आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्व नै काेराेनाकाे त्रासमा रहेका बेला चीनबाट आयो अहिलेसम्मकै खुसीको खबर, बन्याे यस्ताे भ्याक्सिन

प्रकाशित
6.6K
SHARES

एजेन्सी । कोरोना भाइरसको ‘सम्भावित परीक्षण भ्याक्सिन’ लगाएकामध्ये पहिलो समूहका १४ जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन् । उनीहरुले स्वास्थलाभ गरिरहेको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यम डेली मेलले जनाएको छ ।

अनुसन्धान टोलीले ‘क्लिनिकल ट्रायल’ मा सहभागी सबै स्वयंम्सेवकलाई आगामी ६ महिनासम्म निगरानी गर्नेछ र एन्टीबडिज परीक्षणका लागि उनीहरुको ब्लड स्याम्पल लिनेछ । वैज्ञानिकहरुले भ्याक्सिनको प्रभावकारीता प्रमाणित गर्न विदेशमा थप व्यक्तिमा परीक्षण गर्ने योजना रहेको बताएका छन् ।

१७ मार्चमा चीनले पहिलोपटक सम्भावित कोरोना भाइरस भ्याक्सिनका लागि ‘क्लिनिकल ट्रायल’ सुरु गरेको थियो, चीनका शीर्ष सैनिक बायो– वारफेयर विज्ञ चेन वी नेतृत्वको टोलीले यस्तो भ्याक्सिनको विकास गरेको हो ।

१८ देखि ६० वर्ष उमेर समुहका कुल १ सय ८ स्वस्थ व्यक्तिलाई यस्तो भ्याक्सिन लगाइएको थियो । उनीहरुलाई तीन समुहमा विभाजन गरेर फरक मितिमा विभिन्न परिमाणका भ्याक्सिन लगाइएको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै डेली मेलले लेखेको छ ।

यसपछि अवस्था निगरानीका लागि उनीहरुलाई उहान स्पेशल सर्भिस हेल्थ सेन्टरस्थित आइशोलेसनमा राखियो । फरक मितिमा इन्जेक्सन लगाइएकाले फरक मितिमै उनीहरुको मेडिकल परीक्षण पूरा हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

‘मेरो स्वास्थ यो अवधीमा पूर्ण ठिक रह्यो । मैले कहिल्यै बिरामी वा पीडादायी अनुभव गरिँन,’ निगरानी अवधी समाप्त भएपछि निस्कदैं गरेका पहिलो समूहका एक सहभागीले पियर भिडियोमार्फत भनेका छन्, ‘मलाई जहाँ इन्जेक्सन लगाइएको थियो, त्यहाँ सुरुका केही दिन हल्का दुख्यो । म यस भ्याक्सिनलाई लिएर पूर्णत विश्वस्त छु । मलाई आशा छ यो छिट्टै सार्वजनिक हुनेछ ।’

अर्का एक सहभागीले आफु दैनिक जीवनमा फर्किइसकेको र सबै सामान्य रहेको बताएका छन् । ‘नियमित सुईभन्दा यो फरक थिएन । लामखुट्टेले टोकेजस्तो महसुस भयो,’ जिन गुआनपिङले साउर्थन मेट्रोपालिस डेलीसँग भनेका छन् ।

अनुुसन्धानकर्ताहरुले पहिलो परीक्षणको नतिजा सकारात्मक आएमा अन्तर्राष्ट्रिय रुपमै यसलाई बिस्तार गरिने जनाएका छन् । ‘यदी सुरुवाती नतिजाले भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी देखाएमा हामी अन्तर्राष्ट्रिय सहकार्यमार्फत विदेशमा पनि यसको प्रभावकारीताबारे जाँच गर्नेछौं,’ चेन वेईले भनेकी थिइन् ।

चाइना डेलीले यसको क्लिनिकल परीक्षण अप्रिलमा प्रकाशित गर्ने जनाएको थियो । इबोलालगायत भ्याक्सिनहरुबारे महिना दिनभन्दा लामो समयसम्म अध्ययन र अनुसन्धान गेपछि ‘रि कम्बिनेन्ट नोबेल कोरोनाभाइरस भ्याक्सिन’ विकास गरिएको थियो ।

को हुन् वी ?
५४ वर्षीय चेन वी जेनेटिक इन्जिनियरिङ भ्याक्सिनबारे चीनकी अग्रणी विशेषज्ञ हुन् । यसअघि सार्स महामारीको समय २००३ मा मेडिकल स्प्रे विकास गरेका थिए । चीनको सरकारी मिडिया रिपोर्टका अनुसार यस स्प्रेले झन्डै १४ हजार स्वास्थकर्मीलाई भाइरसको संक्रमणबाट जोगाएको थियो ।

यी वैज्ञानिक चीनमा ‘टर्मिनेटर अफ इबोला’ भनेर पनि चिनिन्छिन् । उनको टोलीले यस प्राणघातक रोगको भ्याक्सिन बनाएको थियो । उनी चिनियाँ जनमुक्ती सेनाकी मेजर जनरल हुन् । ‘यो महामारी सैन्य अवस्थाजस्तै हो । इपिसेन्टर र युद्धमैदान बराबर हो,’ नोबेल कोरोना भाइरसको लडाँइबारे चेनले भनेकी छिन् ।

यसअघि अमेरिकाको एक टोलीले पनि मुसामा कोरोनाको सम्भावित भ्याक्सिन परीक्षण गरेको थियो । यस टोलीले परीक्षणलाई सार्वजनिक रुपमा उपलब्ध गराउन कम्तिमा १२ देखि १८ महिना लाग्ने जनाएको छ ।

यसक्रममा हरेक दिन दशौं हजार डोज भ्याक्सिन उत्पादन गर्नुपर्ने टोलीले जनाएको थियो । यो टोलीले मानिसमा पहिलो परीक्षण गर्नका लागि अमेरिकी खाद्य तथा औषधी प्रशासनसँग अनुमति लिदैंछ र केही महिनाभित्रै परीक्षण सुरु गर्ने आशा व्यक्त गरेको छ ।

यसैबीच शनिबार चीनका सरकारी डिजिटल प्रकाशनहरु ब्ल्याक एन हवाइट बनाइएका छन् । कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा सरकारले शनिबार शोक दिवस मनाउने घोषणा गरेपछि ग्लोबल टाइम्स, पिपुल्स डेल्ली, सिन्हा लगायतका सरकारी डिजिटल प्रकाशनहरु ब्ल्याक एन ह्वाइटका रुपमा प्रकाशित गरिएका हुन् ।

स्मृति दिवस मनाउने क्रममा स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म देशभर मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।

मौनधारणमा सहभागीहरुले मृतकको सम्मान र सम्झना गरेको अधिकारीहरुले जनाएका छन । मौनधारणका बेला सबै सवारी साधनहरु जहाँको तहिँ रोकिएका थिए भने, राष्ट्रिय झण्डा झुकाइएको थियो । मौनधारण कार्यक्रम चीन बाहिर रहेका कुटनितिक निकायहरुमा समेत गरिएको थियो । यस कार्यक्रममा करौडौ व्यक्ति सहभागी रहेको समाचारमा जनाइएको छ ।

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा ३ हजार ३२६ व्यक्तिको मृत्यु भइसकेको छ । यस भाइरसको कारण अझै पनि ८१ हजारभन्दा बढी व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा १४ जना स्वास्थ्यकर्मीले पनि ज्यान गुमाएका छन् । श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउने नौलो संक्रमण फैलिएको पत्ता लगाउने चिकिसक लि बेन्लियाङको पनि सोही संक्रमणका कारण मृत्यु भएको थियो । चीनमा दिवङ्गत मान्छेको सम्झना गरिने चिन्मिङ पर्वको अवसर पारेर सरकारले मौनधारण कार्यक्रम तय गरेको बताइएको छ ।

उता विश्वभर कोरोनाभाईरस फैलिएपछि शक्तिशाली राष्ट्रहरुले चीनलाई निशाना बनाउन थालेका छन् । अमेरिकापछि अब बेलायत र अष्ट्रेलिया चीनविरुद्ध आमनेसामनेमा उभिएका छन् । कोरोनाभाईरसको उद्गमस्थलको रुपमा चर्चित चीनको ‘वेट मार्केट’ पुनः सुचारु भएपछि अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले गम्भिर आपत्ति जनाएका छन् ।

मोरिसनले चीनमाथि कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग समेत माँग गरेका छन् । वेट मार्केटमा संमुद्री तथा जंगली जीवहरुको मासु बेचविखन गर्ने गरिन्छ । उक्त मार्केटबाटै बेचिएको चमेरोबाट मानिसमा कोरोनाभाइरस सरेको बताईन्छ ।

भाईरससम्वन्धि अन्तर्राष्ट्रिय विज्ञहरुले कुकुर, विरालो, चमेरो र अन्य जंगली जनावरहरुको मासु नखान तथा खरीदविक्री नगर्न दिएको सुझावलाई नजरअन्दाज गर्दै यसरी चीनले सो मार्केट पुनः खालेपछि अष्ट्रलियन प्रधानमन्त्री क्रोधत बनेका छन् ।

एक स्थानीय रेडियोमा अन्तरर्वाता दिँदै मोरिसनले उक्त मार्केट रहे विश्वभरीको मानव समूदायको जीवन खतरामा रह्ने भन्दै उनले संयुक्त राष्ट्रसंघले चीनलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, कोरोनाभाइरविरुद्ध लड्ने चीनको तरिकालाई लिएर बेलायत पनि क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन नै कोरोना संक्रमित बनेपछि चीनविरुद्ध बेलायत क्रुध बनेको हो । एक बेलायती अधिकारीले भनेका छन् कि कोभिड–१९ को संकट समाप्त भएपछि बेइजिंगसँग “हिसाब” लिइने छ ।

बेलायतका सरकारी अधिकारीहरूले चीनले उसको सीमाभित्र फैलिएको कोरोनाभाइरसको प्रकोपको गम्भीरताबारे तथ्यहरु लुकाएको भन्दै असन्तुष्टि जनाएको एक स्थानीय अखबार मेलले उल्लेख गरेको छ ।

उक्त अखबारका अनुसार वैज्ञानिकहरूले जोनसनलाई बताएका छन कि कोरोनाभाइरसबाट संक्रमितको संख्यालाई चीनले १५ गुणासम्म घटाएर भनेको हुन्सक्छ । चीनले हालसम्म ८१ हजार संक्रमित भएको मात्र स्वीकार गरेका छ । बेलायतका एक मन्त्री माइकल गोभले बीबीसीलाई भनेका छन( चीनले सार्वजनिक गरेको तथ्यांकमा शंका गर्ने धेरै ठाउँ छ ।

उनले चीनमा कोरोनाभाइरसको पहिलो संक्रमित डिसेम्बरमै देखिएको थियो तर यसको मापन, प्रकृति र संक्रमणको गहिराईबारे चीनले स्पष्ट रुपले केही पनि नबताएको आरोप लगाएका छन् । चिनियाँ सरकारले कोरोनाभाइरसबाट मात्र ३ हजार २ सय ४ जनाको मृत्युको खुलासा गरेको छ ।

तर रेडियो फ्रि एशियाका अनुसार वुहानमा अनुमानित ४२ हजार शवहरुको अन्त्येष्टि गरिएको छ । बेलायती अधिकारीहरूले यो भाइरससँग लड्न प्रयास गरिरहेका अन्य देशहरूलाई सहयोग प्रदान गर्दै चीनले आफ्नो आर्थिक शक्ति पनि विस्तार गर्ने कोशिश गरिरहेको आरोप लगाएको छ ।

उक्त अखबारले बेलायतका तीन अधिकारीहरूलाई उद्धृत गर्दै बेलायत सरकार चीनसँग क्रुद्ध बनेको उल्लेख गरेको छ । उनीहरुले कोरोनोको प्रभाव सकिएपछि चीनसँगको आफ्नो कुटनीतिक सम्बन्धको बारेमा पुनःबिचार गर्ने र हिसाव(किताब लिने पनि बताएका छन् ।

उक्त अखबारले बेलायत सरकारले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५ जी वायरलेस नेटवर्कको विकास गर्न दिने निर्णयलाई समेत उल्ट्याउन सक्ने उल्लेख गरेको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५ जी वायरलेस नेटवर्कको विकास गर्न दिने बेलायतको यो निर्णयमा अमेरिकी राष्ट्रपनि ट्रम्प पनि असन्तुष्ट बन्दै आएका थिए । सो निर्णयप्रति कन्जरभेटिभ पार्टीका सांसदहरू पनि रुष्ट बनेका थिए । एक बेलायती मन्त्रीले भने भनेका छन, ‘हामी हुवावे जस्तै कम्पनीहरु हाम्रो अर्थव्यवस्थामा अनुमति दिइरहेका छौं, यसबारे हामीले पुनर्विचार गर्नुपर्दछ ।’

बेलायती प्रधानमन्त्रीले युकेका प्रत्येक घरलाई पत्र लेख्दै कोरोना भाइरसको जोखिम रोक्न सामाजिक दूरीका नियमहरू पालना गर्न आग्रह गरेका छन् । पत्रमा उनले आफूमा कोभिड– १९ पोसिटिभ रहेको जानकारी दिँदै चाँडै सुधार आउने बताएका छन् ।

प्रतिक्रिया