आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घरमै क्वारेन्टाइन बसेका बेला काेराेनाबाट बच्न के खाने, के नखाने, यस्ताेछ डब्ल्युएचओको सुझाव

प्रकाशित
1.9K
SHARES

कोरोना भाइरसबाट बच्नका लागि हिजोआज संसारभरीका मानिसहरुले स्वयंलाई क्वारेन्टाइनमा राखेका छन् । यस्तो अवस्थामा यदि तपाईंले आफ्नो पौष्टिक आहारमा परिर्वतन गर्नु भएन भने विभिन्न समस्याहरुको सामना गर्नु पर्ने हुन सक्छ ।

यो कुरालाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले हालै मात्र नयाँ निर्देशिका जारी गरेको छ, जसका आधारमा घर भित्र रहेर पनि आफुलाई स्वस्थ र फिट राख्न सकिनेछ । यसका साथै यी पौष्टिक आहार सम्बन्धि जानकारीले रोग प्रतिरोधक क्षमता बलियो हुन्छ । त्यसैले क्वारेन्टाइनमा के–के खाने र कुन– कुन कुराबाट बच्ने भन्ने बारेमा केही जानकारी : विश्व स्वास्थ्य संगठनद्वारा जारी गरिएको खाना तथा पोषण निर्देशिकामा उल्लेख गरिएका कुराहरु यस प्रकार छन् :

खानपिन कस्तो हुनु पर्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार क्वारेन्टाइनको क्रममा प्याकेटमा बन्द, डिब्बा बन्द खानेकुरा, नून तथा चीनीको सेवन कम मात्रामा गर्नु पर्छ । घरमा बनेका स्वस्थ र पौष्टिक भोजन खानु पर्छ । यसका साथै धेरै चिया अथवा कफिको सेवन गर्नु हुँदैन । धेरै चिया–कफी पिउनाले पेट सम्बन्धि समयस्याहरुको सामना गर्न पर्ने हुन सक्छ ।

पहिला के खाने ?
आफ्नो पौष्टिक आहारमा धेरै भन्दा धेरै फाइबरयुक्त खानेकुराहरु जस्तै तरकारी, फलफुल, दाल, गेडागुडि, ओट्स, ब्राउन पास्ता, ब्राउन राइस आदि खानेकुरा समावेश गर्नु पर्छ । यसले पाचन क्रिया राम्रो हुन्छ भने एसिडिटी, कब्जियत र अन्य समस्याहरुको सामना गर्नु पर्दैन ।

क्वारेन्टाइनको क्रममा शरीरलाई हाइड्रेट राख्नका लागि दिनभरीमा कम्तिमा पनि ८–९ गिलास पानी पिउनु पर्छ । यसका साथै दिनमा दुई पटक ग्रीन टी, एक गिलास कागती पानी पिउनु पर्छ । एक गिलास जूस अथवा एक गिलास दुध सेवन गर्नु पर्छ ।

पानीमा अमिलो फलहरु, काँक्रो अथवा जडिबुटि, पुदिना, बेरीज, रोजमेरी आदिलाई मिसाएर पिउन सकिन्छ । विश्व स्वास्थ संगठनका अनुसार क्वारेन्टाइनको क्रममा मदिरा सेवन गर्नु हुँदैन । यसो गर्दा कोरोनाको खतरा झन् बढ्छ ।

आफ्नो पौष्टिक आहारमा त्यस्ता खानाहरु अत्याधिक सेवन गर्नु पर्छ, जसमा भिटामिन सी र डी अत्यधिक मात्रामा हुन्छ । यसले तपाईंको रोग प्रतिरोधक क्षमता बलियो बनाउँछ । खानापछि सख्खर र सुप सेवन गर्नु पर्छ । यसले खाना पचाउन सजिलो हुन्छ ।

कुन कुन कुराहरुबाट बच्नु पर्छ ?
रिफाइन्ड अन्नहरु जस्तै–मैदा, सेतो पास्ता, सेतो चामल र पाउरोटी आदिको सेवन गर्नु हुँदैन । कफी, चिया र क्याफिनेटेड सफ्ट ड्रिङ्क्स, एनर्जी ड्रिङ्क्स, कोल्ड ड्रिङ्क्स अथवा चिनी भएको पेय पदार्थबाट बच्नु पर्छ ।

नुनको अत्याधिक सेवन गर्नु हुँदैन । विश्व स्वास्थ संगठनका अनुसार एक दिनमा ५ ग्राम भन्दा कम नुन सेवन गर्नु पर्छ । दिनभरीमा चीनीको सेवन पनि कम गर्नु पर्छ । तपाईले दिनभरीमा ६ चम्चासम्म चीनीको सेवन गर्न सक्नु हुन्छ ।

यदि तपाईंलाई गुलियो खान मन लाग्यो भने गुलिया फलफुल, डेजर्ट अथवा सख्खरको सेवन गर्न सक्नु हुन्छ । चिल्लो खानेकुरा पनि धेरै खानु हुँदैन । रातो अथवा बोसो धेरै भएको मासु, बटर, धेरै चिल्लो भएको दुध अथवा डेयरी उत्पादनहरु, तेल, नरिवलको तेलको सेवन कम गर्नु पर्छ ।

प्रतिक्रिया