आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

breaking नेपालमा छैटौं कोरोना भाइरस संक्रममित फेला

प्रकाशित
1.4K
SHARES

काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।

छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिए । ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले भने, ‘पछिल्लो संक्रमित पुष्टि भएको विरामी हाम्रोमा भर्ना भएको हो कि अन्तको हो थाहा छैन । हामी खोज्दैछौं ।’ पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।

दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डकेही दिनमै संक्रमितको सङ्ख्या १० लाख पुग्ने डब्लूएचओको चेतावनी
ब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने बताएका छन्। डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि जनाएको छ।

जोन्स हप्किन्स विश्वविद्यलायको तथ्याङ्क अनुसार पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमणको संख्या ९ लाख ३७ हजार १७० रहेको छ भने ४७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन्। कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विश्वभरि कुल जनसङ्ख्याको आधा मानिस कुनै किसिमको नियमनको अवस्थामा रहेको बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरू निकै उच्च गतिमा बढेर गत साता दोबरभन्दा बढी पुगेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

टेड्रस एड्हानोम गेहब्रेयससले भने, “आउँदा केही दिनमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या विश्वमा दश लाख र मृत्यु हुनेको ५० हजार पुग्नेछ। यो विश्वको सबैजसो देश वा क्षेत्रमा पुगेको छ।”

यसैबीच डब्लुएचओ, विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

प्रतिक्रिया