आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आफ्नै सरकारबिरुद्ध किन खनिए नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, यस्ताे छ कारण

प्रकाशित
1.5K
SHARES

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिनु अमानवीय भएको बताएका छन्। उनले नेपालभित्र प्रवेश गरिसकेका नेपालीलाई सीमानामा अलपत्र रूपमा खुला बारीमा राखिएको खबर ज्यादै अमानवीय, गैरजिम्मेवार र दु:खद भएको उल्लेख गरेका हुन्।

बिहीबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सीमानामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश नचाहिने उल्लेख गरेका छन्। ‘नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्र रुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुख:द हो। उनीहरुलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश चाहिँदैन। तत्काल बिषेश क्वारानटिनमा राखौं,’ उनले भनेका छन्।

उनले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि छाड्ने सरकारको नीति नहुने पनि बताएका छन्। ‘बिदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा संभव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन,’ उनले भनेका छन्, ‘सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्याख्या गरेको? हुनै सक्दैन।’

दार्चुलापारि दार्चुलामा सात सयभन्दा बढी नेपाली छन्। लकडाउनका कारण सीमा बन्द हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन्। उनीहरूमध्ये तीन जना महाकालीमा पौडी खेलेर नेपाल आएका थिए।

यस्तै पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेका कामलाई लिएर कडा व्यंग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा के पूरै सरकार डिप्रेसनमा गएको हो ? भन्दै प्रश्न गरेका छन् । भट्टराईले ट्वीट गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवलीको अन्तर्वार्ता पढ्दा पूरै सरकार डिप्रेसनमा पुगेको हो कि भन्ने अवस्थान आएको भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले रक्षा मन्त्री पोखरेलले अस्वस्थ प्रधानमन्त्री केपी ओलीको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालेको भन्दै उनले सरकार डिप्रेसनमा गएको हो ? भन्ने प्रश्न गरेका हुन्।

उनले ट्वीटमा लेखेका छन्- ‘विपत्ती एक्लै आउँदैन भनेको साँच्चै हो कि क्या हो?अस्वस्थ प्रमको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालिरहनुभएका ईश्वर पोखरेलको अल्पभाषी अन्तर्वार्ता पढ्दा र अर्थ,परराष्ट्र लगायतका केही आशा गरिएका मन्त्रीहरूको कुरा सुन्दा पूरै सरकार डिप्रेसनमा हो कि क्या हो?’, उनको ट्वीटम उल्लेख छ। नयाँ पत्रिकामा पोखरेलको छापिएको अन्तर्वार्तालाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।

उता नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य सामग्री खरिद अनियमितताका बारेमा दोषी दण्डित हुनुपर्ने बताएका छन्। कोरोना महासंकटको बेला पनि स्वास्थ्य सामग्री खरिदमा घिनलाग्दोफ कृत्य भएकोले दोषी दण्डित नभएसम्म प्रश्न गर्न नछाड्न उनले आग्रह गरेका छन्।

‘महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य!,’ बिहीबार ट्वीट गर्दै थापाले भनेका छन्, ‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडाैं‘

उनले अनियमितताका बारेमा दिन ढल्यो कुरा विर्सियो गर्न नहुने पनि बताएका छन्। ‘दिन ढल्यो, कुरा विर्सियो हुन हामी कदापि दिने छैनौं,’ उनले भनेका छन्। सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न अनियमितता भएको खबरहरू आइरहेका छन्।

साथै चैत २५ गतेपछि कोरोनासँग जुध्ने रणनीति के हुन्छ भन्ने उनले प्रश्न गरेका छन्। ‘सरकार, चैत २५ पछिको हाम्रो रणनीति र योजना के छ?,’ उनले सोधेका छन्। सरकारले चैत २५ सम्म लकडाउन जारी राख्ने यसअघि नै घोषणा गरेको थियो।

प्रतिक्रिया