आज : गते

ताजा शिर्षकहरु

जानी राखौं क्वारेन्टाइनमा बसेको बेला के खाने, के नखाने ?

प्रकाशित
1.6K
SHARES

काठमाडौं । क्वारेन्टाइनमा बसेको बेला अन्य समयभन्दा बढि आफ्नो स्वास्थ्य प्रति सचेत हुन आवश्यक छ । यस बेलामा सन्तुलित खालको खानेकुरा खाने गर्नुपर्दछ। यस्तो बेलामा प्याकेटमा बन्द, डिब्बा बन्द खानेकुरा, नून तथा चीनीको सेवन कम मात्रामा गर्नुपर्छ । घरमा बनेका स्वस्थ र पौष्टिक भोजन खानुपर्छ । यसका साथै चिया अथवा कफिको सेवन धेरै गर्नु हुँदैन ।

के खाँदा राम्रो ?
आफ्नो पौष्टिक आहारमा धेरैभन्दा धेरै फाइबरयुक्त खानेकुराहरु जस्तै तरकारी, फलफुल, दाल, गेडागुडि, ओट्स, ब्राउन पास्ता, ब्राउन राइस आदि खानेकुरा समावेश गर्नुपर्छ । यसले पाचन क्रिया राम्रो हुन्छ भने एसिडिटी, कब्जियत र अन्य समस्याहरुको सामना गर्नु पर्दैन ।

क्वारेन्टाइनको क्रममा शरीरलाई हाइड्रेट राख्नका लागि दिनभरीमा कम्तिमा पनि ८–९ गिलास पानी पिउनु पर्छ । यसका साथै दिनमा दुई पटक ग्रीन टी, एक गिलास कागती पानी पिउनु पर्छ । एक गिलास जूस अथवा एक गिलास दुध सेवन गर्नु पर्छ ।

पानीमा अमिलो फलहरु, काँक्रो अथवा जडिबुटि, पुदिना, बेरीज, रोजमेरी आदिलाई मिसाएर पिउन सकिन्छ ।
मदिरा सेबन गर्नु हुदैन, मदिरा पिउदा कोरोनाको खतरा झन् बढ्छ ।

चुरोट झन खानै हुदैन। कोरोनाको सबैभन्दा बढी खतरा चुरोट खानेहरुलाइ नै छ।
आफ्नो पौष्टिक आहारमा त्यस्ता खानाहरु अत्याधिक सेवन गर्नु पर्छ, जसमा भिटामिन सी र डी अत्यधिक मात्रामा हुन्छ ।

यसले तपाईंको रोग प्रतिरोधक क्षमता बलियो बनाउँछ ।
खानापछि सख्खर र सुप सेवन गर्नु राम्रो हुन्छ। यसले खाना पचाउन सजिलो हुन्छ ।

कुन–कुन कुराहरुबाट बच्नु पर्छ ?
रिफाइन्ड अन्नहरु जस्तै–मैदा, सेतो पास्ता, सेतो चामल र पाउरोटी आदिको सेवन गर्नु हुँदैन ।

कफी, चिया र क्याफिनेटेड सफ्ट ड्रिङ्क्स, एनर्जी ड्रिङ्क्स, कोल्ड ड्रिङ्क्स अथवा चिनी भएको पेय पदार्थबाट बच्नु पर्छ ।
नुनको अत्याधिक सेवन गर्नु हुँदैन । विश्व स्वास्थ संगठनका अनुसार एक दिनमा ५ ग्राम भन्दा कम नुन सेवन गर्नु पर्छ ।

चीनीको सेवन पनि कम गर्नुपर्छ । तपाईँले दिनभरीमा ३ चम्चासम्म चीनीको सेवन गर्न सक्नुहुन्छ ।
यदि तपाईंलाई गुलियो खान मन लाग्यो भने गुलिया फलफुल, डेजर्ट अथवा सख्खरको सेवन गर्न सक्नुहुन्छ ।

चिल्लो खानेकुरा धेरै नखाने
रातो अथवा बोसो धेरै भएको मासु, बटर, धेरै चिल्लो भएको दुध अथवा डेयरी उत्पादनहरु, तेल, नरिवलको तेलको सेवन कम गर्नु पर्छ ।
यी जानकारीहरु हालै विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकामा आधारित छन। तपाइले पनि यो जानकारिलाई धेरैभन्दा धेरैलाई जानकारी गराइदिनुहोला।

प्रतिक्रिया