आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

स्वास्थ्य मन्त्री आफैले लकडाउन उल्लंघन गरेपछि मुम्याे मन्त्री पद, भयाे यस्ताे कारवही

प्रकाशित
4.6K
SHARES

काठमाडौं । अहिले नेपाल भारतसहित सार्क राष्ट्र र कन्य कैयाे देशहरूले काेराेना महामारीसँग लड्न लकडाउन घाेषणा गरेका छन् । यस्ताे बेलामा नेपालमा थुप्रै लकडाउन उल्लंघनका घटनाहरू भइरहेका छन् । अन्य देशमा पनि लक डाउन उल्लंघन भएका घटना सुनिन्छन । अामा नागरिकले लकडाउन उल्लंघन गरेका बिषय जतातै अाएका बेला न्युजिल्याण्डमा भने मन्त्रीले नै यस्ताे गरेका छन् ।

मुलुकमा जारी लकडाउल उल्लंघन गरेपछि न्युजिल्याण्डका स्वास्थ्यमन्त्री घटुवामा परेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको लकडाउनको क्रममा साइकल यात्रामा निस्किएका डेभिड क्लार्क घटुवामा परेका हुन् । मन्त्रीको जिम्मेवारी खोसेर उनलाई सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिएको छ ।

द गार्जियनका अनुसार क्लार्कले लकडाउनको समयमा परिवारसँग ४० किलोमिटर यात्रा गरेको स्वीकारेका छन् । उनले यो कामको लागि क्षमायाचना गर्दै आफूले आफैंलाई ‘मूर्ख’को संज्ञा दिएका छन् ।

स्वास्थ्यमन्त्रीले लकडाउन उल्लंघन गरेको घटनाको मुलुकभर विरोध भएको थियो । न्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्डा एर्डेनले सामान्य अवस्थामा भए उनलाई निलम्बन गरिने तर कोभिड–१९ विरुद्धको लडाइँमा उनको साथ आवश्यक रहेको बताएकी छिन् । एक विज्ञप्तिमार्फत् उनले आगामी दिनमा उनले न्युजिल्याण्डका लागि राम्रो भूमिका निर्वाह अपेक्षा गरेकी छिन् ।

न्युजिल्याण्डमा मार्च २५ मा चार साता लामो लकडाउन शुरु भएपछि उल्लेख्य मात्रामा यसको उल्लंघन पनि भइरहेका छन् । एक समयमा सरकारको उजुरी गर्ने वेबसाइट नै अन्यधिक लोडका कारण क्र्यास भएको थियो ।

यसैबीच कोरोना भाइरसको महामारी फैलिएको चीनको छिमेकी मुलुक भियतनाम कोरोनाको संक्रमण रोक्न सफल भएको छ । चीनमा कोरोना भाइसले ३३ सय भन्दा बढीको मृत्यु र ८१ हजार भन्दाबढी संक्रमित भइरहँदा चीनसँगै ११ सय किलोमिटरको सीमा जोडिएको भियतनाम कोरोनाको महामारी फैलन नदिन सफल भएको हो ।

भियतनाममा मंगलबारसम्म २४५ जना संक्रमित भएकोमा ९५ जना निको भइरसकेका छन् । उपचारारत १५० जनाको अवस्था पनि सामान्य रहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कसरी सम्भव भयो ?
स्वास्थ्यपोचारका लागि विकसित मुलुकको जस्तो अवस्थामा नरहेको भियतनामले सम्भावित जोखिमको आकलन गर्दै जनवरीको अन्तिम सातादेखि नै कडिकडाउ गर्दै विदेशीलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्‍यो ।

कोरोना संक्रमणको जोखिम बढेपछि भियतनामको सत्तासीन कम्युनिस्ट पार्टीको एउटा बैठकमा प्रधानमन्त्री न्युगेन स्वान फुकले ‘महामारीविरुद्धको लडाइँ शत्रुविरुद्धको लडाइँ ‘ भनेर सतर्कताका लागि आह्वान गरे ।

लगत्तै भियतनामले कोरोनाको संक्रमितका सम्पर्कमा आएकाहरुको खोजि जारी राख्दै अनिवार्य क्वारेन्टाइनमा राख्ने नीति अबलम्बन गर्‍यो । फेब्रुअरीको सुरुवातदेखि नै सबै विद्यालय र विश्वविद्यालय बन्द गरिए ।

१० जनामा संक्रमण देखिएपछि फेब्रुअरी १२ मा राजधानी होनाई नजिकको १० हजार जनसंख्याको एउटा सानो शहरलाई तीन साताका लागि क्वारेन्टिनमा राखियो । संक्रमित व्यक्तिको दोस्रो, तेस्रो र चौथो तहका सम्पर्क घेराको पहिचान गरी कडा निगरानीमा राखियो ।

व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइयो । घोषित नियम उल्लंघन गर्नेमाथि आवश्यक कारबाही गरियो। सरकारी सञ्चारमाध्यमले भाइरस संक्रमणबारे व्यापक सूचना अभियान चलाए । हात धुने तरिकादेखि गितसंगितमा समेत कोरोना भाइरसबारेका चेतनामुलक सामग्री प्रस्तुत गरियो ।

अन्तर्राष्ट्रिय सम्पर्क बिच्छेद भइरहँदा भियतनामका आर्थिक परियोजनामा ठूलो क्षति गरेको छ। तथापि, यसबाट जोगाउन सरकारले एक अर्ब १० करोड अमेरिकी डलरबराबरको कोष खडा गरेको छ। उक्त राहत कोषमार्फत दिइरहेका प्याकेजले केही न केही सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया