आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हाइकमाण्ड बैठकमा ओलीले गरे यस्ताे अनाैंठाे ब्रिफिङ, प्रचण्डसहितका नेताहरू नै तिनछक

प्रकाशित
2K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको बताएका छन् ।

मंगलबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको प्रयासबारे झण्डै डेढ घन्टा ब्रिफिङ गरेका थिए ।

उनले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौताबारे आफूलाई पूर्व जानकारी नै नभएको बताएको स्रोतले जनाएको छ । ‘डीजी (स्वास्थ्य सेवा विभागका महानिर्देशक) स्तरमा सम्झौता भएको हरेछ, त्यो मेरो जानकारीभन्दा बहिरको कुरा थियो,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री तथा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले ब्रिफिङ गरेका थिए । लगतै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरुले सरकारले गरिरहेको काम सकारात्मक भएको र त्यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

तर ओलीले ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको बताएपछि अधिकांश नेताहरू दंग परेका थिए । मन्त्रीहरूका यस्ता मनपरीले सरकारकाे साख गिर्दै गएकाे भन्दै उनीहरूले ओलीकाे ध्यान त्यता पनि जानुपर्ने बताएकाे स्राेतकाे भनाइ छ ।

यस्तै कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा सरकारले लिएका नीति ठीक रहे पनि कार्यान्वयन अझै प्रभावकारी हुनुपर्ने निष्कर्ष नेकपा सचिवालय बैठकले निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार करिब पाँच घण्टा बसेको सचिवालय बैठकमा कोरोनाविरुद्ध सरकारले लिएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव सदस्यहरुले दिएका थिए।

यस्तै सरकारका नीति कार्यान्वयनका लागि पार्टी एकताबद्ध हुनुपर्ने, पार्टीभित्र अन्तरविरोध पैदा गर्ने वा कमजोर बनाउने काम कसैले गर्न नहुने बैठकको निष्कर्ष छ। पार्टी र सरकारका नीति कमजोर बनाउन पार्टीभित्रै कोही संलग्न भएको पाइएमा कडा कारबाही गर्नुपर्ने सुझाव पनि बैठकमा सदस्यहरुले राखेका थिए।

‘सबै सदस्यहरुले राखेको सुझावअनुसार पार्टी र सरकारका नीति, कार्यक्रम कमजोर बनाउन नेतृत्व होस् वा अरु जो कोही संलग्न भएको पाइएमा कडा कारबाही गर्ने पनि बैठकले निर्णय गरेको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

पार्टीले दिएका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिने आश्वासन प्रधानमन्त्रीले बैठकमा दिएका छन्। प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका थिए।

कोभिड–१९ विरुद्ध सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने तर पार्टीमा छलफल भएर सरकारले सुझाव लिनुपर्ने अध्यक्ष दाहालले राखेका थिए।

प्रतिक्रिया