आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डाक्टरहरूलाई समेत चकित पार्दै धनगढीका कोरोना संक्रमित पुरूषको दाेस्राे परीक्षण रिपाेर्ट यस्ताे आयाे

प्रकाशित
3.3K
SHARES

काठमाडाैं । धनगढीका कोरोनाभाइरस (कोभिड-१९) संक्रमित ३४ वर्षीय पुरूषको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ। संक्रमित पुरूषका दाइले भाइको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको जानकारी दिए।

संक्रमित व्यक्ति गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए। शनिबार उनकी भाउजूलाई पनि कोरोना संक्रमण देखिएको थियो। अहिले दुबै जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा छन्। परिवारका बाँकी ७ जना सदस्यको भने नतिजा नेगेटिभ देखिएको हो।

विदेशबाट आएका पुरूषमा संक्रमण देखिएपछि गत मंगलबार परिवारका बाँकी सदस्यको पनि स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको थियो। जसमध्ये संक्रमित पुरूषको भाउजूमा संक्रमण देखिएको हो।

यो नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सरेको पहिलो घटना हो। शनिबार नै भारतबाट आएका कैलाली र कन्चनपुरका दुई जना युवकमा कोरोना संक्रमण देखिएको थियो। उनीहरूलाई पनि सेती प्रादेशिक अस्पतालमै भर्ना गरिएको छ।

यता भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनामा कोरोना संक्रमण नेगेटिभ भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीमा क्वारेन्टाइमा रहेका ९४ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । प्रवक्ता डा देवकोटाले देशभरका अस्पतालमा १ सय १३ जना कोरोनाको आशंकामा आइसोलेसनमा भएको पनि जाकारी दिए ।

यस्तै स्वास्थ्य मन्त्रालयले वेबसाइड र मोवाइल एप्स मार्फत गरेको सर्वेमा कोरोनाको लक्षण आफुमा भएको भन्दै ८ हजार ९८ जना व्यक्तिले सूचना दिएका छन् । ती मध्ये हालसम्म १ सय ५० जना रेड जोनमा रहेका छन् ।

कोरोनाको आशंकामा स्वास्थ्य मन्त्रालयलाई आफ्नो लक्षणबारे बताउने मध्येबाट स्वास्थ्य मन्त्रालयले आज मात्र २४ जनालाई रेड जोनमा राखेको हो । प्रवक्ता देवकोटाले शनिबार कोरोना संक्रमण देखिएका ३ जना व्यक्तिको परिवारलाई पनि क्वारेन्टाइमा राखिएको बताए ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हालसम्म १५ सय ३९ वटा नमूना परीक्षण गरिएको र आज नयाँ कोरोनाको केस नभएको पनि बताए । यस्तै सरकारले ग्रामिण स्वास्थ्य स्वंयम सेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकालाई उचित सेवा सुविधा दिएर परिचालन गर्ने निर्णय गरेको हो ।

देशभरका ५० हजार भन्दाबढी ग्रामिण स्वास्थ्य स्वयंम सेविकालाई आवश्यक तालिम, सुरक्षा, प्रोत्साहन भत्ता र बीमाको व्यवस्था गरी स्थानीय तहमा परिचालन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

त्यसका लागि आवश्यक कार्यविधि बनाइने विडारीले बताए । बिरामीलाई रिसिभ गर्न नेपाली सेना र स्वास्थ्यकर्मी सहितको टोली बनाउने समितिले जनाएको छ ।

त्यसैगरी क्वारेन्टाईन र राहत वितरणको मापदण्डलाई पनि परिमार्जन गरिने भएको छ । अहिले प्रयोग भईरहेको क्वारेन्टाईको अवस्थाको विश्लेषण गर्दा केही परिमार्जन गर्नुपर्ने देखिएकाले मुलुकभरका क्वारेन्टाईनलाई विश्व स्वास्थ्य सगठनको मापदण्ड अनुकुलको बनाउने निर्णय भएको सचिव विडारीले जानकारी दिए ।

क्वारेन्टाईनमा सरकारले बनाएको मापदण्ड कार्यन्वयन नभएको समाचार आउन थालेपछि सरकारले विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुकुलको क्वारेन्टाईन बनाउने भएको हो ।

त्यसैगरी राहत वितरणका सम्बन्धमा पनि सरकारले छुट्टै कार्यविधि बनाउने भएको छ । ठूलो समूह भएर राहत वितरणमा जाँदा संक्रमणको जोखिम झन बढ्ने भएकाले राहत वितरण टोली धेरै बनाउने र टोलीमा संख्या कम गर्नेगरि व्यवस्था मिलाइने छ ।

त्यस्तै सरकारले १४ दिनसम्म क्वारेन्टाईनमा बसेकाको खकारको स्वाब परीक्षण गरी निश्चित भएपछि मात्रै घर जान स्वीकृति दिने निर्णय गरेको छ ।

बिना चेकजाँज क्वारेन्टाईनमा बसेकाहरु घर जान नपाउने र गरिएको परीक्षणमा संक्रमण देखिएपछि सरकारले क्वारेन्टाईनमा बसेकाको अनिवार्य कोरोना संक्रमण परीक्षण गर्ने निष्कर्षमा पुगेको हो । सरकारले आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु खरिद गर्नका लागि दुईवटा विकल्पलाई खुल्ला राख्ने भएको छ ।

विपदको समय भएकाले सार्वजनिक खरिद ऐनका प्रावधान बमोजिम विशेष परिस्थितिमा गरिने खरिद अन्र्तगत सरकारले जीटूजी बाट र प्रतिष्पर्धात्मक आधारमा निजी क्षेत्रबाट पनि खरिद गर्न सक्नेगरि दुवै विकल्पलाई खुल्ला राख्ने निर्णय भएको सचिव विडारीले जानकारी दिए ।

यसैबीच अबक्वारेन्टाइन अवधि पूरा गरेकाहरू अब स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने भएका छन् । यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अब स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव एवं समिति प्रवक्ता नारायण बिडारीले जानकारी दिए ।

‘क्वारेन्टाइन अवधि पूरा गरेकाहरूलाई स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय भएको छ,’ सचिव बिडारीले उच्चस्तरीय समितिको निर्णय सार्वजनिक गर्दै भने ।

कोरोना भाइरसको प्रकोप फैलने खतरा बढेपछि सरकारले विदेशबाट फर्किएकादेखि शंकास्पद बिरामीको सम्पर्कमा पुगेकासम्मलाई क्वारेन्टाइन अनिवार्य गरेको छ । क्वारेन्टाइनमा बसेका त्यस्ता व्यक्तिहरूलाई १४ दिने अवधिमा पनि कुनै लक्षण नदेखिएमा घर पठाउने गरिएको थियो ।

तर, त्यसरी घर पठाइएकी कैलालीकी एक महिलामा कोरोनाको संक्रमण भेटिएपछि सरकारले यसमा समीक्षा गर्दै नयाँ नियम बनाएको हो । त्यस्तै, आइतबार बसेको बैठकले कोरोनाविरुद्धको लडाइँमा ५० हजार स्वंसेविका परिचालन गर्नेलगायतका निर्णय पनि गरेको छ ।

र्‍यापिड टेस्टिङ किटबाट कति जनाको परीक्षण हुन्छ?
सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्टिङ किटबाट ठूलो संख्यामा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्ने भएको छ। यो किटले परीक्षणको नतिजा १५ मिनेटमै दिनसक्छ। सरकारले यही किटको प्रयोग गरेर कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा बसेका व्यक्तिको परीक्षण गर्न लागेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार यी दुई जिल्लामा चैत महिनामा बाहिरबाट आएका व्यक्तिहरूमा पनि परीक्षण गरिने छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार अहिले जिल्लामा १ सय ९८ जना क्वारेन्टाइनमा छन्। तर उनले चैत महिनामा कति व्यक्ति बाहिरबाट आए भन्ने तथ्यांक अहिले नभएको बताए।

यस्तै धनगढीका स्वास्थ्य कार्यालय प्रमुख ललित धामीले जिल्लामा साढे चार सय व्यक्ति क्वारेन्टाइनमा रहेको बताए। मन्त्रालयका अनुसार अब यी सबै व्यक्तिको कोरोना परीक्षण हुनेछ। यस्तै बाग्लुङमा देखिएको संक्रमितहरूको वरपर रहेकाको पनि परीक्षण गरिने भएको छ।

बाग्लुङमा पनि दुई जना कोरोना संक्रमित छन्। उनीहरू दुबै जना गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएका थिए। शनिबार कैलाली र कञ्चनपुरमा एकैपटक तीनजना व्यक्तिमा संक्रमण देखिएको थियो।

सुदूरपश्चिममा संक्रमण बढेको भन्दै सरकारले छिटो विधिबाट परीक्षणलाई बढाउने जनाएको हो। यसको लागि टोली आजै तोकिएको ठाउँमा परिचालित हुने मन्त्रालयले बताएको छ। यसको जिम्मा मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिएको छ।

मेडिकल उपकरण खरिदमा ‘जिटुजी’ वा निजी क्षेत्र दुवै विकल्प अवलम्वन गरिने
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले जिटुजी वा निजी क्षेत्र दुवै माध्यमबाट मेडिकल सामग्री खरिद गर्न सक्ने निर्णय गरेको छ।

आइतबार सिंहदरवारमा बसेको समिति बैठकले विपद् र माहामारीको समय भएकाले औषधि, उपकरणको खरिद सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार जिटुजीबाट विदेशी सरकारबाट किन्न सक्ने र कानुनमा तोकिएकै प्रावधानअनुसार प्रतिस्पर्धात्मक बाटोबाट निजी क्षेत्रबाट खरिद गर्न सक्ने गरी दुवै विकल्प अवलम्बन गर्ने निर्णय गरेको छ।

समितिको आइतबार बसेको बैठकले प्रत्यक्षरुपमा सेवामा रहने कर्मचारीको बीमा र सुविधाका विषयमा समेत छलफल गर्दै व्यवस्थित अघि बढ्ने निर्णय गरेको छ । बैठकले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर जान दिने निर्णय गरेको छ।

प्रतिक्रिया