आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली सरकारले काेराेनाबिरूद्ध लड्न गर्याे अहिलेसम्मकै कडा निर्णय, नेपाली जनता परे चकित

प्रकाशित
3.9K
SHARES

काठमाडाैं । सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

बैठकले स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजिनक खरिद ऐनको व्यवस्थामै टेकेर जी टू जी, निजी र प्रतिस्पर्धाबाट तथा सोझै खरिद गर्ने बाटो खुल्लै राख्ने विषयलाई थप प्रष्ट्याइको पनि सचिव नारायण बिडारीले जानकारी दिए । कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै कर्मचारीको बीमा तथा सुविधालाई थप स्पष्ट पार्ने निर्णय गरेको छ ।

बैठकले क्वारेन्टाइन तथा राहत वितरणको विद्यमान व्यवस्था परिमार्जन गर्ने निर्णय पनि गरेको छ । कोरोना संक्रमण देखिएको बिरामीलाई लिन जाने टोलीमा नेपाली सेना र स्वास्थ्यकर्मी रहने तथा उनीहरुको भूमिका र सुरक्षाको विषय पनि थप प्रष्ट बनाइने बिडारीले जानकारी दिए । त्यस्तै, क्वारेन्टाइन अवधि सकिए पनि सबै परीक्षण गरेर मात्रै पठाउने निर्णय बैठकले गरेको छ ।

यसैबीच सरकारले घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन सबैलाई पुनः आग्रह गरेको छ । १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई पनि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन सरकारले आग्रह गरेको छ ।

सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न सरकारले आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घाेषाणा गरेका छन् ।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनैजनामा संक्रमण पोजेटिभ पाइएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । यसले नेपालमै रहेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पाइएकाले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको डा. देवकोटाले बताए । १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई पनि पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पाइएकाले क्वारेन्टाइनको अवधि बढ्न सक्ने उनले बताए ।

नियमित पत्रकार सम्मेलनमा डा. देवकोटाले भने, ‘अहिले १४ दिन क्रस गर्दाखेरि पनि पुनः परीक्षण गर्दा केहीलाई पोजेटिभ देखिएको छ । त्यो हिसाबले हेर्दाखेरि क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ । यहाँहरु क्वारेन्टाइनमै बसिदिनुहोला ।’

सबैलाई पुनः आग्रह गरेको छ । १४ दिनको बसीसकेको अवस्थामा अझै पनि बस्नुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेल्फ क्वारेन्टाइनमा बस्ने अवधि बढ्न सक्ने बताएका छन् ।

यस्तै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका सबै ९४ जनामा कोभिड(१९ नेगेटिभ देखिएको छ। विभिन्न देशबाट आएकाहरूको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर देवकोटाले खरिपाटीमा क्वारेन्टाइमा रहेका ९४ जनाको कोरोना परीक्षणमा ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । प्रवक्ता डा देवकोटाले देशभरका अस्पतालमा १ सय १३ जना कोरोनाको आशंकामा आइसोलेसनमा भएको पनि जाकारी दिए ।

स्वास्थ्य मन्त्रालयले वेबसाइड र मोवाइल एप्स मार्फत गरेको सर्वेमा कोरोनाको लक्षण आफुमा भएको भन्दै ८ हजार ९८ जना व्यक्तिले सूचना दिएका छन् । ती मध्ये हालसम्म १ सय ५० जना रेड जोनमा रहेका छन् । कोरोनाको आशंकामा स्वास्थ्य मन्त्रालयलाई आफ्नो लक्षणबारे बताउने मध्येबाट स्वास्थ्य मन्त्रालयले आज मात्र २४ जनालाई रेड जोनमा राखेको हो ।

प्रवक्ता देवकोटाले शनिबार कोरोना संक्रमण देखिएका ३ जना व्यक्तिको परिवारलाई पनि क्वारेन्टाइमा राखिएको बताए । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हालसम्म १५ सय ३९ वटा नमूना परीक्षण गरिएको र आज नयाँ कोरोनाको केस नभएको पनि बताए ।

सरकारले चैत महिनामा विदेशबाट नेपाल प्रवेस गरेका र कोरोना संक्रमण देखिएका व्यक्तिको समूदायमा रहेका सबैको कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चैत महिनामा विदेबाट आएको व्यक्ति र कोरोना संक्रमण देखिएका व्यक्तिहरुको समूदायमा रहेका व्यक्तिको कोरोना परीक्षण गर्ने बताए ।

प्रवक्ता देवकोटाले उनीहरुको कोरोना परीक्षण र्‍यापिट टेष्ट किटमार्फत कोरोना परीक्षण गरिने बताए ।

‘कैलाली र कञ्चनपुर जिल्लाको क्वारेन्टाइमा रहेका विदेशबाट आएका दुुई व्यक्तिहरुमा कोभिड १९ को संक्रमण देखिएको र विदेशबाट आएकाका एक संक्रमित व्यक्तिबाट निजको परिवारको एक सदस्यमा यो संक्रमण देखिएकोले यी दुुई जिल्लाहरुको सबै क्वारेन्टाइमा रहेका व्यक्तिहरु, त्यसैगरी बाग्लुङ जिल्लामा कोभिडको उपचारको क्रममा रहेका दुुई संक्रमितको बासस्थनाको वरपर र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु त्यसैगरी चैत महिनामा प्रवेस गरेका व्यक्तिहरु र सम्पर्कमा रहेका व्यक्तिहरुको आरडिटि )र्या‍पिट डाइनोस्टिक टेष्टको विधिबाट कोरोनाको परीक्षण गर्ने,’ प्रवक्ता डा देवकोटाले भने, ‘उक्त प्रविधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर प्रविधिबाट परीक्षण गर्ने ।’

उनीहरुको कोरोना परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसिसकेको पनि बताए ।

कोरोना संक्रमित व्यक्तिको समूूदायमा रहेका व्यक्तिको कोरोना परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले प्राविधिकको टोली समेत आजै सम्बन्धित क्षेत्रमा पठाउन लागेको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

यसैबीच नेपाली सेनाले आफ्नो व्यवस्थापनमा निर्माण भइरहेको तराई–मधेस द्रुतमार्गको अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गरी आशय पत्र दिने प्रक्रिया मुलुकको कानुन बमोजिम नै भएको दाबी गरेको छ ।

सञ्चारकर्मीहरुसँग आइतबार भिडियो कन्फरेन्समार्फत सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले द्रुतमार्गको लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्ने प्रक्रिया असोज ३ बाटै शुरु भएको जनाएका छन् । ‘यो प्रक्रिया लगातार रुपमा सार्वजनिक खरिद ऐन र नियमावली अनुसार हुदै आएको हो । यो कुनै लकडाउनको बेला भनेर अघि बढाइएको काम होइन,’ उनले भने ।

सरकारले ०७४ वैशाखमा करिब ७२ किलोमिटर लामो काठमाडौं–मधेस द्रुतमार्ग सेनालाई चार वर्ष भित्रमा निर्माण सक्ने गर्ने गरी व्यवस्थापनको जिम्मा दिएको थियो । तर, सेनाले पछि उक्त समय अवधिमा काम सम्पन्न नहुने भन्दै ०८१ साल असार मसान्त सम्ममा निर्माण सम्पन्न भइसक्ने बताएको छ ।

सेनाले अहिले प्राविधिक र आर्थिक मूल्यांङकनमा सबैभन्दा बढी अंक ल्याउने कोरियाली कम्पनी योसिन इन्जिनियरिङ करर्पोरेसन र एक्सप्रेसवे कोरर्पोरेसन एण्ड पियोङग्वा इन्जिनियरिङ कन्सल्टटेन्ट जेभिलाई र सिंगापुरको कम्पनी मेनहार्डत सिंगापुर केयो दोङ इन्जिनियरिङ एण्ड केसिआई कोरिया जेभिलाई आशय पत्र पठाएको छ ।

‘मापदण्डका आधारमा कोरियाली कम्पनी पहिलो नम्बरमा परेको छ । पहिलो कम्पनीसँगको छलफलमा कुरा नमिले अर्को कम्पनीसँग कुरा गर्ने छौं’ पाण्डेले भने, ‘हामीले अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्दा ९० प्रतिशत प्राविधिक र १० प्रतिशत आर्थिक पक्षलाई आधार मानेका थियौं । जसमा प्राविधिक पक्षमा उक्त योसिन कम्पनी राम्रो देखिएको छ ।’

शुरुमा सेनाले आशय पत्रको वोलपत्र आह्वान गर्दा २२ कम्पनी आएका थिए । ती मध्ये ६ ओटालाई सेनाले सुचीकृत गरेको थियो भने पाँच ओटाले मात्र मंसिरमा उक्त प्रक्रियामा भाग लिएका थिए ।

आयोजना प्रमुख तथा सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले परामर्श दाताको छनोट पछि पुल, टर्नेललगायतका काम तीब्र गतिमा अघि बढ्ने बताए । उनले आयोजनाका कामलाई १३ भागमा बाँडिएको र सोहि अनुसार काम हुने पनि जनाए ।

प्रतिक्रिया