काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोरोनाबारे गलत समाचार सम्प्रेषण गरेर जनतालाई त्रसित बनाउँने काम गरेको, भ्रम छर्ने गरेको प्रमाणित गर्दै १४ वटा अनलाइन मिडिया बन्द गराएको छ । काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाइ पत्र लेखि ती अनलाइन बन्द गराएको हो । काउन्सिलले अहिलेसम्म भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण पनि सोधेको छ ।
प्रतिक्रिया