आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भर्खरै सकियाे मन्त्रीपरिषदकाे आकस्मिक बैठक, लकडाउनबारे गर्याे यस्ता कडा निर्णय

प्रकाशित
5.7K
SHARES

काठमाडाैं । कैलालीमा २ र कञ्चनपुरमा १ गरी तीन जनामा काेराेना देखिएपछि बसकेाे मन्त्रिपरिषदको आकस्मिक बैठक सकिएकाे छ । शनिबार बसेको बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ ।

चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।

बाहिरबाट आउनेमा कोरोना संक्रमण बढेको पाएपछि लकडाउनलाई पूर्ण पालना गर्न सबै निकायलाई निर्देशन दिने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री खतिवडाले जानकारी दिए ।

कैलाली कञ्चनपुर र बाग्लुंगमा नयाँ संक्रमण देखा परेकोले ति क्षेत्रमा संभाब्य ब्यक्तिको परिक्षण गर्ने र शंकामा भएका ब्यक्तिलाई पुन परिक्षण गर्ने योजना रहेको बताए । ति क्षेत्रमा र्यापिड परिक्षण गर्ने उनले बताए ।

मन्त्रिपरिषदको बैठकले स्वास्थ्य कर्मीलाई प्रोत्साहन भक्ताका साथै स्वास्थ्य उपकरणको छिटो उपलब्ध गराउने, बाधा उत्पन्न गर्ने बाधा पुर्याउनेलाइए कारबाही गर्ने, उपचारमा स।लग्न चिकित्सकको सुरक्षा प्रत्याभूति गर्ने निर्णय गरेको छ ।

यसैबीच सरकारले घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन सबैलाई पुनः आग्रह गरेको छ । १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई पनि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन सरकारले आग्रह गरेको छ ।

सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न सरकारले आग्रह गरेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घाेषाणा गरेका छन् ।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनैजनामा संक्रमण पोजेटिभ पाइएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । यसले नेपालमै रहेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पाइएकाले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको डा. देवकोटाले बताए । १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई पनि पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पाइएकाले क्वारेन्टाइनको अवधि बढ्न सक्ने उनले बताए ।

नियमित पत्रकार सम्मेलनमा डा. देवकोटाले भने, ‘अहिले १४ दिन क्रस गर्दाखेरि पनि पुनः परीक्षण गर्दा केहीलाई पोजेटिभ देखिएको छ । त्यो हिसाबले हेर्दाखेरि क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ । यहाँहरु क्वारेन्टाइनमै बसिदिनुहोला ।’

सबैलाई पुनः आग्रह गरेको छ । १४ दिनको बसीसकेको अवस्थामा अझै पनि बस्नुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेल्फ क्वारेन्टाइनमा बस्ने अवधि बढ्न सक्ने बताएका छन् ।

कोरोना संक्रमित कैलालीका युवक, २४ घण्टासम्म हजार जनाको बीचमा थिए
शनिबार कोरोना भाइरस संक्रमणको पुष्टि भएका सुदूरपश्चिमका ३ जनामध्ये कैलालीका १ युवकले भारतबाट नेपाल आउँदा १ हजार भन्दा बढी जनाको भिडमा २४ घण्टा विताएको खुलेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका घर भइका २१ वर्षीय युवक गत चैत ११ गते कैलालीको त्रिनगर (गौरीफन्टा) नाकामा जम्मा भएको करिब १ हजार जनाको भिडमा २४ घण्टा बसेर आएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार, सरकारले लकडाउन र सीमा नाका बन्द गरे लगत्तै उनी कैलालीको गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाराबाजीमा उत्रिएको भीडमा सहभागी थिए ।

पछि मन्त्रीपरिषद् बैठकको निर्णयपछि सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बस मार्फत गन्तव्य पठाएको थियो । ११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो ।

उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाइनमा ल्याइएको थियो । नमूना संकलन गरी परिक्षणका लागि काठमाडौं ल्याइएकोमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनमा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिएको हो । कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भएपछि उनलाई अहिले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पु¥याइएको छ ।

तर, गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका अधिकांश घर गएका छन् । त्यसमध्ये धेरै व्यक्ति भने क्वारेन्टाइनमा नबसी सिधै परिवारको तथा गाउँलेको सम्पर्कमा पुगेका छन् । जसका कारण अहिले सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोनो संक्रमणको त्रास बढेको छ ।

tf नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोक्न र जनतालाई आश्वस्त बनाउन केपी वली सरकारले नसकेको ठहर गर्दै यसको प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिँदै पार्टीले गर्ने ६ कार्यको सूची पनि प्रस्तुत गरेका छन् । कोरोना सङ्क्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारी स्तरबाट भएको भ्रष्टाचारको भन्डाफोर जारी राखिने स्पष्ट पार्दै महासचिव विप्लवले आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन पनि पार्टीपङ्क्तिलाई सचेत गराएका छन् ।

महासचिव विप्लवले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘चीनको वुहान सहरबाट देखापरेको कोरोना भाइरस अहिले विश्वलाई नै प्रभावित पार्ने गरी फैलिरहेको छ । यसले हजारौँको ज्यान लिइसकेको छ, लाखौँमा सङ्क्रमित भएको छ, अर्बौं मानिसलाई भयभीत बनाएको छ । यो भाइरसको प्रभावलाई मानिसहरूले दोस्रो विश्वयुद्धपछिको सङ्कट भत्र थालेका छन् । यसले विश्व–अर्थव्यवस्थामा गम्भीर प्रभाव पार्ने आँकलन गरिएको छ ।’

कोरोना सङ्क्रमण फैलिँदा पनि सरकारी स्तरबाट पहल नलिइएको र सरकारमा सामेल मान्छेहरू उल्टै भ्रष्टाचारमा रमाएको सन्दर्भ उल्लेख गर्दै वक्तव्यमा अगाडि भनिएको छ, ‘चीनको वुहान सहरमा यो रोग देखिएपछि विश्वका तमाम देशहरूसहित नेपालमा पनि रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो तर पुँजीवादी व्यवस्था भएका देशहरूको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृत्तिका कारण त्यहाँका जनताले ठूलो क्षति बेहोर्नु पर्ने अवस्था पैदा भयो ।

साथै नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौँ नेपाली नागरिकहरूले विविध खालका समस्याहरू भोग्नु परिरहेको छ । जस्तो कि चीनमा कोरोना प्रकोप बढेसँगै त्यसको फैलावट हुनसक्ने सम्भवनाका बारेमा चर्चा गरे पनि रोकथामका उपायबारे पहल गरिएन । अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गर्नेलाई समयमै परीक्षण गरिएन । यसप्रकारको समस्या देखापरेपछि विदेशमा रहेका नेपाली नागरिकलाई देशमा ल्याउने सरकारी पहलकदमी शून्य रह्यो । ठूलो दबाबबाट मात्र चीनबाट केही विद्यार्थी नेपाल ल्याइयो ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘नेपाल–भारत नाका नेपालीहरू स्वदेश फर्कनेबाहेक सम्पूर्ण भारतीयलगायत विदेशी नागरिकहरूका लागि बन्द गरिनुपथ्र्यो । तर कतिपय सरकारी संयन्त्र नै सीमा बन्द नगर्ने पक्षमा रहेको देखाप¥यो । कोरोना प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि त्यसबारे आवश्यक पर्ने सामग्री आयात तथा उत्पादन गर्न कुनै पहल गरिएन । भारतमा पनि कोरोना प्रकोप बढेपछि स्वाभाविक रूपमा खुला सिमाना रहेको भारतबाट नेपालीहरू नेपाल आउने प्रक्रिया बढ्यो । तर यसप्रकारका नागरिकलाई सीमा क्षेत्रमा रोकी देश प्रवेशमा प्रतिबन्ध गरियो र अमानवीय व्यवहार सरकारले देखायो ।

कोरोना सङ्क्रमणसँगै आवश्यक औजार, उपकरण खरिदप्रक्रिया सुरु गरियो तर यो काम समयमा भएन र गरिएको पहलमा पनि कमिसन, घूसखोरी, नाफाखोरी गर्न खोजियो । विदेशमा रहेका नागरिकलाई हवाईजहाजबाट स्वदेश ल्याउँदा टिकटबाट आउने रकममा समेत कमिसनखोरी गरियो । कोरोनाको आशङ्कामा निजी क्षेत्रबाट चलेका अस्पतालहरूले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यानसमेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन ।’

विज्ञप्तिमा अझ अगाडि भनिएको छ, ‘बिरामीहरू कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरूको सूचना सरकारले लुकाएको हुनसक्ने आशङ्का बढेको देखियो । चितवनलगायत विभिन्न स्थानहरूमा सयौँ शैय्याको अस्पताल निर्माण गरेको प्रचारबाजी गरे पनि त्यसप्रकारका अस्पतालको प्रयोजन नभएको वा अस्पताल नै नभैकन प्रचार सामग्री मात्र तयार गरिएको देखियो । कोरोना भाइरस सङ्क्रमित भएको आशङ्कामा त्यस्ता बिरामीको उपचार गर्नुको बदला केही बिरामीलाई देशका विभित्र अस्पतालहरू घुमाएको पाइयो ।

क्वारेन्टाइनमा राखिएका मानिसहरूलाई परिवारसँगको भेटघाट तथा असुरक्षित सम्पर्कबाट अलग गर्नुपर्ने अवस्थामा सुरक्षित संयन्त्र बनाएर उनीहरूको खाने, बस्ने, पिउने व्यवस्था गर्नुपर्नेमा त्यसो नगरिएको, नियमित स्वास्थ्य जाँच र औषधी वितरणको व्यवस्था नगरिएको अवस्था देखाप¥यो । कोरोनाको निहुँमा सम्पूर्ण क्षेत्रमा कालोबजारी, भ्रष्टाचार, अनियमितता बढाइएको अवस्था रह्यो । बाहिर भ्रष्टाचार नगर्ने र गर्न नदिने नारा दिए पनि भित्र स्वयम् सरकार भ्रष्टाचारमा संलग्न रहेको देखापर्यो ।’

कोरोना प्रकोप बढिरहँदा सरकारी पक्षबाट देखाइएको नालायकी र गैरजिम्मेवारीका बारेमा प्रस्ट पार्दै विज्ञप्तिमा भनिएको छ, ‘कोरोना प्रकोप देखिएसँगै दैनिक आवश्यक वस्तुमा अत्यधिक मूल्य वृद्धि गरिएको छ । आपूर्ति व्यवस्था कमजोर रहेको छ । स्वास्थ्य क्षेत्रमा उपयोग गर्नका लागि आयात गरिएका उपचारका सामानहरू विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरूप हुन सकेनन् । चिकित्सकहरूले त्यसको प्रयोग गर्न अस्वीकार गरे । यसबाट के प्रस्ट भएको छ भने कोरोना भाइरस महामारीका विरुद्धको सङ्घर्षमा नेपालको दलाल पुँजीवादी सत्ता र सरकार असफल भएको मात्र छैन, जनताका दृष्टिमा भ्रष्ट र बदनाम पनि हुन पुगेको छ ।’

प्रतिक्रिया