आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देश काेराेना त्रासमा रहेकाे बेला नेपाल प्रहरीलाई मिल्याे यस्ताे सफलता

प्रकाशित
2.4K
SHARES

काठमाडौँ । ज्वरो नाप्‍ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट मंगलबार बिहान पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको छ। नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले ५ हजारमा पाइने थर्मल गन १५ हजारसम्‍म लिएर बिक्री गरेका थिए। गत सातामात्रै अग्रवालले नेपाल एयरलाइन्सको जहाजमार्फत् चीनबाट २० हजार थान थर्मल गन ल्याएको पनि खुलेको छ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाले अग्रवाललाई कालोबजारीको कसुरमा पक्राउ गरिएको बताए। अहिले प्रहरी नक्सालस्थित अग्रवालको घरमा खानतलासीका लागि पुगेको छ।

अग्रवालले बढी मूल्यमा थर्मल गन बेचेको थाहा पाएपछि प्रहरी अनुसन्धान गर्न ग्राहक बनेर गएको थियो। ‘हामी आफैं ग्राहक बनेर अग्रवालसँग डिल गरेका थियौं। आवश्यक प्रमाण जुटेपछि उनलाई पक्राउ गरिएको हो, ‘ एसएसपी थापाले भने।

ग्राहक बनेको प्रहरीलाई सामान पुर्‍याउन जाने क्रममा अग्रवाल कूटनीतिक व्यक्तिले प्रयोग गर्ने गाडीमा राखिएको थर्मल गनसहित पक्राउ परेका थिए। यस विषयमा अनुसन्धान भइरहेको थापाले बताए।

यसैबीच कोरोनाको प्रभावले देश लकडाउनमा रहेको अवस्थामा पनि बझाङको छविसपाथीभेरा गाउँपालिका—३ को बान्‍नीकोटमा धुमधामसंग मेला लागेको छ । वर्षेनी लाग्ने बान्‍नीकी चैतली मेला लकडाउनको समयमा पनि लागेको हो ।

स्थानीयले चैत ११ गते जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार मेलाको समापन भव्य रुपमा गरेका हुन् । काकर सेलाउने भनेर मेलाको समापन गर्ने परम्परा अनुसार नागरिक जम्मा भएर मेला लगाएका जयपृथ्वी नगरपालिकाका स्थानीय रिदम सिंहले बताए । मेलामा भकुन्डो प्रतियोगीता पनि गरिने चलन रहेको र त्यो पनि भएको उनले सुनाए ।

११ गते घर बाट सबैले लिंगो बनाएर मेला लगाउने प्रशासनलाई जानकारी भएको र स्थानीयले मनाउने तयारी गरेपनि आफूले रोक्न आदेश दिएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयले बताए ।

‘हामीलाई त पहिले मेला सकिसकेको हो । त्यहाँ कुनै किसिमको मेला पर्वहरु छैनन् भन्ने हिसाबले पनि सुरक्षा केही पठाइएन । थाहा नै भएन,’ पाण्डेयले भने,‘पालिकाका अध्यक्षसंग पनि दैनिक कुराकानी भइरहन्छ । केहि हैन सर खाली परम्परा मात्र धान्ने हो । दुई/चार जनाले मात्र लिंगो चढाएर सेलाउने हो । ठूलो मेलाको कार्यक्रम केहि हैन भन्नुभएको थियो ।’

करिब ३ सय मानिस मेलामा जम्मा भएको खबर आफूलाई आएको पनि उनले सुनाए । विकट पालिका भएकोले घण्टौं हिँडाएर प्रहरी पठाए पनि प्रहरी जाने बेलासम्म मेला सकिसकेको उनले बताए । मेला लागेको वडाका नागरिकको मात्र मेलामा सहभागिता भएको प्रजिअ पाण्डेयले दाबी गरे । अन्य वडाका सीमानाकामा प्रहरी भएकोले छिर्न नपाएका उनले बताए ।

लकडाउनको बेलामा मेला आयोजना हुँदा संकट निम्तन सक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले बताए । मेलाको भीडमा जम्मा भएका मध्ये एकजनालाई संक्रमण भएको भए मात्रै गुणात्मक तरिकाले धेरेलाई हुन सक्ने सम्भावना रहेको उनले बताए । यस्ता भेलाले महामारीको रुप लिन सक्ने उनको भनाइ थियो ।

यो महिना सुदूरपश्चिमका बैतडी सहित अन्य पहाडी जिल्लामा मानिसहरु जम्मा भएर विभिन्न मन्दिरमा पूजाआजा र बलिसहित भव्य मेला लाग्ने भएपनि यो वर्ष शक्तिपीठहरु सुनसान बनेका छन् ।

प्रतिक्रिया