आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनकाे १३औं दिन देउवाले एकाएक किन गरे प्रचण्ड-बाबुरामसहित यी ५ नेतालाई फाेन ? कारण यस्ताे छ

प्रकाशित
2K
SHARES

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्ने भन्दै सक्रियता देखाएका छन्।

देउवाले पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेका हुन्।

आइतबार सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोन गरी कोरोना संक्रमणसँग जुध्न सरकारले गरेका तयारी र अब चाल्नु पर्ने कदमबारे छलफल गरेको देउवाको सचिवालयले जानकारी दिएको छ।

‘कोरोना संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले काम गर्न सभापतिज्यूले पूर्वप्रधानमन्त्रीहरूसँग कुराकानी गर्नुभएको हो,’ देउवाको सचिवालय स्रोतले भन्यो।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरू र मन्त्रिपरिषदका पूर्वअध्यक्षसँग कुराकानी गरेर कोरोना संक्रमण संकटबारे कुराकानी गरेको जानकारी दिए।

सभापति देउवाको आग्रहलाई सबैले सकरात्मक रूपले नै लिएको र संकटका बेला सबै एक भएर मिलेर जानुपर्नेमा जोड दिएको शर्माको भनाइ छ। देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रचण्ड, वरिष्ठ नेता खनाल र नेपालसँग सरकारका कमीकमजोरी छन् भने सच्याएर जानुपर्ने पनि बताएका थिए।

यसैबीच नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर लकडाउन गरेपछि विशेषतः भारतमा श्रम गर्न गएका नेपालीहरू अलपत्र परेको भन्दै उनीहरुको उद्धार र आवश्यक राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।

ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले सरकारले सीमामा अलपत्र परेका नेपाली श्रमिकको तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । ‘राज्यका नागरिकलाई परेको समस्या समाधान गर्ने दायित्व सरकारको हो, सरकारले यथाशीघ्र सीमामा रहेका नागरिकको उद्धार गर्नुपर्छ,’ उनले भने ।

महासचिव कुँवरले सरकारले हालै अत्यावश्यक सेवा तथा वस्तु उत्पादन गर्ने कम्पनीलाई खोल्न दिने निर्णय गर्नु र अर्कोतर्फ नागरिकलाई लकडाउनको पूर्णपालना गर्न लगाउने कुरा विरोधाभाषपूर्ण भएको बताए । उद्योग व्यवसाय सञ्चालन हुँदा माहामारी थप फैलनसक्ने भएकाले हाल कुनै पनि उद्योग कारखाना सञ्चालन गर्न नहुने उनको भनाइ छ ।

अत्यावश्यक सेवा वस्तु उत्पादन गर्नुपर्दा श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, सङ्क्रमण फैलन नदिन अपनाउनुपर्ने सबै मापदण्डको पालना र राज्यको तर्फबाट प्रभावकारी अनुगमनको व्यवस्था गरेर मात्र सञ्चालनमा ल्याउन नेपाल ट्रेड युनियन काँग्रेसले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया