आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पाेखरामा कोरोना परीक्षण पोजेटिभ देखियो, कहाँबाट कहिले नेपाल फर्किएका थिए ति व्यक्ति ?

प्रकाशित
4.3K
SHARES

काठमाडौं । कास्कीकाे पाेखरामा पनि कोरोना संक्रमित भेटिएकाे समाचार बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले त्यसबारेमा आफ्नाे धारणा सार्वजनिक गरेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाेखरामा हालसम्म कोरोना संक्रमित फेला नपरेको जानकारी दिएका छन् । उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारे ।

यस्तै कास्कीमा कोरोना भाइरस संक्रमित हालसम्म नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखराबाट केही नमुना थप परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको बताए।

‘मेसिन नयाँ भएकोले दोहोरो, तेहोरो परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘दोहोरो चेक नगरी रिजल्ट बाहिर आउँदैन।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पीसीआर मेसिनमा जाँच गरिएका स्वाब केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण भइरहेको उनले बताए। यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयकै एक उच्च अधिकारीले पोखरामा १ जनामा कोरोना संक्रमण देखिएको सूचना दिएका थिए ।

(सच्याइएको– प्रदेश सरकार मातहतकै स्वास्थ्य निर्देशनालयको आधिकारिक वेवसाइटमा उल्लेख गरिएको विवरणका आधारमा प्रकाशन गरिएको नेपालमा कोरोना संक्रमितको संख्या ७ पुगेको भन्ने समाचार सच्याइएको छ । आधिकारिक सरकारी निकायबाट भएको गलत सूचना प्रवाहको कारण आम पाठकमा पर्न गएको भ्रम र त्यसले पारेको असरप्रति हामी क्षमाप्रार्थी छौं– सम्पादक)

प्रतिक्रिया