आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काेराेनाले थला परेकाे इटाली र स्पेनबाट बल्ल आयो यस्ताे खुशिकाे खबर

प्रकाशित
3.8K
SHARES

रोम/मड्रिड । कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी प्रभावित दुई युरोपेली देश इटाली र स्पेनमा संक्रमितको संख्या क्रमश: घट्न थालेको छ । विगत केही दिनयता कोभिड–१९ संक्रमितको संख्यामा कमी आएपछि त्यहाँ लकडाउनले काम गरेको ठानिएको छ ।

स्पेनमा लगातार चौथो दिन मृतकको संख्यामा कमी आएको बीबीसीले जनाएको छ । कोभिड–१९ का कारण स्पेनमा सोमबार ६३७ जनाले ज्यान गुमाए । योसँगै मृतकहरूको संख्या १३ हजार नाघिसकेको छ । गत बिहीबार ९ सय ५० जनाको मृत्यु भएको थियो । स्पेनमा संक्रमितको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । जुन अमेरिकापछिकै बढी हो ।

तीन सातादेखिको लकडाउन अप्रिल अन्त्यसम्मका लागि बढाइएको छ । स्पेनी अधिकारीले कोभिड–१९ को लक्षण नदेखिएकालाई पनि परीक्षण गर्नको विकल्प नरहेको जनाएका छन् । विदेशमन्त्री अरान्चा गोन्जालेजले विस्तारै लकडाउन अन्त्य गर्न भाइरसको संक्रमण भएर पनि लक्षण नदेखिएकालाई पहिचान गर्नु आवश्यक भएको बताए ।

स्पनेकी स्वास्थ्य आपत्कालीन समितिकी उपप्रमुख मारिया जोसे सियराले सोमबारको मृत्यु र संक्रमणको संख्याले महामारी केही सुस्त भएको देखिएको जनाइन् । बढी प्रभावितमध्येको क्याटालोनिया क्षेत्रका सुरक्षा जाँच केन्द्रहरू सोमबार हटाइएको छ । प्रधानमन्त्री पेद्रो साञ्चेजले अर्को सातादेखि आवागमन केही खुकुलो पार्न सकिने भए पनि लकडाउन अप्रिल २५ सम्म जारी रहने बताए ।

त्यसैगरी इटालीमा पनि पछिल्ला केही दिनयता मृतक तथा संक्रमितको संख्यामा कमी आएको छ । शनिबार इटालीमा ६ सय ८१ जनाले ज्यान गुमाएका थिए । जुन मार्च २३ यताकै सबैभन्दा कम हो ।

आइतबार ५ सय २५ जनाको ज्यान गएको जनाइएको छ । यो दुई सातायताकै सबैभन्दा कम हो । इटालीमा कोभिड–१९ का कारण हालसम्म १५ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या १ लाख २५ हजार नाघिसकेको छ ।

यसअघि अप्रिल ३ सम्मका लागि घोषित लकडाउन इस्टर (अप्रिल १२) सम्मका लागि थप गरिसकिएको छ । फ्रान्स र जर्मनीका अधिकारीले पनि पछिल्ला केही दिनमा कोभिड–१९ संक्रमितको संख्यामा क्रमश: कमी आएको जनाएका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको लडाइँमा साथ दिन संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आग्रह गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले बोलाइएको सर्वदलीय बैठक प्रधानमन्त्री मोदीले सबै दलहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् । लोकसभा र राज्यसभामा पाँचभन्दा बढी सदस्य रहेका दलहरुसँग उनले छलफल गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दुरी कायम गर्नु पर्ने भएकाले बैठक भिडियोमार्फत गरिएको थियो ।प्रधानमन्त्री मोदीले यसअघि केहीदिन पहिलो मन्त्री परिषद्को बैठक पनि भिडियोमार्फत् नै गरेका थिए ।

मन्त्रीपरिषद् बैठकमा उनले ‘लकडाउन’पछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिएका थिए । उनले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरुलाई सोमबार निर्देशन दिएका थिए ।

कोरोना भाइरसको सङ्क्रमणका कारण देशका धेरै क्षेत्रमा दीर्घकालीन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विषेश योजना, कार्यक्रम र रणनीतिहरु बनाउनु पर्नेमा प्रधानमन्त्री मोदीको जोड थियो ।

आन्तरिक उत्पादनलाई जोड दिदै निर्यात गर्न सकिने नयाँ क्षेत्र र देशहरुको पहिचान गर्न र कार्यान्वयन गर्न सकिने योजनाहरु ल्याउन उनले आह्वान गरेका हुन् । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिदै गएपछि गत मार्च २४ तारिखदेखि लाग हुनेगरी यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी लकडाउन लगाइएको छ ।

बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाईका लागि सरकारले गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । उनले कोरोना भाइरस विरुद्धको लडाई सरकारको मात्रै लडाई नभएकाले साथ दिन सवै दलहरुलाई आह्वान गरेका थिए ।

अहिलेको विषम परिस्थितिमा सवै राजनीतिक दलहरुले संयुक्त बल लगाएर मात्रै कोरोना भाइरस विरुद्धको लडाइलाई सफलता हासिल गर्न सकिने उनको भनाइ थियो । बैठकमा सवै दलहरुले हातेमालो गरेर राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

 

 

प्रतिक्रिया