आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निजी अस्पताललाई सर्वोच्च अदालतले दियो यस्तो आदेश

प्रकाशित
1.3K
SHARES

काठमाडौ । सर्वोच्च अदालतले निजी अस्पतालहरुका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले बिना शर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन नीजि अस्पताललाई आदेश दिएको हो । अदालतले मंगलबार आदेश जारी गर्दै कुनैपनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै यस्ता उपचार गर्ने व्यवस्था मिलाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल समेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको छ ।

आदेशमा भनिएको छ–’निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आईसीयु कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाइ श्रमिकलगायतको सुरक्षाको यथोचित प्रबन्ध मिलाउनू ।’ नीजि अस्पतालले ज्वरोका बिरामी आउँनासाथ फिर्ता पठाएको खबर सञ्चार माध्यममा आएपछि रिट दायर भएको थियो । अब यो आदेशपछि अस्पतालहरु कोरोना संक्रमित बिरामीको समेत उपचार गर्न बाध्य हुनेछन् ।

प्रतिक्रिया