आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Breaking अवस्था भयावह हुन थालेपछि लकडाउन अवधि अझै थपिदै, यस्ताे छ सरकारकाे तयारी

प्रकाशित
1.9K
SHARES

काठमाडाैं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो २ बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरिनेछ।

कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो।

संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन्। आज बस्ने मन्त्रीपरिषद्‌ बैठकबाटै नेपाल राष्ट्र बै‌ंकका लागि गभर्नर नियुक्ति हुनसक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो।

नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन २५ गते १२ बजेसम्म रहनेछ ।

तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया