आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कपिलवस्तुमा उच्च ज्वाेराे आएकी युवतीकाे अस्पताल परिसरमै मृत्यु, के भन्छन डाक्टर ?

प्रकाशित
2.7K
SHARES

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ६ रंगपुरकी अन्दाजी ३६ बर्षीया कलामुननिशाको अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ । आइतबार राति ज्वरोले च्यापेपछि निशालाई निजि सवारीसाधनको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो ।

तर त्यहाँ पूर्णउपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचारका लागि रेफर गरिएकोमा त्यहाँ भर्ना गर्न नमान्दा निशाको उपचार अभावमा मृत्यु भएको आफन्तले जनाएका छन् ।

भैरहवा मेडिकल कलेजले पनि उनलाई भर्ना नलिएपछि पुनः कपिलवस्तु अस्पताल ल्याइएको थियो । तर उनको अस्पताल परिसरबाटै चिकित्सकले मृत घोषणा गरिदिएको वडा अध्यक्ष श्याम नरायाण उपाध्यायले जानकारी दिए ।

मृतक निशालाई तीन दिन पहिला सामान्य ज्वरो आएर तौलिहवास्थित एक मेडिकलबाट औषधि खुवाइएको बताइएको छ । कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बञ्जाडले भने बिरामी ल्याएको तर उनको एम्बुलेन्समा नै मृत्यु भएको परिवारलाई जानकारी गराएको बताएका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु अस्पतालमा निशाको उपचार भएपनि भैरहवामा के कारणले भर्ना गरिएन भन्नेबारे जानकारी नभएको बताएका छन् ।

यसैबीच उता प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको छ । सरकारले प्रदेश १ मा ४ सय ३८ आईसोलेसन बेड तयार गरेको छ । यसैगरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार गरेको छ । यसैगरी संक्रमित उपचार गर्न ४४ आईसियू बेड तयारी अवस्थामा छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार प्रदेश १ मा अहिलेसम्म कसैलाई पनि आईसियूमा राखेर उपचार गर्नु परेको छैन । सूचना डेस्कले दिएको जानकारी अनुसार सोमबारसम्म क्वारेन्टाइनमा ४४ महिला र ५ सय ६६ पुरुषसहित जम्मा ६ सय १० जनालाई राखिएको छ ।

यता होम क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ३८ महिला र दुई हजार ३ सय ९ पुरुष गरी जम्मा २ हजार ८ सय ४७ जना रहेका छन् । प्रदेश १ मा हालसम्म ५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ ।

बाँकीको रिर्पोट आउन बाँकी रहेको छ । स्वाब परीक्षण गरिएकामा १ महिला र ५१ पुरुषको रिर्पोट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ । प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ ।

प्रतिक्रिया