आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सर्बोच्च अदालतले ज्वाेराेकाे उपचार नगर्ने निजी अस्पताललाई बल्ल दियाे यस्ताे कडा आदेश

प्रकाशित
0.9K
SHARES

काठमाडौं । सर्बोच्च अदालतले विना शर्त बिरामीको उपचार गर्न नीजि अस्पतालहरूलार्इ आदेश दिएको छ । निजी अस्पतालले बिरामीको उपचार नै नगरी धमाधम फर्काइरहेको गुनासो आइरहेका बेला सर्बोच्चले यस्ताे अादेश दिएकाे हाे ।

मंगलबार अन्तरिम आदेश जारी गर्दै सर्बोच्चले कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै उपचारको व्यवस्था मिलाउन आदेश गरेको हो ।

सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल समेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो ।

’निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आईसीयू कक्ष,भेन्टिलेटर लगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक,परिचारिका,एम्बुलेन्स चालक, सफाइ श्रमिकलगायतको सुरक्षाको यथोचित प्रवन्ध मिलाउनू,’ आदेशमा भनिएको छ ।

नीजि अस्पतालहरूले ज्वाेराे अाएका बिरामीहरूकाे समेत उपचार गर्न नमानेपछि चाैतर्फी बिराेध भइरहेकाे छ ।

प्रतिक्रिया