आज : गते

ताजा शिर्षकहरु

फ्रान्सले देशकै मुख्य बजारमा किन राख्याे कोरोना संक्रमित १ हजार बढी शव, कारण सुन्दा विश्व नै चकित

प्रकाशित
2.7K
SHARES

फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा रहेको रोँजिस इन्टरनेशनल संसारको सबैभन्दा ठूलो थोक बजार हो । कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएपछि शवको व्यवस्थापनका लागि अहिले यो बजारलाई अस्थायी शवगृह बनाइएको छ ।

फ्रान्समा हालसम्मा कोरोना भाइरसका कारण ७ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । तर, अस्थायी शवगृह बनाइएपनि उक्त बजार भने बन्द गरिएको छैन । बजारमा मानिसहरुको चहलपहल र सामानको कारोबार पनि नियमित भइरहेको छ ।

पेरिसको दक्षिणी क्षेत्रमा रहेको उक्त बजारमा १ हजारभन्दा धेरै कफिन अट्नेगरी शवगृह बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शव नबिग्रियोस् भन्नाका लागि शवगृहमा चिस्यानको समेत बन्दोबस्त गरिएको छ ।

कोरोना भाइरसका कारण मृत्यु भएका मानिसहरुको शव राख्नका लागि पर्याप्त स्थान नभएका कारण बजारलाई नै अस्थायी शवगृह बनाउनुपरेको प्रहरीले जनाएको छ । जसले विश्वलाइ नै अाश्चार्यमा पारेकाे छ ।  शुक्रबारबाट शवहरु आउन शुरु भएको र सोमबारबाट आफन्तहरुलाई उच्च सतकर्तासाथ शव हेर्न दिइने जनाइएको छ ।

थोक बजारको एउटा कुनामा बनाइएका कारण शवगृहले बजारमा हुने कारोबारमा कुनै असर नपर्ने जनाइएको छ । ५७५ एकड क्षेत्रफलमा फैलिएको उक्त बजारमा १५ हजारभन्दा धेरैले काम गर्दै आएका छन् ।

यस्तै पूरै विश्व कोरोना भाइरसको संक्रमण फैलिएको छ तर यो महामारीले सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । इटालीका आधिकारीका अनुसार शनिवार भी यस भाइरसका कारण ६८१ जनाको मृत्यु भएको छ र कुल मिलाएर यो आकडा १५ हजार ३ सय ६२ सम्म पुगेको छ ।

तर शनिवारपछि इटालीमा आशाको पहिलो किरण देखिएको छ । इटालीको सर्वसाधारणको सुरक्षा गर्ने वाला सिभिल प्रोटेक्सन डिभिजनका अनुसार देशमा यस्ता बिरामीको स.खयामा पहिलो पटक कमी देखिएको छ । जसको उपचार आइसीयुमा भइरहेको छ ।

इटालीका सिविल प्राटेक्सन डिभिजनका प्रमुख एन्जेलो बोर्रेलीले सञ्चारमाध्यममा बताए अनुसार शुक्रवार इटलीका अस्पतालमा क्रिटिकल बिरामीको संख्या ४ हजार ६८ थियो जो शनिवार कम भएर ३ हजार ९ सय ९४ भएको छ । \उनका अनुसार यो निकै खुसीको कुरा हो जब क्रिटिकल बिरामीको सख्या पहिलपटक घटेको छ । यसबाट केही राहत मिलेको छ ।

यता कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शनिबारसम्म १५३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा ९९, पाकिस्तानमा ४१, बंगलादेशमा ८, अफगानिस्तामा ७ र श्रीलंकामा ५ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या १५३ पुगेको हो ।

माल्दिभ्स र नेपालमा संक्रमणका घटना बढिरहेको भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख देखिएको छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन । सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् ।

कोरोनाको कहर कस्तो छ सार्क राष्ट्रमा ?
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ । भारतमा शनिबार थप १३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

भारतमा एकैदिन ५ सय २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ५८८ पुगेको छ । भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । ३ हजार २६० जना उपचाररत छन् ।

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ । कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ४१ जनाको मृत्यु भएको छ भने २ हजार ८१८ जना संक्रमित भएका छन् ।

कोरोनाका कारण शनिबार मात्रै पाकिस्तानमा थप एक जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।पाकिस्तानमा शनिबार १ सय ३२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ हजार ८१८ पुगेको हो ।

पाकिस्तानमा संक्रमितमध्ये १३१ जना उपचारपछि निको भएका छन् । २ हजार ६४६ जना उपचाररत छन् । उनीहरुमध्ये १३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ ।

बंगलादेशमा शनिबार थप २ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । त्यसैगरी शनिबार थप ९ जनामा संक्रमण देखिएसँगै बंगलादेशमा हालसम्म संक्रमितको संख्या ७० पुगेको छ ।

बंगलादेशमा संक्रमित ७० जना मध्ये ३० जना उपचारपछि निको भइसकेको छन् । ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सार्क राष्ट्रहरुमध्ये अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । अफगानिस्तामा हालसम्म ७ जनाको मृत्य भएको छ ।

अफगानिस्तामा शनिबार थप १ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । विहीबार थप १८ जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या २९९ पुगेको छ । अफगानिस्तानमा संक्रमितमध्ये १० जना उपचारपछि निको भएका छन् । २८२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ । कोरोनाका कारण श्रीलंकाका शनिबार थप एक जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

श्रीलंकामा विहीबार थप ७ जनामा कोरोनाको संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १६६ पुगेको छ । जसमध्ये २७ जना उपचारपछि निको भएका छन् भने १३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत संक्रमितमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । विहीबार थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

जसमध्ये एक जना संक्रमित उपचारपछि निको भइसकेका छन् भने अन्य ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखिका एक जना बाहेक अरु सबै विदेशबाट आएकाहरुमा देखिएको हो ।

नेपालले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्नका लागि उच्च सुरक्षा सतर्कता अपनाएको छ । सरकाले लकडाउन लागू गरेको शनिबार १३ औं दिन पुगिसकेको छ ।

सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा शनिबार संक्रमित र मृत्यु हुने नयाँ घटना नदेखिए पनि हालसम्म १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जसमध्ये १३ जना संक्रमित उपचारपछि निको भइसेका छन् भने ६ जनाको विभिन्न उपचार भइरहेको जनाइएको छ ।

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण भुटानमा देखिएको छ । भुटानमा हालसम्म संक्रमितको संख्या ५ रहेको छ । भुटानमा संक्रमित ५ जना मध्ये २ जनोको उपचारपछि निको भइसकेको छ भने अन्य ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट आइतबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ६४ हजार ७२७ पुगेको छ । विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ९६४ पुगेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर छ ।

प्रतिक्रिया