आज : गते

ताजा शिर्षकहरु

ओली सरकार डिप्रेसनमा पुगेको भन्दै बाबुराम भट्टराईले गरे यस्ताे कडा ट्वीट, सामाजिक सञ्जालमा भाइरल

प्रकाशित
3.5K
SHARES

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेका कामलाई लिएर कडा व्यंग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा के पूरै सरकार डिप्रेसनमा गएको हो ? भन्दै प्रश्न गरेका छन् । भट्टराईले ट्वीट गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवलीको अन्तर्वार्ता पढ्दा पूरै सरकार डिप्रेसनमा पुगेको हो कि भन्ने अवस्थान आएको भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले रक्षा मन्त्री पोखरेलले अस्वस्थ प्रधानमन्त्री केपी ओलीको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालेको भन्दै उनले सरकार डिप्रेसनमा गएको हो ? भन्ने प्रश्न गरेका हुन्।

उनले ट्वीटमा लेखेका छन्- ‘विपत्ती एक्लै आउँदैन भनेको साँच्चै हो कि क्या हो?अस्वस्थ प्रमको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालिरहनुभएका ईश्वर पोखरेलको अल्पभाषी अन्तर्वार्ता पढ्दा र अर्थ,परराष्ट्र लगायतका केही आशा गरिएका मन्त्रीहरूको कुरा सुन्दा पूरै सरकार डिप्रेसनमा हो कि क्या हो?’, उनको ट्वीटमा उल्लेख छ। नयाँ पत्रिकामा पोखरेलको छापिएको अन्तर्वार्तालाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।

उनको ट्वीट अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । उता नेपालका लागि अमेरिकी राजदूत र्‍यान्‍डी बेरीले नेपाल सरकारको प्रशंसा गरेका छन् । संकटको समयमा पनि अमेरिकी नागरिकको उद्धारमा सहयोग गरेको भन्दै बेरीले नेपाल सरकारलाई धन्यवाद दिदै प्रशंसा गरेका हुन् ।

तीन सय दुई जना अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गरेपछि उनले एक भिडियो सन्देश जारी गर्दै नेपाली जनताले आतिथ्य सत्कारको असाधारण दृष्टान्त प्रदर्शन गरेको भन्दै उच्च प्रशंसा गरेक छन् ।

राजदूत बेरीले पर्यटक अलपत्र पर्दा नि:शुल्क खानाको व्यवस्थापन गर्ने व्यवसायी, पर्यटक सकुशल काठमाडौं नफर्काएसम्म साथ नछाडेका सहयोगी गाइडलाई पनि धन्यवाद दिएका छन् ।

नेपालसँगको ७० वर्षको साझेदारीको यसअघिको दृष्टान्तझैं यस पटक पनि आफूहरु सहकार्यमार्फत् सफल भएको राजदूत बेरीले बताएका छन् ।

प्रतिक्रिया