आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

प्रकाशित
1.4K
SHARES

काठमान्डाै ।  कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१च ८२४ नंको एम्बुलेन्स र से५प ४८४ नंको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।मोटरसाइकल चालक नरहरिनाथ गाउँपालिकाका द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते रहेको कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका–६ का रामबहादुर थारू भने सामान्य घाइते भएका छन् ।

याेपनि  नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ। मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको शुरुआत गरिएको जनाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी ग्यास वितरण गर्न लागिएको हो। ‘अति आवश्यक पर्ने उपभोक्ताले हामीले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्नुहुनेछ, साधारण उपभोक्तालाई लक्षित गर्दै हामीले रिङरोड क्षेत्रमा मात्र ग्यास वितरण गर्ने निर्णय गरेका हौँ, उनले भने, ‘सकेसम्म माग भएका ग्यास सिलिण्डर नै दिनेछौँ, हामीले ग्यास उद्योगहरुसँग ग्यास खरीद गरेर उहाँहरुको आवश्यकता र सहजताका लागि सोही ग्यास वितरण गर्नैछौँ।’

लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर आज टेकुमा रहेको आयल निगमको कार्यालयवाट ग्यास वितरणको तयारी थालिएको प्रवक्ता उपाध्यायले बताए। उनका अनुसार निगमले अस्पताल, वृद्धाश्रम, बिरामी÷असहाय, अनाथालय, फरक क्षमता भएकालाई ग्यास वितरण शुरु गरेको छ।

त्यस्तै किरिया(आशौच) बसेको घर, बालाश्रम÷बालगृह, पुनर्उत्थान केन्द्र÷सुधारगृह, कारागार, निःशुल्क भोज गराउने निकाय÷संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने छ।

ग्यास नभएको गुनासो राख्न निमगले पाँच सम्पर्क नम्बर तोकेको छः कार्यालयका सम्पर्क नम्बर ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३।

प्रतिक्रिया