आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

प्रकाशित
1K
SHARES

काठमान्डाै ।  पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। रामेछापको खाडादेवी गाउँपालिका–१ मा भक्तपुरबाट मजदुरका परिवार लिएर दोरम्बा गाउँपालिका जाँदै गरेको बा १४ ज ९४९८ नम्बरको पिकअप भ्यान बिहान ५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते सबैलाई धुखिखेल अस्पताल पठाइएको छ। भ्यानमा विभिन्न ४ परिवारका १० बालबालिकासहित ३० जना बढी सवार थिए।उनीहरु रिजर्भ गरेर गाउँ फर्किन लागेका थिए। उपचारका लागि ल्याइएका घाइतेमध्ये २ जनाको घुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैबिच प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको के हो ?’

आफूलाई पूर्ण जानकारी नगराई सुरु गरिएको खरिद प्रकरणमा अनियमतिताको प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा त्यसबारे प्रश्न गरेको एक मन्त्रीले बताए। कोरोनासँग जुध्न उपकरण खरिद आवश्यक भए पनि यही बहानामा अनियमतिता गरिएको भन्दै सरकारको चर्को आलोचना हुन थालेको छ। त्यही भएर प्रधानमन्त्रीले खरिद प्रकरणबारे चासो देखाएको ती मन्त्रीले बताए।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बैठकमा केही नबोलेको ती मन्त्रीले बताए। ‘उच्चस्तरीय समितिको संयोजन गरिरहनुभएका उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले प्रधानमन्त्रीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा चासो देखाए पनि खास कुनै टिप्पणी बैठकमा गर्नुभएन’, ती मन्त्रीले भने, ‘त्यसबारे उहाँहरू चुप नै बस्नुभयो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया