आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हजारौं नेपाली युवाको आश्रयस्थल कुवेतमा पहिलोपटक काेराेनाबाट एक जनाकाे मृत्यु , यस्ताे छ थप अपडेट

प्रकाशित
1.9K
SHARES

काठमाडौं । हजारौं नेपाली युवाको आश्रयस्थल कुवेतमा कोरोनाभाइरस सङ्क्रमणबाट शनिबार एक व्यक्तिको मृत्यु भएको छ । त्यहाँको सरकारी समाचार संस्था कुवेत न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्ला अल सनदलाई उद्धृत गर्दै समाचार पुष्टि गरेको छ ।

कुवेतमा विगत २४ घण्टामा ६२ जना थप व्यक्तिमा सङ्क्रमण देखिएको छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४७९ पुगेको छ । यसैबीच, थप ११ जना व्यक्तिमा कोभिड–१९ निको भएको त्यहाँका स्वास्थ्यमन्त्री बसेल अल सबाले बताएको एजेन्सीले जनाएको छ । कुवेतमा ९३ सङ्क्रमित निको भइसकेको सरकारी आँकडा छ ।

उता कोरोना भाइरस संक्रमण भई आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायती संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई एक सामूहिक छलफलको निम्ता दिएका छन् ।

सबै दलका नेताहरूलाई आगामी हप्ताको बैठकमा उपस्थित हुनका लागि शनिबार पत्र काटेको जोन्सनले ट्विटरमा जानकारी दिएका छन् । आफ्नो हस्ताक्षर सहितको पत्रको एक तस्वीर पनि उनले सँगै पोस्ट गरेका छन् ।

पत्रमा सबै नेताहरूलाई प्रधानमन्त्री, मुख्य स्वास्थ्य अधिकृत र मुख्य वैज्ञानिक सल्लाहकारसमेत सहभागी हुने बैठकमा आउनू भनेर भनिएको छ । बैठकको मिति र समय भने यकिन भएको छैन ।

उनले भनेका छन्, “म तपाईंहरूका कुरा सुन्न चाहन्छु र हामीले लिएका परीक्षणको विस्तार अनि देशभरिका नागरिक तथा व्यवसायलाई गरिएको आर्थिक सहयोग लगायतका कदमबारे जानकारी दिन चाहान्छु ।”

“मेरो नेतृत्वको सरकारले सधैँ राष्ट्रिय हितमा काम गर्नेछ । यो सर्वोत्कृष्ट वैज्ञानिक प्रमाणबाट निर्देशित छ । हामी यस महामारीलाई हटाउनका लागि सबै राजनीतिक दलसँग रचनात्मक तरिकामा संलग्न हुनेछौँ,” प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन् ।

यस्तै अमेरिकाकी चर्चित लेखिका तथा गायिका पिङ्कले आफूलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको घोषणा गरेकी छिन् । साथै, उनले आफूले फिलाडेल्फियाको एक अस्पताललाई पाँच लाख डलर बराबरको सहयोग गर्ने र अस्पतालले उक्त रकममा कोभिड-१९ बाट पीडितको उपचारमा खर्च गर्ने जानकारी दिएकी छिन् ।

त्यस बाहेको अर्को पाँच लाख डलर लस एन्जलसका मेयरको राहत कोषमा दिने पनि उनले घोषणा गरिन् । यद्यपि पिङ्क र संक्रमणको लक्षण देखिएको उनको तीन वर्षे छोराको दोस्रो परीक्षण भने निगेटिभ भइसकेको उनले दाबी गरेकी छिन् ।

ग्रामी अवार्ड जितेकी चर्चित गायिकाले ट्रम्प सरकारको आलोचना गर्दै लेखेकी छिन्, “परीक्षणलाई अझ विस्तारित पहुँचमा पुर्‍याउन नसक्नु हाम्रो सरकारको पूर्ण असफलता हो । यो रोग गम्भीर छ र वास्तविक हो । हामीले परीक्षणलाई निःशुल्क र सबैको पहुँचमा पुर्‍याएर हाम्रा बालबालिका, परिवार, साथीसङ्गी र समुदाय बचाउनुपर्छ ।”

प्रतिक्रिया