आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकामा कोरोना संक्रमित संख्या चीनको भन्दा दोब्बर

प्रकाशित
733
SHARES

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या चीनको भन्दा दोब्बर पुगेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६४ हजारभन्दा धेरै पुगेको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा मृतकको संख्या १ लाखभन्दा कममा राख्नु मुलुकको ठूलो उपलब्धि हुने बताएका छन् ।

पहिलो पटक कोरोनाको संक्रमण्ना देखिएको चीनमा भने यो संख्या ८२ हजार मात्र छ । सुरुवातमा चीनमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएका थिए । तर चीन पछिल्लो समय अन्य मुलुकको तुलनामा कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको छ ।यद्यपि वुहानमा एक नयाँ संक्रमण देखिएको छ । वुहानमा पछिल्लो एक सातामा कुनै नयाँ संक्रमण देखिएको थिएन ।

यस्तै चीनमा सोमबार ४८ नयाँ संक्रमित देखिएका छन् । यी सबै मानिस विदेशबाट फर्किएका मानिस हुन् । हुबेई प्रान्तमा कोरो भाइरसको कारण एक व्यक्तिको ज्यान गएको छ ।

त्यसैबिच  भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागु हुनेभएको छ। भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो । भुटानमा सोमवारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए । उनी भारतको आसामको समेत भ्रमण गरेर भुटान आएका थिए ।

प्रतिक्रिया