोड भएकाहरू जनवरी २३ यता पहिलोपटक वुहान शहर बाहिर जान पाउनेछन्।

यसैगरी लकटाउन हटाएपछि यातायातका सेवाहरू पनि संचालनमा आएका छन्। मंगलबार वुहानमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य भएपछि लकडाउन हटाइएको हो।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि १ करोड १० लाख मानिसको बसोबास रहेको वुहानमा संक्रमण रोकथामका लागि यसअघि कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाइएको थियो।

गत महिनामा साताभरमा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएपछि त्यहाँका किनमेल केन्द्रहरू खोलिएको थियो भने संक्रमण नभएका आवासिय क्षेत्रका केही मानिसहरूलाई दुई घण्टाका लागि बाहिर जाने अनुमति दिइएको थियो।

बुधबारबाट अनुमति प्रदान गरिएका बासिन्दाले सार्वजनिक यातायात प्रयोग गर्न पाउनेछन्। यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। उनीहरूको स्वास्थ्यसँग सम्बन्धित हुने ती क्यू आर कोड मानिसपिच्छे फरक हुनेछ। सो कोड हरियो देखिएकाहरूलाई आवागमनमा कुनै रोक हुनेछैन।

त्यहाँ सिमितरुपमा हवाइसेवा पनि सुरु हुने भएको छ। वुहानबाट करिब २ सय वटा उडानहरूको तालिका तय भएको छ। यातायातमा केही सीमाहरू तय गरिएका छन् भने स्कूलहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहनेछन्। यसैगरी चीनका अन्य क्षेत्रहरूमा लकडाउन कायमै रहेको छ।

राजधानी बेइजिङ्गमा सोमबार कोरोना भाइरसका ४५ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँका अधिकारीहरूले नयाँ कडा नियमहरूको घोषणा गरेका छन्। घोषणा अनुसार शहर प्रवेश गर्ने जोकोही क्वारेन्टाइनमा बस्नुपर्नेछ र स्वास्थ्य जाँच गराउनुपर्नेछ।

लकडाउन थप्ने तयारीमा भारत
२१ दिनका लागि तय भएको भारतको लकडाउन थप हुनसक्ने देखिएको छ। कोरोना संक्रमण देखिएका महाराष्ट्र, तेलाङ्गना, पंजाब र मध्य प्रदेश लगायतका राज्यहरू जारी लकडाउन थप गर्नुपर्ने पक्षमा देखिएकाले अप्रिल १४ पछि पनि लकडाउन जारी रहने देखिएको हो।

भारतका धेरै राज्य सरकार तथा विशेषज्ञहरूले लकडाउन खोल्दा हाल स्थिर देखिएको कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरा भएकाले लकडाउन बढाउनुपर्ने पक्षमा छन्। थप भएको अवधिमा जिल्ला तथा राज्यका सीमाहरू सिल गरिनेछ भने रेल, मेट्रो तथा हवाइसेवाहरू खुल्नसक्ने सम्भावना भने रहेको छ।

यसैगरी सरकारले औषधीजन्य सेवा र खाद्यान्न विक्री केन्द्रका अलावा अन्य आवश्यक सेवाहरू खुकुलो बनाउने बारेमा पनि छलफल गरिरहेको टाइम्स अफ इण्डियाले प्रकाशित गरेको समाचारमा उल्लेख छ।

भारतले यातायातमा जोर-विजोर प्रणाली तथा तिनमा निश्चित संख्यामा यात्रुहरूलाई चढ्न दिने बारेमा पनि छलफल गरिरहेको छ। यसका साथै उसले कृषि उत्पादन र कटाइका क्षेत्र तथा सामानको वितरण प्रणालीलाई पनि खुकुलो बनाउने ठानिएको छ।

मंगलबार भारतका रक्षा मन्त्री राजनाथ सिंहको नेतृत्वमा बसेको सरोकारवालाहरूको वैठकले यी क्षेत्रहरूलाई पुनः कसरी खोल्न र संचालन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको थियो।

केन्द्र सरकारले यी विषयमा छलफल चलाएपनि कोरोना भाइरस संक्रमण प्रभावित र त्यसको उच्च जोखिम रहेका क्षेत्रका कारण हाल कुनै पनि स्तरको अन्तर-जिल्ला आवतजावत कठिन भइरहेको छ।

‘राज्यका सीमानाका खोल्ने भन्ने प्रश्नै छैन’, एक उच्च भारतीय सरकारी अधिकारीले भने, ‘औपचारिक निर्णय हुन बाँकी छ तर आएका सुझावहरूले प्रतिबन्ध खुकुलो पार्नु धेरै खतरापूर्ण हुने देखाएको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीका कार्यकर्ताहरूलाई सोमबार दिएको भिडिओ सन्देशमा कोरोना भाइरसविरुद्धको लडाई लामो हुने र लकडाउन लम्ब्याउने संकेत गरेका थिए।

मध्यप्रदेश र तेलाङ्गना राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहान र के. चन्द्रशेखर राओसहितका कयौं मुख्यमन्त्रीहरूले लकडाउनलाई अप्रिल १४ उता लम्ब्याउन केन्द्र सरकारलाई सुझाव दिएका छन्।

सरकारी श्रोतका अनुसार प्रम मोदी कोरोना भाइरस विरूद्धको आगामी लडाईंका लागि ठोस राजनैतिक सहमति जुटाउन लागिरहेका छन्। यसका लागि उनले मूख्य राजनीतिक व्यक्तित्वहरू, पूर्व प्रधानमन्त्रीहरू, पूर्वराष्ट्रपतिहरू तथा पार्टी अध्यक्षहरूसँग टेलिफोन संवाद गरिसकेका छन्।

योसँगै उनले लकडाउन जारी भएयता राज्यका मुख्यमन्त्रीहरूसँग दुईपटक भिडिओबाट छलफल गरिसकेका छन्। मोदीले बुधबार राजनैतिक सहमतिका लागि लोक सभा तथा राज्य सभाका प्रमुख नेताहरूसँग छलफल गर्दैछन्।

मंगलबारसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय २५ पुगेको छ भने मृत्यु हुनेको संख्या १६५ पुगेको छ। भारतले अप्रिल १४ पछि लकडाउनको अवधि बढाएमा त्यसको असर नेपालको लकडाउनमा पनि पर्ने जनाइएको छ। भारतसँग खुल्ला र सहज सिमाना भएकाले नेपालको कोरोना रोकथामका लागि चालिने कदममा त्यसको प्रभाव पर्ने नै छ।

नेपाल सरकारले वैशाख तीन गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरिसकेको छ भने मंगलबार देशवासीका नाममा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा वैशाख ३ पछिको लकडाउन अझै जारी रहने संकेत गरेका थिए। उनले आफ्नो सम्बोधनमा केही साता थप कष्टकर हुने बताएका थिए।

विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार ७४ पुग्यो, १४ लाख ३१ हजारबढी संक्रमित, कुन देशमा कति ?
महामारीका रूपमा फैलिएकाे कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ । यो भाइरसबाट १४ लाख ३१ हजार ६८९ जना संक्रमित भएका छन् । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४२ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् ।

बितेको २४ घण्टामा विश्वमा ८४ हजार ९४ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । त्यस्तै ७ हजार ३४१ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । अहिले १० लाख ४६ हजार ३०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ४७ हजार ९१२ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका २०९ देशमा पुगेको छ । वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार ३३१ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ७४० जना संक्रमित छन् ।

जसमध्ये ७७ हजार १६७ जना उपचारपछि घर फर्किएका छन् । अहिले १ हजार २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । २११ जनाको अवस्था गम्भीर छ । यो २४ घण्टामा सबैभन्दा बढी संक्रमण र मृत्यु अमेरिकामा देखिएको छ ।

अमेरिकाको न्युयोर्कमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु, १ लाख ३८ हजारबढी संक्रमित
कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक हालसम्मकै उच्च हो । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ ।

अमेरिकाको न्युयोर्क शहरमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

जेलमा रहेका कैदीको पनि मृत्यु भएपछि अधिकारीहरु चिन्तामा परेका छन् । न्युयोर्कको जेलमा रहेका ५३ वर्षका माइकल टाइसन नाम गरेका एक व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएको छ । सोमबारसम्म न्युयोर्क शहरको जेलमा रहेका दुई सय ८६ कैदी र तीन सय ३१ कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो ।

अमेरिकामा एकैदिन २८ हजार ६०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९५ हजार ६१२ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये २१ हजार ६७४ जना उपचारपछि निको भएका छन् । ९ हजार १ सइ ६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ३ लाख ६१ हजार १४८ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८२ हाजर बढीले ज्यान गुमाएका छन् ।

यता भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ । भारतमा संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएका छन् । ४ हजार ७७० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।

उता इटालीमा पछिल्लो २४ घण्टामा ६०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ । इटालीमा एकैदिन ३ हजार ३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३५ हजार ५८६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये २४ हजार ३९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ९४ हजार ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।

त्यस्तै स्पेनमा पछिल्लो २४ घण्टामा ७०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ४५ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार २६७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४१ हजार ९४२ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४३ हजार २०८ जना उपचारपछि निको भएका छन् । ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८४ हजार ६८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।

प्रतिक्रिया