आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनमा खटिएका प्रहरी हवल्दारमाथि चक्कु प्रहार

प्रकाशित
2.1K
SHARES

काठमान्डाै । भक्तपुर । भक्तपुरको सूर्यविनायक चोकमा ड्युटीमा रहेका प्रहरी अधिकृत (हवल्दार) माथि चक्कु प्रहार भएको छ । मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सूर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका हुन् । चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् । क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कुसहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले जानकारी दिएका छन् ।

याेपनि  कोहलपुर बाँके स्थित १० बिघामा रहेको नेपालगन्ज मेडिकल कलेजबाट नेपालगन्ज जाँदै गरेको भे १ च ८२४ नम्बरको नेपाल रेडक्रस सोसाइटी उपशाखा बारबर्दिया–६ जयनगर बर्दियाद्वारा संचालित एम्बुलेन्स र से ५प ४८४ नम्बरको मोटरसाइकल न्युरोडमा होटल अतिथी नजिकै ठोकिदा मोटरसाइकलमा बसेकी एक जना महिलाको निधन भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन। मृत्यु हुने महिला कालिकोट जिल्ला नरहरी गाउपालिका कि शोभा भट्ट तथा गम्भिर घाइते सोही स्थान कै मोटरसाइकल चालक द्धन्द बिक्रम बिष्ट रहेको कोहलपुर इलाका प्रहरी कार्यालयका डि एस पि कुलदिप चन्दले जानकारी गराउनु भयो। तेस्तै एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका वाड नम्बर ६, बर्दियाका रामबहादुर थारुलाइ हातमा सामान्य चोटलागेको समेत बताउनु भयो।

प्रतिक्रिया