आज : गते

ताजा शिर्षकहरु

यी हुन छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया वृद्ध, कहाँबाट कसरी आइन नेपाल ?

प्रकाशित
5.3K
SHARES

काठमाडौं । नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए । अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।

के हो त कोरोना भाइरस ?
जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो ।

अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कसरी थाहा पाइन्छ ?
जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ ।

कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ । यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस अर्थात (कोभिड-१९) बाट सुरक्षित रहनका लागि सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

सङ्गठनले कोरोनाबाट जोगिन साबुन पानीले हात धुनुलाई पहिलाे सुरक्षाकाे रुपमा लिएकाे छ । हातले नाक, मुख तथा आँखामा बारम्बार छोइन भएकोले बारम्बार साबुन पानीले हात धुन सङ्गठनले आग्रह गरेकाे छ ।

यस्तै डब्लुएचओले अर्को व्यक्तिसँग कम्तीमा एक मिटर टाढा रहन आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा र्‍यालसँगै कोरोना भाइरस सर्ने भएकोले सबै मानिससँग दूरी कायम गर्नु उचित हुने सङ्गठनको भनाइ छ ।

आफ्नो नाक, मुख तथा आँखा बारम्बार छोइरहने बानी धेरै मानिसको हुने भएकाले त्यस्तो बानी हटाउन पनि डब्लुएचओकाे आग्रह छ । डब्लुएचओले श्वासप्रश्वास सम्बन्धित समस्या भए नभएको बारेमा सचेत रहन तथा खोक्दा र हाछ्युँ गर्दा नाकमुख छोप्न आग्रह गरेकाे छ ।

सिँगान पुछेको वा हाछ्युँ गर्दा प्रयोग गरेको कागज बन्द रहने भाँडोमा फ्याँक्न वा रुमाल भएमा बारम्बार धुन सुझाव दिएकाे छ । यस्तै ज्वरो, खोकी वा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएमा कार्यालय वा घरबाहिर नगई घरमै बस्न सल्लाह दिएकाे छ ।

कोरोना भाइरस चाँडो सर्ने रोग भएकोले आफ्नो बानी व्यवहारमा सचेत रहन तथा समस्या देखिनासाथ स्वास्थ्य कार्यालयमा जान र सल्लाहअनुसार औषधि खाएर घरमै आराम गर्न विश्व स्वास्थय सङ्गठनले आग्रह गरेको छ ।

काेराेना अस्पतालमा अन्तिम स्वास फेर्नुअघि बाबुरामले श्रीमतिलाई फाेन गरेर भने- ‘खाना पिरो भएर खानै सकिन’
कोरोना संक्रमणको आशंकामा बुटवल रामनगरस्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका रूपन्देहीको सैनामैना ४ सिसौडांडाका बाबुराम थापा क्षेत्रीले शनिबार श्रीमती रिता थापालाई फोन गरे।

१३ गतेदेखि आइसोलेसन अस्पतालमा भर्ना भएका क्षेत्रीले औषधी चलेको छ तर खाना पिरो भएर खान सकेको छैन भन्दै श्रीमतीसँग कुराकानी गरे। शनिबार राति पनि श्रीमतीसँग उनले केहीबेर फोनमा कुराकानी गरे। त्यतिबेला उनले आफूलाई सास फेर्न गाह्रो भएको भनेका थिए।

आइतबार बिहान पनि बाबुरामले श्रीमती रितालाई फोन गरे। बोल्न भने सकेनन्। ‘अह, अह, अह, अह’ उनको मुखबाट यही आवाजमात्र निस्किरहेको थियो। सैनामैनामा भाडामा बस्दै आएकी रिता श्रीमानको त्यस्तो आवाज सुनेपछि झस्किइन्। तत्काल ८ सय रुपैयाँमा एम्बुलेन्स रिजर्भ गरेर अस्पताल पुगिन् तर श्रीमानलाई भेट्न पाइनन्। मोबाइलमा सुनिएको ‘अह, अह, अह’ शब्द नै उनका श्रीमानको अन्तिम बोली भयो। अस्पतालले आइतबार दिउँसो क्षेत्रीको मृत्यु भएको पुष्टि गर्‍यो।

रोजगारीको सिलसिलमा दुबई पुगेका ३७ वर्षीय बाबुराम चैत ४-५ गते नेपाल आएका थिए। उनी ठ्याक्कै कहिले नेपाल पुगेका हुन् भन्ने खुलेको छैन। तर काठमाडौंबाट उनी बस चढेर चैत ६ गते सैनामैना-४ सिसौडाँडास्थित डेरामा पुगेका थिए। पाल्पा रिब्दिकोट गाउँपालिका वडा नम्बर ५ मा स्थायी घर भएका बावुराम केही वर्षयता सैनामैनास्थित कृष्णप्रसाद ज्ञवालीको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

ज्ञवालीका अनुसार दुबईबाट आउँदा नै सामान्य ज्वरो देखिएको उनलाई घरमा आउँदा पनि ज्वरो निको भएको थिएन। ज्वरो निको नभएपछि सैनामैनाको मुर्गियास्थित फार्मेसीमा चेकअप गरे। रगत पनि जाँच गरे। रगत जाँच गर्दा उनलाई टाइफाइड देखियो। त्यसपछि घरमै बसेर टाइफाइडको औषधि खाए। औषधी सेवन गरेपनि ज्वरो निको नभएपछि छिमेकी र घरधनीको सल्लाहमा पुनः मुर्गियास्थित स्वास्थ्य चौकीमा पुगे। स्वास्थ्य चौकीले होमक्वारेन्टाइनमा बस्न सुझाव दियो।

विदेशबाट आएको तीन-चार दिन परिवार र छिमेकीसँगै घुलमिल गर्दै आएका उनी स्वास्थ्य चौकीबाट फर्किएपछि एक्लै बस्न थाले। औषधि खाइरहेका थिए। तर पनि ज्वरो निको भएन। जति औषधी खाएपनि ज्वरो निको नभएपछि छिमेकी र घरधनीकै सल्लाह अनुसार उनी १३ गते कोरोना परिक्षणको लागि बुटवल आएका थिए।

लक डाउनका कारण यातायात बन्द भएकोले उनी विद्युतीय रिक्सा चढेर मुर्गियादेखि बुटवल धागो कारखानामा बनाइएको अस्थायी आइसोलेसन अस्पतालमा पुगेका थिए। उनलाई सोही दिन आइसोलेसनमा भर्ना गरी उपचार सुरू गरिएको थियो।

१३ गते साँझ अस्पताल आएका उनको आज बिहानमात्र कोरोना संक्रमणको आशंकामा स्वाब निकालिएको थियो। स्वाब परीक्षणको लागि काठमाडौं पठाएको छ। कोरोनाको रिपोर्ट नआइपुग्दै उनको थापाले आइतबार दिउँसो संसार छोडे।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुर्दशन थापाले बाबुरामको स्वाबको रिपोर्ट नआउँदासम्म उनको मृत्यु कोरोनाका कारण भएको हो कि अरू कारणले भन्न नसकिने बताए।

लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर पंकज पटेलले क्लिनिकल डाइग्नोसिसमा बाबुराममा एलआरटिआई देखिएको बताए। मृतकमा निमोनियाका बिरामीमा देखिने लक्षण देखिएको तर एक्सरे रिपोर्टमा भने निमोनिया नदेखिएको पटेलको भनाइ छ।

प्रतिक्रिया